महामारीमा कालोबजारीः मूल्य चढ्यो आकाश, निचोरिँदै जनता

अघिल्लो वर्षको लकडाउनमा राजधानीमा तरकारीको मूल्य निकै घटेको थियो ! सर्वसाधारणले यसपालि पनि त्यही सोचेका थिए ! तर, भयो उल्टो ! यसबीच उपभोक्ता ठग्न पल्किएका कालो बजारियाले यसपालि साबिकभन्दा बढाएका छन् ! गाउँमा किसानले मूल्य पाएका छैनन् ! तरकारी कुहेका र फालिएका छन् ! कौडीका भाउमा उठाएर ल्याउने व्यापारीले सहरमा उपभोक्तालाई निचोरेर मूल्य लिइरहेका छन् ! यसको वास्तविक अनुगमन भएको भने पाइएको छैन ! खाद्यान्न र अन्य उपभोग्य वस्तुको हालत उस्तै छ ! महामारीलाई दुरुपयोग गर्दै सबैजसो सामानको अस्वाभा