ब्याज महँगो भएकै कारण बैंकबाट ऋण लिएर गाडी (अटो) किन्न सकिनँ भनेर चिन्तामा बस्नुपर्ने अवस्था अब रहेन । बैंकमा पैसा थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाले सवारी कर्जाको ब्याजदर धेरै घटाएका छन् ।
कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एक सम्झौता गरेको छ । बैंकले नेभ नेपालसँग उक्त सम्झौता गरेको छ ।
यस सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र नेभका तर्फबाट कार्यकारी अधिकृत सबिता कुमारी क्षेत्रीले एक कार्यक्रमका बीच सम्झौता पत्रमा...
बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको नेपालका लागि आधिकारीक बिक्रेता साईमेक्स इंक प्रालिले विद्युतीय सवारीका सहज फाइनान्सिङको लागि प्रभु बैंकसँग वित्तीय सम्झौता गरेको छ । यो साझेदारीले ग्राहकलाई बीवाईडी ब्रान्डको विद्युतीय सवारी साधन खरिद गर्न सजिलो कर्जा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ । विद्युतीय सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप आफ्ना ग्राहकहरुको […]
कुमारी बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्गबीच ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्नको लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।
पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा विद्युतीय सवारी साधन कर्जा उपलब्ध गराउने जनाइएको छ ।
यस...
टाटा मोट्सको नेपालका लागि आधिकारिक बिक्रेता सिपर्दी ट्रेडिङ र एभरेष्ट बैंक बीच सवारी साधनको कर्जा प्रवाह सम्बन्धमा सम्झौता भएको छ । सिपर्दीका अनुसार उपभोक्ताले टाटा मोटर्सको इभी कार खरिद गर्दा ८० प्रतिशतसम्म कर्जा दिने गरी सम्झौता भएको हो । टाटा मोटस्ले अहिले इभीका सवारी साधनमध्ये नेक्सन इभी र टिगोर इभीका लागि विभिन्न किसिमका अफरहरु अगाडि […]
ग्लोबल आइएमई बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बिहीबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारी...
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले यस बर्षको चाडपर्वलाई लक्षित गरी अटो एक्सप्रेस(ड्राइभ उत्सव योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत ७.२९ प्रतिशत ब्याजदर (प्रिमियम सहित)मा विद्युतिय सवारी कर्जा लगायतका बिभिन्न सवारी साधन योजनाहरु सार्वजनिक भएका छन् ।यस योजनाअन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८.१९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा अन्य सवारी साधन कर्जाका साथै ८.४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ बर्ष अवधिको लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन् । यो योजना निजी प्रयोज
काठमाडौं। महालक्ष्मी विकास बैंकले सवारीसाधान किन्न चाहने सेवाग्राहीलाई सरलरुपमा कर्जा दिने भएको छ। बैंकले एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्ससँग सहकार्य गर्दै यस्तो कर्जा दिने भएको हो। सम्झौताअनुसार एमएडब्लू भेहिकल्सबा बैंकका ग्राहकले फोटोन ब्राण्डका गाडी खरिद गर्न महालक्ष्मी बैंकबाट ऋण लिन सक्छन्। ग्राहकले ८ वर्षसम्मका लागि लिन सक्ने ऋण गाडी किन्दा लाग्ने कुल खर्चको ८० प्रतिशतसम्म लिन पाउने बताइएको छ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडले इस्टर्न एजेन्सीका ग्राहकहरुलाई सवारी साधन खरिदका लागि सहुलियत दरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ । बंैक र सो कम्पनी बीच यस सम्बन्धी सम्झौता पत्रमा २०७७ साल माघ ९ गते हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा बैंकका मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र इस्टर्न एजेन्सीका प्रमुख कार्यकारी अधिकृत सुनिल थापाले हस्ताक्षर गरेका हुन् । हाल बैंकको देशभर रहेको ७० शाखाबाट नै सो कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ ।
२३ पुस, काठमाडौं । सवारी साधनहरुमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी सुस्ताएको छ । यो क्षेत्रमा हरेक महिना कर्जा लगानी बढ्ने गरेकोमा पछिल्लो समय भने उल्टै घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुले सवारी साधनमा जाने हायर पर्चेज कर्जा १ खर्ब ६८ अर्ब २४ करोड […]