'एनआईबिएल समृद्धि फण्ड १' इकाईधनीहरुलाई पैसा फिर्ता गर्न सुरु, नआएको भए के गर्ने ?

परिपक्व भई खारेजी प्रक्रियामा रहेको  'एनआईबिएल समृद्धि फण्ड १' इकाईधनीहरुलाई चैत्र १३ गतेदेखि रकम फिर्ता गर्न सुरु गरेको छ  । अन्तिम न्याभ मूल्य १२.७४२ रुपैयाँको दरमा कानुन बमोजिम कर कट्टी गरि बाँकि रकम इकाईधनीहरुलाई फिर्ता गर्न सुरु गरेको कोष ब्यबस्थापक एनआईबिएल एस क्यापिटलले जनाएको छ  । हालसम्म पनि आफ्नो डिम्याट खातामा बैंक खाता नं. अद्यावधिक नगराएका इकाईधनीहरुले आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्य कहाँ सम्पर्क राखि डिम्याट खातामा बैंक खाता समेत अद्यावधिक गराउन क्यापिटलले अनुरोध गरेको छ । साथै भौतिक रुपमा इकाईको प्रमाणपत्र भएका तथा केही कारणबस नामसारी गर्नु पर्ने ईकाइधनीहरुको हकमा रकम फिर्ता लिन एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा सम्पर्क गरी उक्त योजनाको सक्कल प्रमाणपत्र, इकाईधनी स्वयंको खाता रहेको बैंकको नाम, बैंक खाता नम्बर उल्लेख सहितको निवेदन र आवश्यक कागजात प्राप्त भए पश्चात् उल्लेख गरेको बैंक खातामा रकमान्तर गरिने व्यहोरा समेत क्यापिटलले अनुरोध गरेको छ। क्यापिटलका अनुसार आफ्नो इकाई धितो राखेका इकाईधनीहरुले अनिवार्य रुपमा त्यस्तो इकाईको धितो फुकुवा गरी धितो फुकुवा सम्बन्धी कागजात पेश गर्नुपर्नेछ। योजनाले विगतका आर्थिक वर्षमा वितरण गरेको प्रतिफल समेत हालसम्म विभिन्न कारणवस प्राप्त गर्न नसकेका इकाईधनीहरुले आ-आफ्नो हितग्राही खातामा बैंक खाता नं. अद्यावधिक गर्न समेत क्यापिटलले आग्रह गरेको छ । उक्त योजनाको अवधि समाप्त भई योजना परिपक्क भएकोले नेपाल स्टक एक्सचेन्ज नेप्सेले पुस २२ गतेको निर्णय अनुसार उक्त योजनाको सूचीकरण खारेज गरिसकेको हो ।  ७ वर्षे अवधिको यस म्युचुअल फण्डको अन्तिम कारोबार २०७८ पुस २२  गते भएको थियो । योजनाको अन्तिम इकाई मूल्य १२ रुपैयाँ ४१ पैसा कायम भएको छ ।फण्ड २०७१ पुस २३ गतेदेखि संचालनमा आएकोमा ७ वर्षको अवधि सकेर  परिपक्क भएको हो । प्रति इकाई १० रुपैयाँ अंकित मूल्य रहेको फण्डमा कुल १० करोड इकाई रहेको छ भने फण्डको आकार १ अर्ब रुपैयाँ रहेको छ । फण्ड परिपक्क भएसंगै क्यापिटलले शेयर तथा ऋणपत्र लिलाम गरि इकाईधनीको पैसा फिर्ता गर्ने सुरु गरेको हो ।  यस फण्डले आर्थिक वर्ष ७२/७३ मा १५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपछिका वर्षमा भने फण्डले क्रमश १८ प्रतिशत, १२ प्रतिशत , ६.५ प्रतिशत, १२ प्रतिशत र ३५ प्रतिशत लाभांश वितरण गरेको थियो । फण्डले आर्थिक वर्ष ७७/७८ मा सबैभन्दा धेरै ३५ प्रतिशत लाभांश वितरण गरेको हो । यस हिसाबमा  फण्डले कुल ९८.५ प्रतिशत लाभांश बितरण गरेको छ । 

सम्बन्धित सामग्री

९१ हजार कित्ता बढी शेयर तथा ऋणपत्र लिलाम गर्दै 'एनआईबिएल समृद्धि फण्ड १

खारेजी प्रक्रियामा रहेको 'एनआईबिएल समृद्धि फण्ड १' ले आफ्नो स्वामित्वमा रहको शेयर तथा ऋणपत्रहरु लिलाम गर्ने भएको छ । फण्डले विभिन्न कम्पनीको १२ हजार १ सय ५४ कित्ता शेयर र ७९ हजार ५ सय कित्ता ऋणपत्र लिलाम गर्ने भएको हो ।उक्त योजनाको अवधि समाप्त भई योजना परिपक्क भएकोले नेपाल स्टक एक्सचेन्ज नेप्सेले पुस २२ गतेको निर्णय अनुसार उक्त योजनाको सूचीकरण खारेज गरिसकेको हो ।  ७ वर्षे अवधिको यस म्युचुअल फण्डको अन्तिम कारोबार २०७८ पुस २२  गते भएको थियो । योजनाको अन्तिम इकाई मूल्य १२ रुपैयाँ ४१ पैसा कायम भएको छ ।फण्ड २०७१ पुस २३ गतेदेखि संचालनमा आएकोमा ७ वर्षको अवधि सकेर  परिपक्क भएको हो । प्रति इकाई १० रुपैयाँ अंकित मूल्य रहेको फण्डमा कुल १० करोड इकाई रहेको छ भने फण्डको आकार १ अर्ब रुपैयाँ रहेको छ । फण्ड परिपक्क भएसंगै क्यापिटलले शेयर तथा ऋणपत्र लिलाम गरि इकाईधनीको पैसा फिर्ता गर्ने छ । जस अनुसार फण्डले लिलामीको सूचना निकालेको छ । सूचना अनुसार लगानीकर्ताले लिलामीको शेयर तथा ऋणपत्रमा माघ २० गतेसम्म आवेदन दिन सक्ने छन् । शेयरको न्युनतम मूल्य प्रति कित्ता १०० र ऋणपत्रको  मूल्य प्रति कित्ता १००० कायम गरिएको छ । आवेदन दिंदा १०० कित्ता भन्दा बढी शेयर लिलाममा भएको कम्पनीको हकमा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ । त्यस्तै अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । लिलामीको फारम एनआईबिएल एस क्यापिटलको कार्यालयबाट प्राप्त गर्न सकिने छ । कसको कति शेयर लिलाममा ?प्रभु बैंकको २५ सय २० कित्ता हिमालयन बैंकको ५५ सय ३४ कित्ता स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३८१ कित्ता एक्सेल डेभलपमेन्ट बैंकको १ कित्ता नाडेप लघुवित्तको ५३८ कित्ता आँधीखोला लघुवित्तको ७१४ कित्ता डिप्रोक्स लघुवित्तको २३४९ कित्ता समाज लघुवित्तको ११७ कित्ता  यस फण्डले आर्थिक वर्ष ७२/७३ मा १५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपछिका वर्षमा भने फण्डले क्रमश १८ प्रतिशत, १२ प्रतिशत , ६.५ प्रतिशत, १२ प्रतिशत र ३५ प्रतिशत लाभांश वितरण गरेको थियो । फण्डले आर्थिक वर्ष ७७/७८ मा सबैभन्दा धेरै ३५ प्रतिशत लाभांश वितरण गरेको हो । यस हिसाबमा  फण्डले कुल ९८.५ प्रतिशत लाभांश बितरण गरेको छ ।

'एनआईबिएल समृद्धि फण्ड १' को सूचीकरण खारेज, अन्तिम मूल्य १२ रुपैयाँ ४१ पैसा कायम

एनआइबिएल एस क्यापिटलले संचालनमा गरिरहेको 'एनआईबिएल समृद्धि फण्ड १' को सूचीकरण खारेज भएको छ । उक्त योजनाको अवधि समाप्त भई योजना परिपक्क भएकोले नेपाल स्टक एक्सचेन्ज नेप्सेले आज पुस २२ गतेको निर्णय अनुसार उक्त योजनाको सूचीकरण खारेज गरेको हो । ७ वर्षे अवधिको यस म्युचुअल फण्डको अन्तिम कारोबार आज २०७८ पुस २२  गते भएको  छ । योजनाको अन्तिम इकाई मूल्य १२ रुपैयाँ ४१ पैसा कायम भएको छ ।फण्ड २०७१ पुस २३ गतेदेखि संचालनमा आएकोमा ७ वर्षको अवधि सकेर  परिपक्क भएको हो । प्रति इकाई १० रुपैयाँ अंकित मूल्य रहेको फण्डमा कुल १० करोड इकाई रहेको छ भने फण्डको आकार १ अर्ब रुपैयाँ रहेको छ । फण्ड परिपक्क भएसंगै क्यापिटलले सार्वजनिक सूचना जारी गरेर इकाईधनीको पैसा फिर्ता गर्ने छ । यस फण्डले आर्थिक वर्ष ७२/७३ मा १५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपछिका वर्षमा भने फण्डले क्रमश १८ प्रतिशत, १२ प्रतिशत , ६.५ प्रतिशत, १२ प्रतिशत र ३५ प्रतिशत लाभांश वितरण गरेको थियो । फण्डले आर्थिक वर्ष ७७/७८ मा सबैभन्दा धेरै ३५ प्रतिशत लाभांश वितरण गरेको हो । यस हिसाबमा  फण्डले कुल ९८.५ प्रतिशत लाभांश बितरण गरेको छ ।

'एनआईबिएल समृद्धि फण्ड १' परिपक्व हुदै, ६ वर्षमा ९८ प्रतिशत लाभांश

एनआइबिएल एस क्यापिटलले संचालनमा गरिरहेको 'एनआईबिएल समृद्धि फण्ड १' नामक सामुहिक लगानी कोष योजना पुस २३ गते परिपक्क हुने भएको छ । ७ वर्षे अवधिको यस म्युचुअल फण्डको अन्तिम कारोबार २०७८ पुस २२ गते हुने छ । फण्ड २०७१ पुस २३ गतेदेखि संचालनमा आएकोमा ७ वर्षको अवधि सकेर २०७८ पुस २२ मा परिपक्क हुन लागेको हो । प्रति इकाई १० रुपैयाँ अंकित मूल्य रहेको फण्डमा कुल १० करोड इकाई रहेको छ भने फण्डको आकार १ अर्ब रुपैयाँ रहेको छ । फण्ड परिपक्क भएसंगै क्यापिटलले सार्वजनिक सूचना जारी गरेर इकाईधनीको पैसा फिर्ता गर्ने छ । यस फण्डले आर्थिक वर्ष ७२/७३ मा १५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपछिका वर्षमा भने फण्डले क्रमश १८ प्रतिशत, १२ प्रतिशत , ६.५ प्रतिशत, १२ प्रतिशत र ३५ प्रतिशत लाभांश वितरण गरेको थियो । फण्डले आर्थिक वर्ष ७७/७८ मा सबैभन्दा धेरै ३५ प्रतिशत लाभांश वितरण गरेको हो । यस हिसाबमा फण्डले कुल ९८.५ प्रतिशत लाभांश बितरण गरेको छ ।