बैंकिङ क्षेत्रलाई एप्पलको कडा टक्कर, ४ दिनमै कम्पनीको बचत खातामा ओइरियो १ अर्ब डलर

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल (Apple Inc) को बचत खातामा निक्षेपकर्ताहरूको ओइरो लागेको छ । हालैका महीनामा अमेरिकामा एक पछि अर्को गर्दै क्षेत्रीय स्तरका बैंकहरू ढलेर बैंकिङ क्षेत्रप्रतिको निक्षेपकर्ताहरूको विश्वास फर्किनसक्दा यो खबर आएको हो ।  एप्पलले गएको महीनाको अन्त्यतिर शुरु गरेको बचत खाता (Saving Account) मा खाता सञ्चालनमा आएका ४ दिनमै झन्डै १ अर्ब डलर निक्षेप जम्मा भएको छ । यस मामिलाबारे जानकार स्रोतहरूलाई उद्धृत गर्दै अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार छापेका छन् । बचत कार्यक्रम शुरु भएको दिनमा मात्रै खातामा ४० करोड डलरको निक्षेप ओइरिएको थियो ।  शुरुको ४ दिनको बचत भने ९९ करोड डलर भएको बताइएको छ । कम्पनीले अमेरिकी बहुराष्ट्रिय लगानी बैंक गोल्डम्यान श्याख्स (Goldman Sachs)सँग मिलेर सो बचत खाता खोलेको थियो । एप्पलको खातामा वार्षिक ४ दशमलव १५ प्रतिशतको ब्याज छ । यसको  साथै आइफोन सहजै उपलब्ध गराइदिने वाचा पनि कम्पनीले गरेको छ ।  रमाइलो कुरा के छ भने अमेरिकाका औसत बैंकले शून्य दशमलव ५ प्रतिशत पनि ब्याज दिन्नन् । गोल्डम्यानकै सबैभन्दा धेरै प्रतिफल दिने बचत खातामा पनि ग्राहकहरूले ३ दशमलव ९ प्रतिशत मात्रै पाउँछन् । गएको हप्ताको अन्त्यसम्ममा खातामा २ लाख ४० हजार जनाले खाता खोलेका थिए ।  बचत खातामा आएको निक्षेप र खाताको संख्याबारे भने एप्पल र गोल्डम्यान श्याख्स दुवै नबोलेको बताइएको छ । विगत एक वर्षभन्दा लामो समयदेखि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (Fed) ले धमाधम ब्याजदर बढाइरहेको छ । फेडको आक्रामक ब्याजदर वृद्धिका कारण बैंकहरू टाट पल्टिँदा विश्वव्यापी वित्तीय संकटको खतरा नै मडारिएको छ ।   फेडको ब्याजदर वृद्धिका कारण बैंकहरूले घर कर्जा, अटो कर्जा महँगो् पार्छन् । तर, बचत खातामा राखिने रकममा भने खासै ब्याज दिँदैनन् । यसैका कारण पनि एप्पलको बचत खातामा निक्षेपकर्ताहरूको ओइरो लागेको विश्लेषण गरिएको छ । बैंक फेलियरका कारण यसप्रति लगानीकर्ता र निक्षेपकर्ताहरूको विश्वास डगमगाएकै बेलामा एप्पलको यो कदमले बैंकिङ क्षेत्रलाई कडा टक्कर दिएको छ ।  ४ दिनमा एप्पलको बचत खातामा थुप्रिएको पैसा त्यहाँको औसत क्षेत्रीय बैंकको निक्षेपकै बराबर हो । एप्पलको आइफोनको यूजर बेस झन्डै २ अर्ब छ । एप्पलको बचत खाता खोल्न १ मिनेट पनि लाग्दैन । यसमा एप्पल कार्ड, एप्पल पे लेटर जस्ता सुविधाहरू छन् ।  यो आइफोन प्रयोगकर्ताका लागि राम्रो विकल्प हो । एप्पलको यो सेवालाई फाइनान्स उसको एम्पायरको शुरुआतको रुपमा हेरिएको छ । बैंक बनेर आफ्नो कारोबार चलाउन आवश्यक पैसा जुटाउने एप्पल विश्वको पहिलो प्रविधि कम्पनी बनेको छ । एजेन्सी 

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक–१ मा माओवादी र एमालेबीच कडा टक्कर, ३५ मतले सुवोध अगाडि

काठमाडौं, ७ मंसिर । सिन्धुपाल्चोक १ मा प्रतिनिधिसभातर्फ मतगणना जारी छ । अहिलेसम्म ४६६८२ मत गणना हुँदा नेकपा (माओवादी केन्द्र) का सुवोध सापकोटाले १८८६७ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई नेकपा (एमाले) का सरेश नेपालले कडा टक्कर दिएका छन् । नेपाल सुवोधभन्दा ३५ मतले पछि छन् । अहिले बलेफीमा गणना जारी । अब […]

लिङ्देन – सिटौला कडा टक्कर

झापा क्षेत्र नम्बर ३ को प्रारम्भिक नतिजाले यसअघि नै अनुमान गरिएका प्रमुख दुई उम्मेदवारबीच कडा टक्कर देखाएको छ ।  प्रारम्भिक रुझानले राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच...

पर्सा-४ को ‘क’ मा गठबन्धनका दुई उम्मेदवारलाई स्वतन्त्रको कडा ‘टक्कर’

वीरगञ्ज – आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पर्सा-४ काे ‘का’ उम्मेदवारहरूबीच कडा टक्कर हुने देखिएको छ। प्रदेशसभामा भिडिरहेका दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूबीच कडा टक्कर हुने देखिएको हाे। यस क्षेत्रमा दुईवटा दलीय गठबन्धनका उम्मेदवार अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरू गरी कूल १० जना चुनावी मैदानमा छन्। यहाँ पहिले […]

गृहमन्त्रीको गृहनगरमा काँग्रेस र एमालेबीच कडा टक्कर

गृहमन्त्री बालकृष्ण खाणको गृहनगर रुपन्देही तिलोत्तमा नगरपालिकाको मेयरमा काँग्रेस र एमालेबीच कडा टक्कर परेको छ । आइतबार विहान ९ बजेको गतगणना अपडेट अनुसार नेपाली  काँग्रेसका मेयरका उम्मेदवार रामकृष्ण खाणले झिनो अग्रता बनाएका छन् ।गृहमन्त्री खाणका सहोदर भाइ समेत रहेका काँग्रेस उमेदवार रामकृष्णले १० हजार ९६६ मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार मोहन चापागाईँले १० हजार ८८८ मतसहित पछ्याई रहेका छन् । मोहनभन्दा रामकृष्ण ८८ मतले अगाडि  छन् ।उपमेयरमा भने एमालेकी जागेस्वरी चौधरीको फराकिलो अग्

चितवनमा दाहाल र सुवेदीबीच कडा टक्कर

चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा टक्कर रहेको छ । ताजा मतपरिणाम अनुसार रेनु अगाडि हुनुहुन्छ । उहाँले ५ हजार ३ सय ८२ मत प्राप्त गर्नु भएको छ भने एमालेका विजय सुवेदी ५ हजार ३ सय ६७ मत प्राप्त गर्नु भएको छ ।  यस्तै, पोखरा महानगरपालिकामा एकिकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै छ । उहाँले अहिलेसम्म ५ हजार ७ सय ४८ मत प्राप्त गर्नु भएको छ । एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ५ हजार ७८ मत ल्याउनु भएको छ ।   यसैगरी, विराटनग...

पर्साको बहुदरमाई नगरपालिकामा एमाले, कांग्रेस र जसपाबीच कडा टक्कर

वीरगञ्ज – पर्साको बहुदरमाई नगरपालिकाको मेयर र उपमेयरमा एमाले, कांग्रेस र जनता समाजवादी पार्टीबीच कडा टक्कर भइरहेको छ। मतगणना सुरु भएको बेलादेखि नै यी तीनै दलका उम्मेदवारबीच कडा टक्कर हुँदै आएको छ। पछिल्लो मत परिणामअनुसार मेयरमा कांग्रेसका उम्मेदवार नितेन्द्र साहले २२८४ मत ल्याएका छन्। उनलाई जनता समाजवादी पार्टीका उम्मेदवार सिँगासन साह तेलीले २२१० मतका साथ […]

बेलकोटगढी नगरपालिकामा उपमेयरमा कडा टक्कर, लामाले बनाए दोब्बर मतको अग्रता

नुवाकोटको बेलकोटगढी नगरपालिकामा गठबन्धनका तर्फबाट उपमेयरका उमेदवार र नेकपा एमालेको उमेदवारबीच कडा टक्कर देखिएको छ । केही समय अघिसम्म फराकिलो मतान्तरले उपमेयरमा लिड गरिरहेका गठबन्धनका साझा उमेदवार नेपाली काँग्रेसका शिव दाहाललाई पछ्याउँदै एमालेका उमेदवार रुपा सापकोटाले भेट्नै लागेकी छन् । हालसम्मको मत परिणामअनुसार यी दुई  उमेदवारको मतान्तर १ मतले मात्र तलमाथि परेको छ।दाहालले २०७४ मत प्राप्त गर्दैगर्दा सापकोटाले २०७३ मत ल्याएकी छिन् । यता मेयरतर्फ भने नेकपा माओवादी केन्द्रका जगत लामाले दोब्बर

भरतपुरमा रेनु र विजयबीच कडा टक्कर

भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहाललाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले कडा टक्कर दिइरहेका छन् । ३९७७ मत गणना हुँदा रेनुले १३७२ मत ल्याएकी हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी सुवेदीले १३०५ मत ल्याएका छन् । जगन्नाथ पौडेलले ४७०  मत ल्याएका छन् । उप मेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १५४२ मत ल्याएर अग्रता बनाइरहेका छन् । राप्रापाकी हिमला गुरुङले १०३५ मत प्राप्त गरेकी छन् ।

हेटौँडा उपमहानगरमा समाजवादी र एमालेबीच कडा टक्कर

हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादी र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ ।  ३५३३ मत गन्दा  मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार मीना लामाले तीन मतले अगाडि छिन् ।गठबन्धनबाट मेयर पदकी उम्मेदवार लामाले  १०६९ मत ल्याएकी छन् । एमालेका मेयरका उम्मेदवार अनन्त पौडेलले १०६६ ल्याएका छन् भने राप्रपाका दीपकबहादुर सिंहले ९४९ मत पाएको छन्  । उपमेयरमा भने काँग्रेस उम्मेदवार राजेश बानियाले १५४२ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्ले १२७० मत ल्याएकी छन् । राप्रपाकी इन्दिर

हेटौँडामा एकीकृत समाजवादी र एमालेबीच कडा टक्कर

हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादी र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ । २ हजार ६१८ मत गन्दा  मेयरमा नेकपा एमालेका अनन्त पौडेल १ मतले अगाडि रहेका छन् ।उनले ७८६ मत ल्याउँदा  गठबन्धनबाट मेयर पदकी उम्मेदवार मीना लामाले ७८५ मत ल्याएकी छन् । उपमेयरमा भने काँग्रेस उम्मेदवारले ११५१ मत ल्याउँदा एमालेले ९४३ मत ल्याएको छ ।