धमाधम ब्याजदर बढाउँदै भारतीय बैंक : घर, अटो र व्यक्तिगत कर्जा महँगियो

काठमाडौं । भारतीय बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेका छन् । बैंकले घर, अटो र व्यक्तिगत कर्जा तर्फका विभिन्न स्किमको ब्याजदर बढाएका  हुन् । युनियन बैंक अफ इन्डियाले सबै अवधिका कर्जामा एमसीएलआर (कोषको सीमान्त लागतमा आधारित ब्याजदर) बढाएको छ । बैंकका वेबसाइटअनुसार बैंकले जनवरी ११ देखि लागू हुने गरी २०२३ को फेब्रुअरी १० सम्मका लागि एमसीएलआर बढाइएको छ । यो वृद्धिसँगै बैंकको ओभरनाइट एमसीएलआर बढेर ७ दशमलव ६५ प्रतिशतमा पुगेको छ । बैंकको १, ३ र ६ महिने ब्याजदर बढेर क्रमश : ७ दशमलव ८ प्रतिशत, ८ प्रतिशत र ८ दशमलव २ प्रतिशत पुगेको छ । तीन वर्षे एमसीएलआर ८ दशमलव ७५ प्रतिशत छ भने दुई र एक वर्षे एमसीएलआर क्रमशः ८ दशमलव ६ प्रतिशत र ८ दशमलव ४ प्रतिशत भएको छ । बैंकको बेस रेट जनवरी १ देखि ९ दशमलव २५ प्रतिशत छ ।  ब्याजदरमा भएको हेरफेरले अहिले घरकर्जा लिइरहेकाहरुको साथै भविष्यमा ऋण लिने योजना बनाइरहेका ऋणीहरु पनि मर्कामा पर्नेछन् । धितोमा ऋण लिएर घर किनेका वर्तमान घरधनीहरुमाथि भने धितोको कर्जा कति तिर्न बाँकी छ सो अनुसार प्रभाव फरक पर्नेछ  । एचडीएफसी बैंक लिमिटेड, आईसीआईसीआई बैंक, बैंक अफ इन्डिया र बैंक अफ बरोदा लागयत अन्य बैंकहरुले पनि एमसीएलआर ३५ आधार विन्दुसम्म बढाएका छन् । पञ्जाब नेशनल बैंक, क्यानरा बैंक र यूनियन बैंक अफ इन्डियाले पनि रिपो दरमा आधारित घर कर्जाको ब्याजदर पनि बढाएका छन् ।  भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ले रिपोदर बढाएपछि सरकारी र निजी क्षेत्रका कयौं बैंकहरुले घर र अटो कर्जाको ब्याजदर बढाएका छन् । रिपो दर बढेपछि बैंकहरुको कोषको लागत पनि बढ्छ । फलतः घर कर्जा, कार कर्जा र व्यक्तिगत कर्जामा ब्याजदर बढ्छ । एजेन्सी

सम्बन्धित सामग्री

बैंकहरूको ‘अटो लोन’ १ खर्ब ५४ अर्ब, यस्तो छ बैंक अनुसारको ब्याजदर

काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट सवारीसाधन खरिदका लागि ऋणीहरूले १ खर्ब ५४ अर्ब रुपैयाँ बढी ऋण लिएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले मानिसको आवश्यकता अनुसार विभिन्न किसिमका कर्जा उपलब्ध गराउने गरेका छन् । विशेषगरी सानो रकम कर्जा लिँदा मानिसहरूले घर किन्न, गाडी किन्न, […]