अतिरिक्त हुलाक खारेज गर्ने सरकारको निर्णयविरुद्ध कर्मचारीहरु सडकमा

काठमाडौं : अतिरिक्त हुलाक खारेज गर्ने सरकारको निर्णयविरुद्ध कर्मचारीहरु प्रदर्शनमा उत्रिएका छन्। अतिरिक्त हुलाकका कर्मचारीहरु सरकारको निर्णयविरुद्ध बुधवार सडकमा उत्रिएका हुन्। उनीहरुले बबरमहलदेखि माइतीघर हुँदै पुनः बबरमहलसम्म प्रदर्शन गरेका छन्। सो क्रममा प्रदर्शनमा सहभागीहरुले अतिरिक्त हुलाक खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका थिए। त्यस्तै, उनीहरुले ‘अतिरिक्त हुलाक…