कोरोनाको संक्रमणबाट बच्न घोषणा गरिएको लकडाउनमा डडेल्धुराका किसानहरु खेतीपातिमा व्यस्त भएका छन । बाहिर रहेकाहरु पनि लकडाउनमा घर फर्किएपछि गाउँलेहरु अहिले हिउदे अन्न बालि चित्र्याउनुका साथै तरकारी, सागपात रबर्खे खेती गर्न थालेका छन् ।
गलेश्वर (म्याग्दी) । सुन्तला बिक्रीबाट यहाँका महिला किसानले राम्रो आम्दानी गर्दै आएका छन् । सुन्तला बिक्रीबाट राम्रो आम्दानी हुन लागेपछि रहरले सुन्तलाखेती गरेका महिला पनि व्यावसायिकरुपमा सुन्तलाखेतीतर्फ आकर्षित भएका हुन् ।
विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकका कारण अहिले धेरैजसो बाहिरका जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका छन् । सुन्तलाको राम्रो बगान भएका र व्यावसायिकरुपमा लागेका किसानले वार्षिक रु तीनदेखि आठ लाखसम्म आम्दानी गर्दै आएका छन् ।
यहाँका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर बेनी नगरपालिकाको राखु, मरेक, सुर्केमेला, घतान, मङ्गला गाउँपालिकाको बरङ्जा, भेडाबारी, अर्मन, मालिका गाउँपालिकाको रुन्मा, बिम, ओखरबोट, धवलागिरि गाउँपालिकाको ताकम, रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेग, दोवा र अन्नपूर्ण गाउँपालिकाको दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा सुन्तला बढी उत्पादन हुने गरेको छ । म्याग्दीमा २ सयभन्दा बढी सुन्तला बगैँचा छन् ।
म्याग्दीमा विशेषगरी सुन्तलाखेतीको रेखदेख र बिक्रीवितरणको जिम्मेवारी महिलाले लिएका छन् । यहाँका युवा अधिकांश विदेश भएकाले अरु खेतीपाती झैँ सुन्तलाखेती पनि महिलाकै कारण फस्टाएको र यसबाट भएको आम्दानीले महिला स्वावलम्बी बन्दै गएको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेकी मायादेवी पुनले बताइन् ।
पुनले सुन्तला बिक्री गरेर राम्रो आम्दानी गरिरहेको बताइन् । आफ्नो बगानमा रहेका सुन्तला र बिरुवा बिक्रीबाट वार्षिक ५० हजारदेखि डेढ लाख रूपैयाँसम्म आम्दानी लिने गरेको उनको भनाइ छ । “मैले सुन्तला खेतीबाट राम्रो आम्दानी लिँदै आएकी छु”, कृषक पुनले भन्नुभयो, “व्यावसायिकरुपमा सुन्तला खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।”
सुन्तला खेतीलाई यहाँका महिला किसानको पेन्सनका रुपमा लिन सकिने म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । बिरुवा हुर्काएपछि सय वर्षसम्म लाभ लिन सकिने भएकाले यो व्यवसाय वृद्धवृद्धाका लागि बाँच्ने आधार रहेको उनको भनाइ छ । “सुन्तलाखेती बुढेसकालको सहारा बनेको छ”, उनले भने, “एकपटक बिरुवा हुर्काएपछि लामो समयसम्म निरन्तर आम्दानी हुन्छ, सामान्यरुपमा बगानको हेरचाहमात्र गरे धेरै दुःख गर्न पर्दैन ।”
व्यावसायिक सुन्तला खेतीमा लागेका यहाँका महिला घरको अरु काम धन्दालाई भन्दा सुन्तलाको स्याहार सुसारलाई बढी ध्यान दिने गरेको बेनी नगरपालिका–३ राखु भकिम्लीकी कृषक धना पुनले बताइन् । ठेकेदारले बगानबाटै सुन्तला किन्ने गरेकाले बिक्रीका लागि कुनै समस्या नभएको उनको भनाइ छ । यस वर्ष सुन्तला बिक्री गरेर १ लाख ३० हजार रुपैयाँ आम्दानी गरेको उनले बताइन्।
यहाँ उत्पादित सुन्तला बेनी, पोखरा हुँदै काठमाडौँ र नारायणघाटसम्म पुग्ने गरेको स्थानीय किसानले बताएका छन् । सुन्तला बिक्रीबाट आम्दानी लिन थालेपछि महिलाको आम्दानीबाट नै घरखर्च धानिने, छोराछोरीको पढाइ खर्च पुग्ने र बचेको रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गर्ने गरिएका छन्। बिरामी हुँदा र भैपरी आउँदा कसैसँग हात थाप्नुपरेको छैन ।
पश्चिमी र उत्तरी म्याग्दीमा फलेका सुन्तलाको बजारमा राम्रो माग रहेको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ । बोक्रा पातलो तथा अन्य ठाउँको सुन्तलाको तुलनामा गुलियो हुने भएकाले यहाँका सुन्तलाको बजारमा छुट्टै स्थान रहेको कृषि ज्ञानकेन्द्र म्याग्दीका प्राविधिक श्यामशरण कुर्मीले बताए ।
सिँचाइ तथा आधुनिक प्रविधिको विकासमा जोड दिनसके अझ राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । पछिल्लो समय यो क्षेत्रका धेरै महिला व्यावसायिक सुन्तलाखेती विस्तारमा जुटेको उनले बताए ।
म्याग्दीमा यतिबेला बगैँचाबाट सुन्तला टिपेर बजार पठाउन यहाँका महिला व्यस्त छन् । बेनी, पोखरा, काठमाडौँ, चितवनलगायत ठाउँका व्यापारी सुन्तला खरिद गर्न किसानको बगैँचामै पुगेका छन् । म्याग्दीमा ७०६ हेक्टर क्षेत्रमा सुन्तला जातका फलफूलको खेती भएको जिल्लास्थित ज्ञान केन्द्रले जनाएको छ । तीन सय ५५ हेक्टरभन्दा बढी जमिनको बोटले उत्पादन दिने गरेको छ । यहाँ गत वर्ष ३ हजार ९०५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र म्याग्दीको तथ्याङ्क छ । रासस
आगामी मङ्सिर ४ गतेको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू भोट माग्न घरघरमा पुग्न थालेका छन् भने मतदाता खेतीपाती भित्र्याउन थालेका छन् । यो वर्षको दशैँ, तिहार सकिएलगत्तै किसानलाई धानबाली भित्र्याउने चटारो छ । त्यसैले किसान धान काट्न खेतमा व्यस्त छन् । उम्मेदवारहरू भोट माग्न घरदैलो अभियानलाई तीव्र बनाई घरमा पुग्दा धेरैजसो घर रित्तै हुने गरेको छ ।
काठमाडौं : प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसको अवसरमा नेकपा एमालेनिकट भ्रातृ संगठन (युवसंघले) रोपाइँ कार्यक्रम गरेको छ।ललितपुरको बुङमतीमा आयोजना गरिएको रोपाइँ जात्रा कार्यक्रममा विभिन्न नेता कार्यकर्ताहरू उपस्थित थिए।विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो।किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोर
म्याग्दी : मध्य वैशाखको समय जिल्लाका ग्रामीण भेगका किसानलाई खेतीपाती स्याहार्ने र नयाँ बाली लगाउने कामको चटारो छ। उनीहरू धानको बिउ राख्ने, मकै गोड्ने, गहुँ–जौ थन्काउने र आलु लगाउने लगायत काममा व्यस्त छन्।किसान व्यस्त रहेर गाउँमा आयोजित चुनावी सभामा नआएपछि स्थानीय तहका उम्मेदवार खेतबारीमै पुगेर मतदातासँग भोट माग्न थालेका छन्। उम्मेदवारहरूलाई कसरी मत आफ्नो पक्षमा पार्ने भन्ने चिन्ता छ। चुनावी माहोलबाट पर रहेका किसान भने आफ्नो पीडा बुझिदिने नेताले जितोस् भन्ने चाहना रहेको बताउँछन्। मालिक
कोरोनाको सङ्क्रमणले गाउँतहसम्म आक्रान्त पारेपछि खेतीपाती गर्नेले पनि मास्क लगाएर काम गर्न थालेका छन्। मास्क लगाउने, नियमित हात धुने, सरसफाइमा ध्यान दिने र सामाजिक दुरी कायम गर्ने मान्यतालाई ग्रामीण क्षेत्रमा पालना गर्न थालेको किसानले बताए ।
परम्परागत हलो जोतेर खेतीपातीको काम गर्दै आएका कैलालीका किसान आधुनिक कृषि यन्त्रतर्फ आकर्षित हुन थालेका छन् । खेतीपाती गर्न छिटो र सजिलो हुने भएकाले आधुनिक कृषि यन्त्रको प्रयोगमा किसानको ध्यान गएको हो । बर्खे धान खेती गर्न वा हिउँदे बाली लगाउनका लागि आधुनिक कृषि यन्त्रले धेरै सहयोग पुग्ने गरेको उनीहरु बताउँछन् ।
किसानले सबैभन्दा बढी पावर टिलरको प्रयोग गर्दै आएका छन् । ‘पावर टिलरले खनजोतको काम गर्न सजिलो हुन्छ’, कैलारी गाउँपालिकास्थित रामपुरका कृषक खुशीराम चौधरीले भन्नुभयो । ‘यसले रोपाइँमा धेरै सहयोग पुगेको छ ।’
किसानलाई अहिले रोपाइँको चटारो चलेको छ । उनीहरु खेतीपातीको कार्यमा व्यस्त छन् । खेतमा पावर टिलरको प्रयोग बढ्दो देख्न सकिन्छ । र, खनजोतका लागि पशुचौपाया र परम्परागत हलोको प्रयोग कम । गतविगतमा दुई÷तीन हल गोरु, राँगा हुने परिवारमा अचेल चौपाया कम छन् । भने, प्रायः धेरै जसोको घरमा पावर टिलर छ । विगतमा चार हलसम्म गोरु जोतेको स्मरण गर्दै कृषक चौधरीले अगाडि थप्नुभयो–‘अचेल एउटै पावर टिलरले खेतको सबै काम चाँडै सम्पन्न हुने गर्दछ ।’
कृषिमा आधुनिकीकरण गर्ने लक्ष्यका साथ तीन तहकै सरकारले पनि कृषिको कार्यमा आधुनिक उपकरणको प्रयोगलाई बढावा दिदैं आएका छन् । आधुनिक यन्त्र उपकरणको प्रयोगले उत्पादन वृद्धि हुने पनि बताइन्छ ।
जुन १२ मा नेपाल प्रवेश गरेको मनसुनले अझै साथ नदिए पनि कैलालीका किसान रोपाइँमा व्यस्त भएका छन् ।
खोलानालाको पानी डो¥याएर तथा भूमिगत पानीले सिँचाइ गरेर किसानले धमाधम रोपाइँ थालेका छन् । सिँचाइ सुविधा नभएको क्षेत्रमा किसानले प्रायः आकाशे पानी वा बोरिङको भरमा खेतीपाती गर्दै आएका छन् ।
कोरोना महामारीको त्रास सबैतिर छ । कोरोनाको त्रासले नेपालमा पनि सबै क्षेत्रमा क्षति पु¥याएको छ । नेपाल कृषि प्रधान देश भएकाले कोरोना त्रास कायम रहे पनि किसान भने खेतीपाती गर्ने तयारीमा जुटेका छन् । यस क्षेत्रका किसान धानको ब्याड राख्ने समय नजिकिएपछि सामाजिक दूरी कायम गर्दै कुला खन्ने कार्यमा जुटेका छन् । धानको ब्याड राख्न र खेती गर्नका लागि पानीको व्यवस्था गर्न अहिले कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका किसान कुलो र नाला खन्ने तथा सरसफाइ गर्ने कार्यमा व्यस्त छन् ।
काठमाडाैं – सरकारी जागिर सकिएपछि धेरैजना फुर्सदिला हुन्छन् । तर काठमाडौंको जितफुरफेदीका ६५ वर्षीय भरतप्रसाद लामिछाने झन् बढी व्यस्त हुनुहुन्छ । जागिरबाट पेन्सन भएपछि उहाँ खेती किसानीमा व्यस्त हुन थाल्नुभएको हो । आफू मात्र खेती गर्नुहुन्न, ठाउँठाउँमा पुगेर अरुलाई पनि खेतीपाती सिकाउनुहुन्छ ।
उहाँबाट धेरै किसान...