शिवपुरी निकुञ्ज क्षेत्रमा भीषण डढेलो, निभाउन हेलिकप्टर प्रयोग (तस्बिरहरु)

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जस्थित तारेभिर क्षेत्रमा भीषण डढेलो भएको छ । आगलागी निभाउन हेलिकप्टर प्रयोग गरिएको छ ।  डढेलो नियन्त्रणमा लिन घटनास्थलमा इन्स्पेक्टरको नेतृत्वमा टिम परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।तारेभीरमा आगो नियन्त्रणमा लिन दमकल र ट्यांकर पनि परिचालन गरिएको छ । यसैबीच काठमाडौंको सोह्रखुट्टे स्थित म्हेपी जंगलमा पनि आगो लागेको छ । टोखास्थित सपन तिर्थ जंगलमा पनि आगो लागेको एसपी मैनालीले जानकारी दिए ।

सम्बन्धित सामग्री

शिवपुरी निकुञ्जमा डढेलो, निभाउन हेलिकोप्टर प्रयोग

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जको तारेभिर क्षेत्रमा भिषण डढेलो लागेको छ। उक्त डढेलो निभाउन नेपाली सेनाले हेलिकप्टर प्रयोग गरेको छ। ठूलो क्षेत्रफलमा आगलागी भएकोले निभाउन कठिन भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता...