काठमाडौँ – बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–८ बस्ने ४० वर्षीय लबराज ओली छन्। उनले ज्योति विकास वैंक लिमिटेड (साविकको हाम्रो विकास वैंक लिमिटेड)मा रहेको आफ्नो नामको खाताबाट भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई दिएको चेकको रकम भुक्तान हुन सकेको थिएन। […]