बझाङ : सरकारले बजेट वक्तव्यमार्फत अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा गरेपछि बझाङमा कर्मचारी विरोधमा उत्रिएका छन्।हुलाकलाई व्यवस्थापन नगर्दासम्म अतिरिक्त हुलाकका कर्मचारीले काम नगर्ने बताएका छन्। बजेट वक्तव्यमार्फत अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा भएपछि नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसियशन बझाङले सरकारले गरेको खारेजीको घोषणाप्रति विरोध गर्दै सरकारलाई निर्णय फिर्ता लिन अनुरोध गरेको र समय सापेक्ष अतिरिक्त हुलाक स्तरोन्नति र आधुनिक व्यवस्थापन गर्नुपर्ने नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोस