नेपाली काँग्रेस तनहुँको सभापतिमा जितप्रकाश आले निर्वाचित भएका छन् । आज सम्पन्न भएको मत परिणामअनुसार आले १६८ बढी मत प्राप्त गरी कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।सभापतिमा निर्वाचित आलेले ९५१ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी वैकुण्ठ न्यौपानेले ७८३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीमा एक सहसचिव बाहेक सबै पदाधिकारी आले प्यानलबाट निर्वाचित भएका छन् ।उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ विजयी भएका छन् । उनीहरुले क्रमशः ९०७ र ८७६ मत प्राप्त गरेका