भाषा आयोगले राष्ट्रिय जनगणना, २०६८ को आधारमा प्रदेशमा बोलिने राष्ट्रभाषाको शीर्षस्थानमा रहेका भाषालाई प्राथमिकता दिइएकाले सुदूरपश्चिम प्रदेशमा रानाथारु भाषालाई प्रादेशिक भाषाका रुपमा सिफारिस गर्न नसकिएको जनाएको छ । सो जनगणनामा थारु भाषामात्र प्रयोग भएको थियो ।
आयोगले आफ्नो सिफारिसबारे प्राप्त सुझाव र प्रतिक्रियामा ध्यानाकर्षण भएको जनाउँदै आज विज्ञप्ति जारी गरी उक्त प्रदेशमा रानाथारु भाषा सो प्रदेशमा बहुसङ्ख्याकले बोलिने भाषा सावित हुने तथ्याङ्क पुष्टि हुन आएमा आगामी दिनमा सिफारिसलाई पुनरावलोकन र संशोध...