काठमाडौँ। तनहुँको सदरमुकाम दमौलीस्थित भुपाल हार्डवेयरमा लागेको भीषण आगलागी नियन्त्रणमा लिनको लागि हेलिकप्टर प्रयोग गरिएको छ। बाटो साँघुरो भएका कारण दमकल पुर्याउन समस्या भएपछि हेलिकप्टर प्रयोग गरिएको हो।
आगलागी सुरु भएको लामो समयसम्म पनि निभाउन नसकिएपछि काठमाडौँबाट हेलिकप्टर र पोखरा महानगरपालिकाबाट थप दमकल ल्याइएको छ।