नेपालमा पहिलो पटक अक्सिजन ग्यास सिलिन्डर परीक्षण गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का वैज्ञानिकले तयार गरेको अक्सिजन ग्यास सिलिन्डर मङ्गलबार परीक्षणगरिएको हो ।
परीक्षणका क्रममा ग्यासको दबाब २३५ बार (एकाइ) पुगेपछि सिलिन्डरमा जोडिएको पाइप फुटेको थियो । ग्यास सिलिन्डरमा ग्यासको दबाब २२५ बारसम्म भए सुरक्षित मानिन्छ ।
नास्टका प्रविधि सङ्काय प्रमुख डा. रवीन्द्रप्रसाद ढकालले सिलिन्डरले न्यूनतम दबाब थेगेकाले सुरक्षित भन्न मिल्ने जानकारी गराउँदै भन्नुभयो, “अब पुनः परीक्षण गरेर ग्यासको दबाब ३७५ बारसम्म पु¥याउँछौँ । सिलिन्डर ग्यासको कुन तहको दबाबमा पुगेर विस्फोट हुन्छ भन्ने परीक्षण नगर्दासम्म यसको व्यावसायिक उत्पादन गर्नुहुँदैन ।”