काठमाडौं । डिम्याट खाताको संख्या ६२ लाखभन्दा बढी पुगेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको पछिल्लो तथ्याङ्कअनुसार आइतवारसम्ममा डिम्याट खाताको संख्या ६२ लाख ८ हजार ५४५ पुगेको छ । असार मसान्तसम्ममा डिम्याट खाताको संख्या ५७ लाख ५१ हजार ३४४ थियो । यसआधारमा चालू आर्थिक वर्षको आठ महीनामा थप ४ लाख ५७ हजार २०१ डिम्याट खाता थपिएका छन् ।
यद्यपि कतिपयले भने दुई खाता खोलेका हुन्छन् । यस्तो खाता दुईभन्दा बढी खोल्न भने पाइँदैन । पछिल्लो समय धितोपत्रको प्राथमिक बजारमा आईपीओ निष्कासन गर्ने कम्पनीको संख्या बढ्दो छ । यस कारण पनि डिम्याट खाताको संख्या बढेको हो ।
त्यस्तै मेरो शेयर प्रयोग गर्नेको संख्या ५२ लाख ५८ हजार ७३९ पुगेको छ । जसमध्ये ३६ लाख ३२ हजार ५३ जना मेरो शेयरमा सक्रिय प्रयागकर्ता रहेको सिडिएसीले जनाएको छ । मेरो शेयरबाट साधारण शेयर (आईपीओ) भर्न तथा दोस्रो बजारमा विक्री गरिएको शेयर ट्रान्सफर गर्न सकिन्छ । मेरो शेयर खाता नहुनेहरूले आईपीओ भर्नसमेत बैंकमा पुग्नुपर्ने हुन्छ ।
डिम्याट खाता नभएकाले प्राथमिक शेयर भर्न पनि पाउँदैनन् । दोस्रो बजारमा किनबेच गर्न पनि पाउँदैनन् । शेयर बजारबारे जति बढी प्रचारप्रसार हुन्छ, त्यति नै बढी डिम्याट खाता खोल्नेको संख्या बढ्ने जानकार बताउँछन् ।
विभिन्न कम्पनीको शेयर किनबेच हुँदा पहिले भौतिक अर्थात् कागजी प्रमाणपत्रकै रूपमा हस्तान्तरण हुने गर्दथ्यो । अर्थात् शेयर बेच्नेले प्रमाणपत्र नै दिने, खरीद गर्नेले फेरि आफ्नो नाममा प्रमाणपत्र नै पाउँथे । २०७२ माघ २ गतेबाट डिम्याट खाता पूर्णरूपमा सञ्चालनमा आएको हो । हाल शेयर अभौतिकरूपमा अर्थात् यही डिम्याट खातामा सीधै हस्तान्तरण हुन्छ । जसरी हामीले बैंक खातामा पैसा जम्मा गर्छौं, त्यसैगरी डिम्याट खातामा किनेको शेयर आफै जम्मा हुन्छ ।
प्राथमिक शेयर (आईपीओ) भरेपछि परेमा खातामै जम्मा हुन्छ । त्यस्तै दोस्रो बजारमा शेयर विक्री गर्दा खाताबाट शेयर संख्या घटेर खरीद गर्नेको डिम्याट खातामा जम्मा हुन्छ । यही शेयर जम्मा हुने खाता नै डिम्याट खाता हो ।
कहाँ खोल्ने डिम्याट खाता ?
यो खाता विभिन्न बैंकका सहायक कम्पनीहरूमा खोल्न सकिन्छ । त्यस्तै ब्रोकर कम्पनीहरूमार्फत पनि यस्तो खाता खोल्न सकिन्छ । यो खाता खोलिदिने संस्थालाई निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट) भनिन्छ । हाल १११ वटा यस्ता निक्षेप सदस्य छन् । यस्तो खाता खोल्नका लागि बैंक खाता नम्बर, नागरिकता प्रमाणपत्रको फोटोकपी र फोटो चाहिन्छ । आफूले कारोबार गर्ने बैंक वा ब्रोकर कम्पनीमै यस्तो खाता खोल्न सकिन्छ ।
धेरैजसोले यस्तो खाता खोलेबापत कुनै शुल्क लिँदैनन् । केहीले एक सय रुपैयाँसम्म शुल्क लिन सक्नेछन् । डिम्याट खाता खोलेपछि १६ अंकको डिम्याट खाता नम्बर प्राप्त हुन्छ । सो नम्बर पाएपछि मात्रै प्राथमिक शेयर भर्न वा दोस्रो बजार (नेप्से)बाट शेयर खरीदविक्री गर्न सकिन्छ ।
त्यस्तै आफ्नोे डिम्याट खातामा कुन-कुन कम्पनीको, कति शेयर छ ? त्यसको अहिलेको बजार मूल्य कति छ, खातामा शेयर जम्मा भए/नभएको जस्ता विवरण पनि आफूले नै मोबाइल वा ल्यापटपबाट हेर्न सकिन्छ । यसका लागि डिम्याट खाता खोलिदिने संस्थाले डिम्याट एकाउन्ट लगइनको युजरनेम र पासवर्ड दिन्छन् ।
नेपाली पूँजीबजारको विकास र विस्तार क्रमिक रूपमा अघि बढेको छ । पूँजीबजारमा विस्तारै प्रविधि भित्रिएका छन् । अहिले धितोपत्रसम्बन्धी धेरैजसो काम अनलाइन प्रणालीबाट गर्न सकिन्छ । कुनै बेला धितोपत्रको प्राथमिक र दोस्रो बजारमा शेयर खरीदविक्री गर्न लामो लाम हुन्थ्यो । पछिल्लो समय आधुनिक प्रविधिको विकासले यो समस्या समाधान भइसकेको छ । धितोपत्रको दोस्रो बजारमा पूर्ण अनलाइन प्रणाली २०७५ कात्तिकदेखि शुरू भएको हो । प्राथमिक बजार भने २०७४ सालमा आस्बा प्रणाली शुरू भएसँगै पूर्ण अनलाइन प्रणालीमा गइसकेको थियो । दोस्रो बजारमा अनलाइन प्रणाली शुरू भएसँगै लगानीकर्ता कारोबारका लागि हरेक दिन ब्रोकर कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्त भएका छन् ।
यसका साथै शेयर खरीद र विक्रीको काम अहिले मोबाइल र ल्यापटपमा क्लिक गरेकै भरमा सम्भव भएको छ । शुरुआती समयमा स्टक एक्सचेन्जमा भेला भएर भीडमा तँछाडमछाड गर्दै बोलकबोल प्रणालीबाट कारोबार सञ्चालन हुन्थ्यो । कागजी धितोपत्र प्रमाणपत्र तथा कागजातका आधारमा राफसाफ हुँदै आएकोमा अहिले कम्प्युटरबाट कारोबार र विद्युतीय रूपमा राफसाफ हुन्छ ।
पूँजीबजारको विकास र विस्तारसँगै लगानीकर्ताको संख्या पनि बढ्दो छ । अनलाइन प्रणाली शुरू भएको करीब ५ वर्ष पुग्यो । नेप्सेका अनुसार हालसम्ममा १७ लाख लगानीकर्ताले टीएमएस युजर आईडी लिएका छन् । दैनिकजसो ५० हजार जतिले शेयर कारोबार गर्ने गर्छन् । यो संख्या बजार बढ्दा बढ्ने र बजार घट्दा घट्ने गर्छ ।
पाँच आर्थिक वर्ष (आव) को नेप्सेको प्रवृत्ति हेर्दा १ हजार २१२ दशमलव ३६ बिन्दुबाट बढेर ३ हजार २०० बिन्दु पार गरेको देखिन्छ । धितोपत्र बजारको सूचक नेप्सेले ऐतिहासिक बिन्दु कायम गर्नुमा प्रमुख कारण प्रविधि हो । विश्वव्यापी महामारी कोभिड–१९ का कारण देशभरका सबै व्यावसायिक क्षेत्र बन्द रहँदा पूर्ण प्रविधिमा आधारित धितोपत्र दोस्रो बजार भने सञ्चालनमै रह्यो । शुरूका दिनमा केही समय दोस्रो बजार बन्द भए पनि त्यसपछि कोभिड महामारीबीच घरभित्र सीमित जनजीवनबाट पनि धितोपत्रको दोस्रो बजार सञ्चालनमै रह्यो । कोभिड अवधिमा देशका अन्य व्यावसायिक क्षेत्र/गतिविधि बन्द रहँदा सरकारको आम्दानीको मुख्य स्रोत धितोपत्रको दोस्रो बजार बनेको देखिन्छ ।
बजारसँगै धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीको संख्या पनि बढ्दो छ । आव २०७४/७५ मा सूचीकृत कम्पनीको संख्या १९६ रहेकोमा आव २०७९/८० मा आइपुग्दा बढेर २५४ पुगेको छ । यो संख्या अझै बढ्ने देखिन्छ । पाँच आवको तथ्यांकलाई आधार मान्दा कारोबार रकम पनि बढ्दो क्रममा रहेको देखिन्छ । आव २०७४/७५ मा रू. १ खर्ब २१ अर्ब बराबरको कारोबार भएकोमा गत आव २०७९/८० मा बढेर रू. ४ खर्ब ६७ अर्ब पुगेको छ ।
नेप्से ३० इन्डेक्स सञ्चालनको तयारी
धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जले ‘नेप्से ३०’ नामक नयाँ परिसूचक तयार परेको छ । उक्त इन्डेक्स आन्तरिक परीक्षण भई सञ्चालनमा आउने तयारीमा छ । यो हाल प्रयोगमा रहेका नेप्से, सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स जस्तै अर्को नयाँ इन्डेक्स हो । कम्तीमा २५ प्रतिशत शेयर सर्वसाधारणमा जारी भएको वा सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयर समावेश गरिने विधि फ्री फ्लोट हो । यो इन्डेक्सबाट भविष्यमा विभिन्न प्रकारका कारोबार उपकरणसमेत सञ्चालन गर्न सकिने नेप्सेले बताएको छ । यो परिसूचकमा पर्ने ३० कम्पनी नेप्सेले छनोट गरिसकेको छ । यसरी हेर्दा नेप्सेले पूँजीबजारमा नयाँ उपकरण भित्त्याउन शुरू गरेको देखिन्छ ।
नेप्सेको नीति तथा कार्यक्रममा प्रणाली विकास प्राथमिकतामा
नेप्सेले यस वर्ष प्रणाली विकासका लागि अन्तरराष्ट्रिय स्तरको टेस्टेड अनलाइन ट्रेडिङ सफ्टवेयर किन्ने योजना अघि सारेको छ । नट्समा प्रयुक्त सफ्टवेयर नवीकरण गर्ने, हार्डवेयर, वेबसाइट, पावर सिस्टमलगायत अन्य सेवाको सुनिश्चितताका लागि वार्षिक मर्मतसम्भार सम्झौता गर्ने योजनासमेत नेप्सेको यस वर्षको नीति तथा कार्यक्रममा समेटिएको छ । कार्यालय उपकरण सञ्चालनका लागि आवश्यक लाइसेन्स, सफ्टवेयर, हार्डवेयर किन्ने योजना पनि नेप्सेको छ । नेप्सेले यसै वर्ष नयाँ डेटा सेन्टर निर्माण गर्ने कार्यक्रमसमेत राखेको छ ।
पूँजीबजारमा एनआरएन भित्त्याउन पहल गर्दै सेबोन
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपाली (एनआरएन)ले लगानी गर्न पाउने गरी कानूनहरु संशोधन तथा परिमार्जन गर्ने घोषणा गरेको छ । बोर्डले आव २०८०/८१ को नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो । धितोपत्रको दोस्रो बजार कारोबारमा एनआरएनलाई ल्याउन कानून नै बाधक देखिएको विज्ञहरूले बताउँदै आएका छन् । बोर्ड यस विषयमा समिति नै बनाएर अगाडि बढेको छ । यसरी हेर्दा नेपालको पूँजीबजार क्रमिक रूपमा अगाडि बढेको देखिन्छ । २०८० वैशाखदेखि सेबोनले थप नयाँ ब्रोकर लाइसेन्स वितरण गरेको छ । यसबाट शेयरबजारको पहुँच बढेर जाने अनुमान गरिएको छ । साउन ३१ गतेसम्म ३७ नयाँ ब्रोकरले लाइसेन्स पाएका छन् । लाइसेन्स पाएका केहीले कारोबार पनि शुरू गरिसकेका छन् ।
नयाँ स्टक एक्सचेन्ज आउने प्रक्रियामा
नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया पनि शुरू गरिसकेको छ । बोर्डले शुरू गरिसकेको प्रक्रिया सरकारको आदेशमा अहिले स्थगित छ । धितोपत्र बजारलाई प्रतिस्पर्धी बनाउन नयाँ स्टक एक्सचेन्ज आउनु जरुरी छ । तब मात्र लगानीकर्ताले राम्रो सेवासुविधा उपयोग गर्न पाउनेछन् । यसो हुँदा शेयरबजारको विकास र विस्तारसँगै यसलाई सबैको पहुँचमा पुर्याउन सकिन्छ । नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेडले धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
डिम्याट खाता संख्या साढे ५७ लाखमाथि
पाँच आवमा डिम्याट खाता खोल्नेको संख्या २७६ प्रतिशतले वृद्धि भएको छ । आव २०७५/७६ मा १५ लाख २९ हजार ५५६ जनाले डिम्याट खाता खोलेकोमा २०७९/८० सम्म आइपुग्दा ५७ लाख ५१ हजारभन्दा बढी पुगेको हो । पछिल्लो १ आवमा डिम्याट खाता खोल्नेको संख्या पौने ५ लाखले बढेको देखिन्छ । पछिल्लो समय धितोपत्रको प्राथमिक बजारमा आईपीओ निष्कासन गर्ने कम्पनीको संख्या बढ्दो छ । यस कारण पनि डिम्याट खाताको संख्या बढेको हो ।
विभिन्न कम्पनीको शेयर किनबेच हुँदा पहिले भौतिक अर्थात् कागजी प्रमाणपत्रकै रूपमा हस्तान्तरण हुने गर्दथ्यो । अर्थात् शेयर बेच्नेले प्रमाणपत्र नै दिने, खरीद गर्नेले फेरि आफ्नो नाममा प्रमाणपत्र नै पाउँथे । २०७२ माघ २ गतेबाट डिम्याट खाता पूर्णरूपमा सञ्चालनमा आएको हो । हाल शेयर अभौतिक रूपमा अर्थात् यही डिम्याट खातामा सीधै हस्तान्तरण हुन्छ । जसरी हामीले बैंक खातामा पैसा जम्मा गर्छौं, त्यसैगरी डिम्याट खातामा किनेको शेयर आफै जम्मा हुन्छ ।
प्राथमिक शेयर (आईपीओ) भरेपछि परेमा खातामै जम्मा हुन्छ । त्यस्तै दोस्रो बजारमा शेयर विक्री गर्दा खाताबाट शेयर संख्या घटेर खरीद गर्नेको डिम्याट खातामा जम्मा हुन्छ । यही शेयर जम्मा हुने खाता नै डिम्याट खाता हो ।
२० वर्षदेखि शेयर कारोबार गर्दै आएका अतितलाल श्रेष्ठ हाल क्यापिटल म्याक्स सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष हुन् । यो कम्पनी भर्खरै सञ्चालनमा आएको हो । प्रस्तुत छ, नयाँ ब्रोकरको रूपमा शेयर बजारमा प्रवेश, यो व्यवसायका चुनौती, कम्पनीका योजना लगायत विषयमा उनीसँग आर्थिक अभियानकी लक्ष्मी शर्माले गरेको कुराकानीको सार :
नयाँ ब्रोकरको रूपमा कारोबार शुरू गर्नुभएको छ । व्यवसायको अवस्था कस्तो छ ?
हो, अहिले हामी यो व्यवसायको शुरुआती चरणमै छौं । बिस्तारै ग्राहकहरू आउन थाल्नुभएको छ । उहाँहरूको डिम्याट खाता, टीएमएस खाता खोल्ने जस्ता काम गरिरहेका छौं । हरेक दिन नयाँ नयाँ लगानीकर्ता आइरहनुभएको छ । करीब १ हजार टीएमएस खाता खोल्ने क्रममा छौं । लगानीकर्ताको चासो र आकर्षणले उत्साहित छौं ।
धेरैजसो ब्रोकर कम्पनी काठमाडौंमै केन्द्रित छन् । प्रतिस्पर्धी बजारमा कसरी अघि बढ्ने योजना छ ?
धितोपत्र बोर्ड लगायत नियामक निकायसँग समन्वय गरेर अनलाइन माध्यमबाट लगानीकर्ताको डिम्याट खाता, टीएमएस खाता खोल्ने, डिजिटल केवाईसी लगायत सहज तरीकाले कारोबार गर्न मिल्ने काम गर्दै अघि बढ्ने योजनामा छौं । अनलाइन माध्यमबाट काम गर्दा आइपर्ने समस्या समाधान गर्दै लगानीकर्तालाई सहज तरीकाले शेयर कारोबार गराउने योजना छ । विश्वका कुनै पनि देशमा रहेका नेपालीले अनलाइन माध्यमबाट डिम्याट खाता र टीएमएस खाता खोल्न सक्ने व्यवस्थाका लागि प्राविधिक लगायत पक्षमा प्रयासरत छौं ।
पहिलो तहको ब्रोकर सेवा प्रदान गरिरहँदा पूँजी बढाएर थप सेवा दिने योजना पनि छ ?
अहिले हामी सीमित कार्य गर्ने ब्रोकरको रूपमा छौं । अब चाँडै पूँजी बढाएर मार्जिन लेन्डिङ, लगानी परामर्श र पोर्टफोलियो म्यानेजमेन्ट सेवासुविधा दिने योजना छ ।
शेयर विक्रीपछि समयमै रकम नआएको धेरै लगानीकर्ताको गुनासो हुने गर्छ । ब्रोकरहरूमा साँच्चै यो समस्या छ ?
यो फण्ड म्यानेजमेन्टको समस्या हो । तर क्यापिटल म्याक्स सेक्युरिटिजमा यो समस्या नआउने किसिमले काम गरिरहेका छौं । हामी सम्पूर्ण लगानीकर्ताले बुझ्नुपर्ने जरुरी कुरा के हो भने, लगानीकर्तालाई शेयर किन्ने बाध्यता नहुन सक्छ । तर शेयर बेच्नुपर्ने बाध्यता हुन सक्छ । उदाहरणका लागि कसैलाई आफ्नो बच्चाको फी तिर्नुपर्ने छ । पैसा नभएपछि हतार हतार शेयर विक्री गर्नुहुन्छ । बेचेको तीन–चार दिनमा पैसा आउँछ भन्ने आशा हुन्छ । हामी लगानीकर्ताको त्यो आशा मर्न नदिनेगरी काम गर्छौं ।
नयाँ ग्राहक बनाउन र स्तरीय सेवासुविधा दिन नयाँ ब्रोकरका लागि पक्कै पनि चुनौती होला । यसमा तपाईंको योजना के छ ?
हामी स्तरीय सेवासुविधा दिन प्रतिबद्ध छौं । पहिलो प्राथमिकता समयमै भुक्तानी गर्नु हो । यसमा हामी कुनै कमीकमजोरी हुन दिँदैनौं । ग्राहकले हाम्रो कम्पनीबाट शेयर विक्री गर्नुहुन्छ भने ‘टी प्लस टू’मा त्यसको राफसाफ सकिन्छ । तेस्रो दिन उहाँहरूको खातामा पैसा जान्छ । यसमा हामी एकदमै प्रतिबद्ध छौं । कुनै पनि कम्पनीका आधारभूत प्राविधिक पक्ष, पहिले सो कम्पनीको शेयर कुन ब्रोकरले किनेको थियो जस्ता जानकारी ग्राहकले नि:शुल्क हेर्न मिल्ने सेवासुविधा प्रदान गर्छौं । शेयर किनबेच गर्न नजान्ने नयाँ लगानीकर्तालाई ‘डेमो ट्रेडिङ’ सेवा दिने योजनामा छौं । समग्रमा क्यापिटल म्याक्स लगानीकर्तालाई विश्वसनीय र स्तरीय सेवा दिँदै अघि बढ्छ ।
काठमाडौं (अस) । प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ लिमिटेडले आर्थिक वर्ष ०७७/७८ मा ६३ लाख ३३ हजार रुपैयाँ मुनाफा गरेको छ । मंगलबार राजधानीको नयाँ बानेश्वरस्थित कार्यालयमा गरेको सातौं र आठौं साधारणसभामा कम्पनी अध्यक्ष तथा कार्यकारी प्रमुख विमल तिवारीले उक्त जानकारी दिएका हुन् ।
कम्पनीको चुक्ता पुँजी ८ करोड रुपैयाँ छ । यस आधारमा कम्पनीले प्रतिसेयर आम्दानी ३ रुपैयाँ १७ पैसा रहेको छ । कम्पनीले गत वर्षको आम्दानीलाई जगेडा कोषमा राखेको छ । उक्त कोषबाट आगामी वर्ष बोनस वा डिभिडेन्ट वितरण गरिने कार्यकारी अध्यक्ष तिवारीले जानकारी दिए । साधारणसभाले आर्थिक वर्ष ०७७/७८ को प्रतिवेदन पारित गरेको छ । साधारणसभाले गत आवको लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आगामी आवका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । प्रोभिडेन्टले डिम्याट खाता खोल्ने सेवा, पोर्टफोलियो मानेजमेन्ट सेवा, निक्षेप सेवा, शेयर खरिद बिक्री तथा परामर्श सेवा र सेयर बजारसम्बन्धी तालिम उपलब्ध गराउँदै आएको छ ।
काठमाडौं, २२ साउन । एनआईबिएल एस क्यापिटलमा अब हितग्राही खाता (डिम्याट अकाउन्ट) निःशुल्क खोल्न सकिने भएको छ । संस्थाले आफ्ना ग्राहकका लागि यो विशेष योजना ल्याएको छ । योजनाअनुसार एनआईबिएल एस क्यापिटलमा हितग्राही खाता (डिम्याट अकाउन्ट) पैसा तिर्न पर्दैन् । संस्थाले साउन २० गतेबाट हितग्राही खाता खोल्ने ग्राहकलाई गोलाप्रथाद्वारा मासिक रुपमा १० जना भाग्यशाली विजेतालाई […]