डिम्याट खाताको संख्या ६२ लाखभन्दा बढी, के हो डिम्याट खाता ? कहाँ खोल्ने ?

काठमाडौं । डिम्याट खाताको संख्या ६२ लाखभन्दा बढी पुगेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको पछिल्लो तथ्याङ्कअनुसार आइतवारसम्ममा डिम्याट खाताको संख्या ६२ लाख ८ हजार ५४५ पुगेको छ । असार मसान्तसम्ममा डिम्याट खाताको संख्या ५७ लाख ५१ हजार ३४४ थियो । यसआधारमा चालू आर्थिक वर्षको आठ महीनामा थप ४ लाख ५७ हजार २०१ डिम्याट खाता थपिएका छन् ।  यद्यपि कतिपयले भने दुई खाता खोलेका हुन्छन् । यस्तो खाता दुईभन्दा बढी खोल्न भने पाइँदैन । पछिल्लो समय धितोपत्रको प्राथमिक बजारमा आईपीओ निष्कासन गर्ने कम्पनीको संख्या बढ्दो छ । यस कारण पनि डिम्याट खाताको संख्या बढेको हो ।  त्यस्तै मेरो शेयर प्रयोग गर्नेको संख्या ५२ लाख ५८ हजार ७३९ पुगेको छ । जसमध्ये ३६ लाख ३२ हजार ५३ जना मेरो शेयरमा सक्रिय प्रयागकर्ता रहेको सिडिएसीले जनाएको छ । मेरो शेयरबाट साधारण शेयर (आईपीओ) भर्न तथा दोस्रो बजारमा विक्री गरिएको शेयर ट्रान्सफर गर्न सकिन्छ । मेरो शेयर खाता नहुनेहरूले आईपीओ भर्नसमेत बैंकमा पुग्नुपर्ने हुन्छ । डिम्याट खाता नभएकाले प्राथमिक शेयर भर्न पनि पाउँदैनन् । दोस्रो बजारमा किनबेच गर्न पनि पाउँदैनन् । शेयर बजारबारे जति बढी प्रचारप्रसार हुन्छ, त्यति नै बढी डिम्याट खाता खोल्नेको संख्या बढ्ने जानकार बताउँछन् । विभिन्न कम्पनीको शेयर किनबेच हुँदा पहिले भौतिक अर्थात् कागजी प्रमाणपत्रकै रूपमा हस्तान्तरण हुने गर्दथ्यो । अर्थात् शेयर बेच्नेले प्रमाणपत्र नै दिने, खरीद गर्नेले फेरि आफ्नो नाममा प्रमाणपत्र नै पाउँथे । २०७२ माघ २ गतेबाट डिम्याट खाता पूर्णरूपमा सञ्चालनमा आएको हो । हाल शेयर अभौतिकरूपमा अर्थात् यही डिम्याट खातामा सीधै हस्तान्तरण हुन्छ । जसरी हामीले बैंक खातामा पैसा जम्मा गर्छौं, त्यसैगरी डिम्याट खातामा किनेको शेयर आफै जम्मा हुन्छ । प्राथमिक शेयर (आईपीओ) भरेपछि परेमा खातामै जम्मा हुन्छ । त्यस्तै दोस्रो बजारमा शेयर विक्री गर्दा खाताबाट शेयर संख्या घटेर खरीद गर्नेको डिम्याट खातामा जम्मा हुन्छ । यही शेयर जम्मा हुने खाता नै डिम्याट खाता हो । कहाँ खोल्ने डिम्याट खाता ? यो खाता विभिन्न बैंकका सहायक कम्पनीहरूमा खोल्न सकिन्छ । त्यस्तै ब्रोकर कम्पनीहरूमार्फत पनि यस्तो खाता खोल्न सकिन्छ । यो खाता खोलिदिने संस्थालाई निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट) भनिन्छ । हाल १११ वटा यस्ता निक्षेप सदस्य छन् । यस्तो खाता खोल्नका लागि बैंक खाता नम्बर, नागरिकता प्रमाणपत्रको फोटोकपी र फोटो चाहिन्छ । आफूले कारोबार गर्ने बैंक वा ब्रोकर कम्पनीमै यस्तो खाता खोल्न सकिन्छ ।  धेरैजसोले यस्तो खाता खोलेबापत कुनै शुल्क लिँदैनन् । केहीले एक सय रुपैयाँसम्म शुल्क लिन सक्नेछन् । डिम्याट खाता खोलेपछि १६ अंकको डिम्याट खाता नम्बर प्राप्त हुन्छ । सो नम्बर पाएपछि मात्रै प्राथमिक शेयर भर्न वा दोस्रो बजार (नेप्से)बाट शेयर खरीदविक्री गर्न सकिन्छ ।  त्यस्तै आफ्नोे डिम्याट खातामा कुन-कुन कम्पनीको, कति शेयर छ ? त्यसको अहिलेको बजार मूल्य कति छ, खातामा शेयर जम्मा भए/नभएको जस्ता विवरण पनि आफूले नै मोबाइल वा ल्यापटपबाट हेर्न सकिन्छ । यसका लागि डिम्याट खाता खोलिदिने संस्थाले डिम्याट एकाउन्ट लगइनको युजरनेम र पासवर्ड दिन्छन् ।

सम्बन्धित सामग्री

तीन लाखसँग अझै दुईभन्दा बढी डिम्याट खाता

सात वर्षदेखि दुईभन्दा बढी डिम्याट खाता खोल्न निरुत्साहित गर्ने भने पनि हालसम्म १० हजार मात्रै खाता बन्द भएका छन्  धितोपत्र बोर्डले दुईभन्दा बढी डिम्याट खाता खोल्न नपाउने गरी करिब सात वर्षअघि...

निष्क्रिय रहेका डिम्याट खाता बन्द गरिंदै

काठमाडौंं । शेयर कारोबारका लागि खोलिएका ३२ प्रतिशत हितग्राही (डिम्याट) खाता निष्क्रिय रहेको पाइएपछि सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले ती खाता सधैंका लागि बन्द गर्ने भएको छ । एक ब्यक्तिले दुई वटासम्म डिम्याट खाता संचालन गर्न पाउने र ती खाता नवीकरण भएको हुनुपर्ने प्रावधान रहेकाले निष्क्रिय रहेका खाता बन्द गरिने भएको हो । सीडीएससीका […]

डिम्याट खाता खोल्नेको  संख्या ५२ लाख नाघ्यो

डिम्याट खाता खोल्नेको संख्या ५२ लाख नाघेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार डिम्याट खाता खोल्नेको संख्या ५२ लाख ६० हजार दुई सय ५१ पुगेको हो ।  त्यस्तै, मेरो सेयर लिनेको संख्या...

अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सिद्धार्थ बैंकको सुविधा

सिद्घार्थ बैंकले अनलाइनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।अब नयाँ डिम्याट खाता खोल्न परेमा ग्राहकले भौतिक रुपमा बंैकसम्म उपस्थित नभई घरबाटै डिम्याट खाताका लागि आवेदन दिन सक्ने बताइएको छ । ग्राहकले पेस गरेको आवेदनलाई सिद्धार्थ क्यापिटलले डिम्याट खाता खोल्ने प्रक्रिया अघि बढाई फ्रिज स्थितिमा डिम्याट खाता खोल्ने छ । डिम्याट खाता खोलीसकेपछि ग्राहकलाई […]

सिद्धार्थ बैंकको अनलाइन डिम्याट खाता

सिद्धार्थ बैंकले अनलाइनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ।

अब अनलाइनबाटै माछापुच्छ्रे बैंकमा डिम्याट खाता खोल्न सकिने

माछापुच्छ्रे बैंकमा अब अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने भएको छ । डिम्याट लगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाइनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो । बैंकको वेवसाइटमा गएर अनलाइन डिम्याट खाता खोल्न सकिने बैंकले जनाएको छ ।...

डिम्याट खाता खोल्नेको उल्लेख्य वृद्धि

आजभन्दा करिब तीन–चार वर्षअगाडिको मात्र तथ्याङ्कलाई हेर्ने हो भने डिम्याट खाता खोल्ने मानिसको संख्या ८–१० लाखको हाराहारीमा मात्र थियो । तर, अहिले आएर डिम्याट खाता खोल्ने मानिसको संख्या ह्वात्तै बढेर ४० लाख ८७ हजारजति पुगेको तथ्याङ्क छ । साधारण अर्थमा भन्दा सेयर खरिद–बिक्री गर्ने वा सेयर जम्मा हुने खाता डिम्याट हो । डिम्याट खाता नखोली […]

तपाईंले डिम्याट खाता नवीकरण गर्नुभयो ?

आर्थिक वर्ष अन्त्य हुन लगेको छ । नयाँ आर्थिक वर्ष २०७८/७९ सुरु हुन अब ६ दिन बाँकी छ । तपाईं सेयर लगानीकर्ता हुनुहुन्छ भने अब केकेको नवीकरण गर्ने बेला भयो यसबारे जानकारी राख्नैपर्छ ।अहिले सेयर लगानीकर्तालाई नभई नहुने भनेको हितग्राही खाता (डिम्याट खाता) हो । सीडीएसीकाअनुसार प्रत्येक आर्थिक वर्षको सुरुवातमै डिम्याट खाता नवीकरण गरिसक्नुपर्छ । निर्धारित समयमा नवीकरण शुल्क बुझाएन भने त्यति बेलासम्म खाता नै रोक्का हुन्छ । यस कारण तपाईंले असार मसान्तभित्र डिम्याट खाता नवीकरण गरिसक्नुपर्छ । खाता नवीकरण न

असार मसान्तभित्र नवीकरण नगरे डिम्याट खाता फ्रिज हुने

असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेको खाता फ्रिज हुने भएको छ। निक्षेप सदस्यहरुले धमाधम सूचना जारी गर्दै असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्न आग्रह गरेका छन्।

३५ लाख नेपालीले खोले डिम्याट खाता

काठमाडौं। नेपालमा डिम्याट खाता खोल्नेहरुको संख्या ३५ लाखभन्दा माथि पुगेको छ। सिडिएसी एण्ड क्लियरिङ लिमिटेडका अनुसार आजसम्म ३५ लाख २ हजार ८९६ जनाले डिम्याट खाता खोलेका हुन्। गत वर्षको लकडाउनको समयदेखि सेयर बजारले नयाँ उचाई कायम गर्दा पूँजीबजारमा चासो राख्नेको संख्या बढ्दै गएको छ। फलस्वरुपः डिम्याट खाता खोल्नेहरुको संख्या दिनदिनै उकालो लागिरहेको हो।