बीवाइडीको इलेक्ट्रीक कार किन्नेलाई नबिल बैंकले कर्जा दिने, यस्तो छ ब्याजदर

काठमाडौं । नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंक र नबिल बैंक बीच बुधबार एक सम्झौता भएको छ । सम्झौंता अनुसार बीवाइडीले विक्री गर्ने विद्युतीय गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने ब्यवस्था गरेको कारण नविल बैंकले पनि त्यहि अनुसार […]

सम्बन्धित सामग्री

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’

काठमाडौं । नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना ल्याएको छ । यो योजना अन्तरगत बैंकले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ ।  यस योजनामा नबिलले दुई स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको छ । जसमा ७ वर्षको लागि प्रति वर्ष १०.९९ प्रतिशत र १० वर्षको लागि प्रति वर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदर राखिएको छ ।  नबिल बैंकका पर्सनल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले भनिन्, ‘जब घर कर्जाको कुरा आउँछ, घरधनीहरू हरेक महिना तिर्नु पर्ने प्रिमियम दरमा हुने परिवर्तनले आत्तिने गर्छन् । यस कुरालाई ध्यानमा राखेर हामीले ‘नबिल ढुक्क घर कर्जा’ ल्याएका छौँ ।’ यस योजना अन्तर्गत घरधनीले आफ्नो कर्जा अवधिभर तोकिएको सुलभ ब्याजदरमा आश्वस्त हुन सक्ने उनले थपिन् । नबिलको यो योजनाले ग्राहकलाई घर बनाउने सपना पूरा गर्न सहज हुनेछ । बैंकका अनुसार नबिल ढुक्क घर कर्जाले पहिलो पटक घर खरिद गर्नेलाई ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ भने अन्यले झन्झटरहित कर्जा प्रक्रियामा ६० प्रतिशतसम्म वित्तीय सुविधाको फाइदा लिन सक्नेछन् । यो योजनाले दुई लाख रुपैयाँ सम्मको क्रेडिट कार्ड सेवा निःशुल्क जारी गर्नेछ । यस घर कर्जा सुविधा लिनको लागि सेवाग्राहीले नजिकैको नबिल बैंकको शाखामा सम्पर्क गर्न सक्नेछन् । नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २० लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा  र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको छ ।

हुन्डाईका गाडी किन्नेलाई नबिल बैंकले ऋण दिने, ईभी र कम्बस्चनमा एउटै ब्याजदर

काठमाडौं । बैंक तथा वित्तिय संस्थामा केही तरलता सहज हुन थालेसँगै विभिन्न गाडी विक्रेता कम्पनी र नबिल बैंक बीच सम्झौंता हुन थालेको छ । नेपालमा सर्वाधिक सफल कार ब्राण्ड हुन्डाईका इलेक्ट्रीक कार कोना र आयोनीक ५ किन्न चाहने ग्राहकलाई नबिल बैंकले कर्जा उपलब्ध गराउने भएको हो । दुई संस्था बीच भएको सम्झौंता अनुसार नबिल बैंकले […]

नबिल बैंकमा आकर्षक सुविधा सहितको पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा

पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरूको वित्तिय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा जारी गरेको छ। बैंकले ‘नबिल इको–फ्रेड्ली बिजनेस लोन’ जारी गरेको हो । फोहोरमैला व्यवस्थापनसंग सम्बन्धित व्यवसायहरु, पर्यावरणमैत्री व्यवसायहरु तथा वनविनाश र प्रदुषण कम गर्ने लक्ष्य राखेका व्यवसायहरूको वित्तीय आवश्कता पुरा गर्न आकर्षक सुबिधा तथा ब्याजदर सहित नयाँ कर्जायोजना ल्याएको बैंकले जारी गरेको विज्ञप्तिमा

नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता

नबिल बैंकले साना तथा मझौलास्तरका मोबाइल बिक्री–वितरण गर्ने व्यवसायीहरूको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसँग सम्झौता गरेको छ ।सम्झौताअन्तर्गत मोबाइल वितरकको सञ्जालमा रहेका खुद्रा बिक्रेतालाई लक्षित गरी बैंकले सहुलियत ब्याजदर र धितो अनुपातमा चालु पुँजीमा लगानी गर्ने उद्देश्यका साथ च्यानल फाइनान्सिङ कर्जा सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।आफ्नो व्यवसायको आवश्कता बमोजिम […]

नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता

काठमाडौं । नबिल बैंकले साना तथा मझौलास्तरका मोबाइल बिक्री–वितरण गर्नेव्यवसायीहरूको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसँग सम्झौता गरेको छ । सम्झौताअन्तर्गत मोबाइल वितरकको सञ्जालमा रहेका खुद्रा विक्रेताहरूलाई लक्षित गरी बैंकले सहुलियत ब्याजदर र धितो अनुपातमा चालु पुँजीमा लगानी गर्ने उद्देश्यका साथ च्यानल फाइनान्सिङ कर्जा सुविधा उपलब्ध गराउने बैंकले...

नबिल बैंक–मोबाइल वितरक संघ सम्झौता

काठमाडौं (अस) । नबिल बैंकले साना तथा मझौला स्तरका मोबाइल बिक्री वितरण गर्ने व्यवसायीको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसँग सम्झौता गरेको छ । सम्झौताअन्तर्गत मोबाइल वितरकको सञ्जालमा रहेका खुद्रा बिक्रेतालाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालू पुँजीमा लगानी गर्न च्यानल फाइनान्सिङ कर्जा सुविधा उपलब्ध गराउनेछ । आफ्नो व्यवसायको आवश्यकताबमोजिम मोबाइल वितरकले बैंकको विभिन्न बैंकिङ सेवा–सुविधा प्राप्त गर्नेछन् । सम्झौतामा बैंकका साना, मझौला तथा लघुवित्त कर्जा प्रमुख निरजकुमार बस्नेत र संघ अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गरे । कार्यक्रममा बैंकका कर्जा प्रमुख बस्नेतले बैंकले साना तथा मझौला स्तरका व्यवसायीको दिगो विकासका लागि समय–सान्दर्भिक कर्जा दिँदै आएको बताए । साझेदारीअन्तर्गत संघमा आबद्ध नेपालभरका मोबाइल वितरक व्यवसायीको वित्तीय आवश्यकता सहज ढंगले समाधान गर्ने लक्ष्य रहेको बैंकले बताएको छ ।

नबिलले शुरू गर्‍यो दिगो बैंकिङ कार्यक्रम

काठमाडौं । नबिल बैंकले ‘नबिल दिगो बैंकिङ’कार्यक्रम सार्वजनिक गरेको छ । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरी यस्तो कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रम अनुसार बैंकले ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ नामक प्रडक्ट शुरू गरेको छ । बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यावसायिकीकरण र उद्यमशीलताको विकासका लागि  ल्याएको सो कार्यक्रम शुरूमा १७ ओटा दुर्गम स्थानीय शाखाबाट सञ्चालन गरिने बताइएको छ, जसमा शुरूमा प्रदेश ६ र ७ का बासिन्दामा केन्द्रित गरेको छ ।   सन् २०३० सम्ममा संयुक्त राष्ट्र संघले तोकेको लक्ष्य हासिल गर्न सरकारलाई सहायताका लागि पनि नबिलले दिगो बैंकिङ कार्यक्रम ल्याएको बताएको छ । यसभित्र रहेका १७ ओटा एजेण्डामा टेकेर बैंकले यो कार्यक्रम ल्याएको नबिल बैंकका संस्थागत सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीले बताए । उनका अनुसार पछाडि परेका वर्गलाई उद्यमी बन्न कर्जा लिन प्रेरित गर्ने उद्देश्यले सहुलियत ब्याजदर सहितकोे नबिल दिगो बैंकिङको घोषणा गरिएको हो । शुरूमा मुलुकको दुर्गम भेगमा केन्द्रित हुँदै देशव्यापी गर्ने योजना रहेको उनले जानकारी दिए । नबिल किसान कर्जाका सीमा यो कर्जा व्यक्तिगत रूपमा १५ लाख, संस्थागत रूपमा २५ लाख र सामूहिक रूपमा प्रतिसदस्य ५ लाखसम्म पाइन्छ । सो रकम बराबरको यो कर्जा बैंकको आधार दर (बेस रेट)मा २ प्रतिशत मात्रै थपेर कर्जा दिनेछ । यस्तो कर्जा ग्राहकले कम्तीमा १२ महीनासम्म र बढीमा ५ वर्षसम्मका लागि लिन पाउनेछन् । नबिल उद्यमशील कर्जा सीमा बैंकले युवा र ग्रामीण समुदायमा उद्यमशीलता विकासका लागि यो कार्यक्रम ल्याएको हो । नबिल उद्यमशील कर्जाअन्तर्गत पनि १८ देखि ६० वर्षका व्यक्तिलाई लक्षित गर्दै १ लाखदेखि १ करोडसम्म कर्जा दिने व्यवस्था गरेको छ । बैंकले यो कर्जा आधार दरमा ३ प्रतिशतदेखि ५ प्रतिशत थपेर कर्जा प्रदान गर्नेछ । यी कर्जाहरू १–८ वर्षसम्मका लागि लिन सकिनेछ । उक्त दुवै खालको कर्जाका लागि नेपाल राष्ट्र बैंकले तोकेको सहुलियत ब्याजका बाहेकमा अनिवार्य धितो राख्नुपर्छ । ऋणीले यस्तो कर्जा भुक्तानी १२ महीनासम्ममा गर्न सक्नेछन् । संस्थाको लागि सरकारी निकायमा दर्ता भएको र कालोसूचीमा नपरेको तथा स्थायी रूपमा गाउँमै बसोवास गर्ने हुनुपर्नेछ ।  कर्जा प्रक्रियामा पेश गर्नुपर्ने आवश्यक कागजात  उक्त कर्जा लिन इच्छुकले चाहेको ऋण आवेदन फारम भर्नुपर्छ । यसपछि नागरिकताको प्रमाणपत्र, भर्खरै खिचेको पासपोर्ट साइज फोटो, तालीमको प्रमाणपत्र, लालपुर्जाको फोटोकपी, चार किल्लाको फोटोकपी, कर तिरेको रसिद, कम्प्युटर ब्लुप्रिन्ट नक्सा÷ट्रेस नक्सा, घर निर्माण अनुमति र घर धितो भए निर्माण सकिएको प्रमाणपत्र सम्बन्धित बैंक कार्यालयमा पेश गर्नुपर्छ । यसबाहेक कम्पनीले लिँदा कम्पनी दर्ताको प्रमाणपत्र, स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र र ३ वर्षका लागि अनुमानित लगानी पेश गर्नुपर्छ ।

निक्षेप र कर्जा दुवैको ब्याजदर बढ्यो

काठमाडौं । पछिल्लो समय केही बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ता र ऋणी दुवैलाई राम्रो ब्याजदर दिएका छन् । लगानी योग्यपूँजी (तरलता) भएका बैंकहरूले भन्दा पनि यस्तो पूँजी कम भएका बैंकहरूले यतिबेला निक्षेपको ब्याजदर बढाएका हुन् । मेगा बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू र प्राइम बैंकको लगानीयोग्य पूँजी कम छ । यस्ता बैंकले निक्षेपको ब्याजदर थोरै बढाएका छन् । यी बैंकले अघिल्लो महीनाको तुलनामा थप १ प्रतिशत विन्दुदेखि साढे १ प्रतिशत विन्दुसम्म ब्याज बढाएका छन् । बैंकहरूले अवधिअनुसारका मुद्दती निक्षेपमा अधिकतम ७ दशमलव २५ प्रतिशतदेखि साढे ८ प्रतिशतसम्म ब्याजदर दिएका छन् । सानिमा बैंकले चैतको तुलनामा वैशाखमा १ प्रतिशत विन्दुले ब्याजदर बढाएर मुद्दती निक्षेपको ब्याजदर अधिकतम ८ प्रतिशतसम्म पुर्‍याएको छ । अहिले तरलता पर्याप्त भएका बैंकहरू बैंकको भोलम बढाउन निक्षेपको ब्याजदर बढाउनतिर लागेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताउँछन् । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालले भने, ‘अहिले हाम्रो सीसीडी ८४ प्रतिशतभन्दा कम छ । अब निक्षेप संकलन बढाउन पनि ब्याजदर बढाएका हौं ।’ नेपाल राष्ट्र बैंकले चालू आवमा कर्जा पूँजी निक्षेप अनुपात ८५ प्रतिशत तोकेपछि बैंकहरूलाई लगानी गर्न सहज बनेको छ । यसअघि यस्तो सीमा ८० प्रतिशतसम्म थियो । अहिले ८० प्रतिशत र ८५ प्रतिशतको बीचमा करीब नौओटा बैंक रहेका छन् । उत्साहजनक कर्जा प्रवाह गरेका सानिमा, प्राइम, एनआईसी, मेगा, सिभिल, कुमारी, माछापुच्छ्रेलगायत बैंकको सीसीडी कसिलो देखिएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार भने पछिल्लो समय बैंकहरूको औसत सीसीडीको अनुपात ७९ दशमलव ४१ प्रतिशत रहेको छ । सीसीडी कसिलो भएका अधिकांश बैंकको निक्षेप ब्याजदर बढाएका छन् । तर, अपवादमा मेगा बैंकले भने घटाएको देखिन्छ । चैतको तुलनामा वैशाखबाट लागू गरेको निक्षेपको ब्याजदर घटाएर मुद्दती निक्षेपमा करीब ६ दशमलव ७५ प्रतिशत कायम गरेको छ । उक्त बैंकको साधारण बचतको ब्याजदर भने न्यूनतम १ दशमलव ७५ प्रतिशतदेखि ३ दशमलव ५० प्रतिशतसम्म कायम गरेको छ ।  बैंकबीच सापटी लिने अन्तरबैंक कर्जाको ब्याजदर भने चर्को देखिएको छ । यस्तो ब्याजदर ४ प्रतिशत माथि अर्थात् साढे ४ प्रतिशतसम्म पनि पुगेको नेपाल राष्ट्र बैंकले बताएको छ । यस अवस्थामा सीसीडी कसिलो भएका बैंकहरूले निक्षेपको ब्याजदर बढाएका छन् । कर्जा र निक्षेपको ब्याजदर अन्तर (स्प्रेड दर) ४ प्रतिशतसम्म हुनुपर्ने नीतिगत व्यवस्था छ । तर, केही बैंकको यस्तो दर सीमाभन्दा पनि नाघेको देखिएको थियो । अहिले भने यस्तो स्प्रेड दर घटेर साढे ३ मा झरेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । बैंकले निक्षेपमा बढी ब्याज र कर्जामा कम ब्याज दिएर ग्राहकमैत्री बनेको बताउँदै उनले यस्तो गर्दा बैंकको नाफा कम हुने तर्क गर्छन् । राष्ट्र बैंकले बैंकले दीर्घकालीन स्रोतका लागि दीर्घकालीन व्यक्तिगत निक्षेप जुटाउन बैंकहरूलाई भन्दै आएको छ । तर, ब्याजदर निर्धारण गर्दा १ महीनाअघि नै जानकारी दिने गरी घोषणा गर्नुपर्ने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाहरूले प्रत्येक त्रैमासिक प्रतिवेदनअनुसार तय भएको आधार दरमा रहेर कर्जाको ब्याजदर निर्धारण गर्ने गर्छन् । बैंकले आधार दरमा कर्जाको प्रकृतिअनुसार केही प्रिमियम थपेर कर्जाको ब्याजदर निर्धारण गर्ने गर्छन् । यसआधारमा केही वाणिज्य बैंकले कर्जाको ब्याजदर घटाएका छन् । केहीले भने यसअघिको त्रैमासको आधारदरकै आधारमा कर्जाको ब्याजदरलाई निरन्तरता दिएका छन् । पछिल्लो समय बैंकहरूले सार्वजनिक गरेअनुसार कर्जाको प्रकृति र अवधिअनुसार न्यूनतम साढे ५ प्रतिशतदेखि साढे १४ प्रतिशतसम्म निर्धारण गरेका छन् । नबिल बैंकले भने कर्जाको ब्याजदर शून्य दशमलव २७ प्रतिशत विन्दुले घटाएको छ । सो बैंकको कर्जाको प्रकृतिअनुसार कर्जाको ब्याजदर करीब साढे ५ प्रतिशतदेखि १० दशमलव ७६ प्रतिशतसम्म रहेको छ । यसअनुसार कर्जाको ब्याजदर घटाउने बैंकहरूले पनि करीब १ प्रतिशत विन्दुभन्दा कम मात्रै घटाएर ब्याजदर निर्धारण गरेका छन् ।