आयातमा सहजता माग्दै व्यवसायी सडकमा, राष्ट्र बैंक लचिलो नबन्ने

२२ मंसिर, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नेतृत्वमा बिहीबार सवारीसाधन व्यवसायीहरुले माइतीघर मण्डलामा धर्ना दिएर आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा राख्नुपर्ने नगद मार्जिन हटाउनुपर्ने, सरकारी किन्नेलाई ८० प्रतिशत फाइनान्सिङ सुविधा दिनुपर्ने, अटो लोनको बैंक ब्याजदर र अटो कर्जा जोखिम भार घटाउनुपर्ने, कर्जाको पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने लगायतका माग गरे । […]