लकडाउनमा किसानको तरकारी बिकेन

जुम्ला- विदेशबाट फर्किएर व्यावसायिक तरकारी खेतीमा होमिएका तातोपानी गाउँपालिका २ का व्यावसायिक तरकारी किसान यस वर्ष दोहोरो नोक्सानी व्यहोर्न बाध्य भएका छन् । करिब १५ लाख बढीको लगानीमा २ हेक्टर जमिन लिजमा लिएर व्यावसायिक तरकारी खेती गरेका पाँच जना युवा किसान यस वर्ष दोहोरो नोक्सानीमा परेका हुन् ।२ हेक्टर जमिनमा लगाएको तरकारीमा विभिन्न रोग किरा […]

सम्बन्धित सामग्री

कोरोना महामारीका कारण भक्तपुरमा लाखौँको तरकारी नष्ट

असार ७, भक्तपुर । कोरोना महामारीका जारी गरिएको निषेधाज्ञाले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट भएको छ । खेतमा लगाएको काउली, बन्दा, फर्सीलगायतका तरकारी विक्री नभएपछि खेतमै कुहिएर खेर गएको हो ।  किसानले तरकारी विक्री गर्न नपाएपछि गाई भैसीँलाई खुवाउनु परेको र बाँकी धेरै तरकारीमाथि नै ट्रयाक्टरले जोतेर धान रोपाइँ गर्नुपरेको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीका रोशन गिरीले पाँच रोपनी जग्गामा लगाएको काउली र बन्दा खेतमै कुहाउनु परेको बताए । गत वर्ष पनि यही पीडा भोगेको उनले यस वर्ष पनि गाईलाई खुवाएर बाँकी भएको तरकारी खेतमै कुहाएर मल बनाउनु परेको बताए । गाउँका किसानले निषेधाज्ञाका कारण भक्तपुर बजारसम्म बिक्रीका लागि तरकारी ल्याउन सकेनन् भने पहिला तरकारी लिँदै आएका व्यापारीले समेत तरकारी विक्री हुँदैन नल्याउनु भनेपछि खेतमै कुहाउनु परेको हो । ‘पाँच रोपनी जग्गामा काउली र बन्दा लगाएका थियौँ, बजार बन्द भएकाले हामीले गाउँबाट तरकारी बजार लान सकेनौँ, पहिला तरकारी दिँदै आएको व्यापारीले पनि नल्याउनु भन्यो’, गिरीले भने, ‘कतिपय काउली, बन्दा र फर्सी गाईलाई खुवायौँ, बाँकी भएको खेतमै कुहाएर धान रौप्यौँ तरकारी विक्री नहुँदा यस वर्ष रू. तीन लाख नोक्सान भयो ।’ तरकारीबाट गत वर्षको लकडाउनले रू. दुई लाख नोक्सान भएको र यस वर्ष मल र ज्यालाको पैसा पनि उठाउन नसकेको उनको गुनासो छ ।  स्थानीयवासी समिता गिरीको गुनासो पनि उस्तै छ । जग्गा भाडामा लिएर तीन रोपनीमा लगाएको तरकारी फलेपछि विक्री गर्न नपाएको उनी बताउँछिन् । उनी केही तरकारी विक्री गर्न थालेको बेलामा निषेधाज्ञा हुँदा तरकारी विक्री नहुँदा जग्गाको भाडा तिर्ने पैसा पनि नउठेको बताउँछिन् । स्थानीयवासीको घरघरमा काउली, बन्दा, फर्सी, बोडी फलाउने भएकाले गाउँमा पनि विक्री नहुने र कतिपय सित्तैमा बाँडेको उनको गुनासो छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलका राजुराम कार्कीको गुनासो पनि उस्तै छ । उनको गत वर्षको लकडाउनमा रू. तीन लाख नोक्सान भएको थियो । यो वर्ष रू. चार लाख नोक्सान भएको छ । तरकारी विक्री नहुँदा खेतमै कुहिएको गुनासो गर्दै उनले कोरोनाले गर्दा किसान मारमा परेको बताए । भक्तपुर नगरपालिका, सूर्यविनायकको सिपाडोल, नंखेल, चित्तपोल, चाँगुनारायणको ताथली, सुडाल, वागेश्वरीलगायतका क्षेत्रमा फलाइएको तरकारीले बजार नपाउँदा किसान मारमा परेका हुन् । नगरपालिकाले नोक्सानमा परेका किसानको पहिचान गरी बीउ र मलमा मात्रै राहतको व्यवस्था गर्न सके पनि किसानलाई सहज हुने उनीहरुको भनाइ छ । रासस

महामारीमा कालोबजारीः मूल्य चढ्यो आकाश, निचोरिँदै जनता

अघिल्लो वर्षको लकडाउनमा राजधानीमा तरकारीको मूल्य निकै घटेको थियो ! सर्वसाधारणले यसपालि पनि त्यही सोचेका थिए ! तर, भयो उल्टो ! यसबीच उपभोक्ता ठग्न पल्किएका कालो बजारियाले यसपालि साबिकभन्दा बढाएका छन् ! गाउँमा किसानले मूल्य पाएका छैनन् ! तरकारी कुहेका र फालिएका छन् ! कौडीका भाउमा उठाएर ल्याउने व्यापारीले सहरमा उपभोक्तालाई निचोरेर मूल्य लिइरहेका छन् ! यसको वास्तविक अनुगमन भएको भने पाइएको छैन ! खाद्यान्न र अन्य उपभोग्य वस्तुको हालत उस्तै छ ! महामारीलाई दुरुपयोग गर्दै सबैजसो सामानको अस्वाभा

लकडाउनमा सुरु गरेको व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

बर्दिया - आफ्नै गाउँमा तरकारी खेती गरेर पनि मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण बर्दियाको ठाकुरबाबा नगरपालिका-४ लसिउरा फाँटा मुक्तकमैया बस्तीका तीन जना कृषकले दिनुभएको छ ।  थारु समुदाय विकास मञ्च भुरिगाउँले कोसेली परियोजना अन्तर्गत लसिउरा फाँटा गाउँमा गठन गरेको लसिउरा कृषक समूहका विपन्न समुदायका सदस्यहरुले उदाहरणीय तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् ।  सुकुम्बासी तथा मुक्तकमैयाको बस्ती विपन्न समुदायहरुको बसोबास रहेको बर्दिया ठाकुरबाबा नगरपालिका-४ सैनवार गाउँ लसिउरा फाँटाको लसिउरा कृषक सम...

‘मेयरसा’ब ! गरिब निषेधित क्षेत्र लेखेर बोर्ड टाँस्नुस्’

९ माघ, काठमाडौं । पुस २९ गत सुकेधारामा तरकारी बेच्दै गर्दा मञ्जु कुँवर क्षेत्रीको ठेलागाडा काठमाडौं महानगर प्रहरीले उठाए । नगर प्रहरीले गाडा उठाएर ट्रकमा हाल्दै गर्दा मञ्जुले रुदै अनुनयविनय गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । छोराले क्याफेमा पाएको जागिर लकडाउनमा गएपछि ९ हजार रुपैयाँ ऋण काढेर दसैंताका उनले किनेको गाडा खोसिएको थियो । […]

घरको छतमै अर्गानिक तरकारी

व्यवसायी लक्ष्मी गुरुङले लकडाउनमा घरको कौसीलाई खेतबारीझैँ उर्वर बनाइन् । काठमाडौं सुन्धारास्थित घरको छतमा

यसरी उत्पादन गर्न सकिन्छ आफ्नै कौसीमा अर्ग्यानिक तरकारी

काठमाडौं । कोरोनाका कारण विश्व नै लकडाउनमा छ । त्यसैले मानिसहरू तरकारी किन्नका लागि घरबाट बाहिर जान सकेका छैनन्

लकडाउनमा ताजा तरकारीको व्यापार : होम डेलिभरी गर्न सुजनलाई भ्याइनभ्याइ

काठमाण्डौ - काठमाण्डौको नागार्जुन नगरपालिकाको रामकोटका किसान सुजन श्रेष्ठलाई हिजोआज तरकारी घरघर पुर्याउन भ्याइ नभ्याइ छ । कृषि फार्ममा  उब्जाएको तरकारी कुहिने र उपभोक्ताले खान नपाउने स्थिति आएपछि उहाँले घरघरमा तरकारी पुर्याउन थाल्नुभएको छ । कोरोना भाइरस नियन्त्रणको लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि सुरुमा उहाँका...

लकडाउनमा खेतीपाती गर्न व्यस्त किसान

कोरोनाको संक्रमणबाट बच्न घोषणा गरिएको लकडाउनमा डडेल्धुराका किसानहरु खेतीपातिमा व्यस्त भएका छन । बाहिर रहेकाहरु पनि लकडाउनमा घर फर्किएपछि गाउँलेहरु अहिले हिउदे अन्न बालि चित्र्याउनुका साथै तरकारी, सागपात रबर्खे खेती गर्न थालेका छन् ।

लकडाउनमा घरघरमा तरकारी

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले मुलुकभर लकडाउनको घोषणा गरेपछि कृषि उत्पादनले बजार नपाउने तथा