सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । आइतबार दिउँसोबाट लागेको डढेलो चार दिनपछि नियन्त्रणमा आएको वडा नं २ का वडाध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिए ।हेलिकप्टर, स्थानीयवासी, नेपाल प्रहरी र नेपाली सेनाको सक्रियतामा चार दिनपछि उक्त डढेलो नियन्त्रणमा लिन सफल भएको गाउँपालिकाले जनाएको छ । स्थानीयवासीले आगो नियन्त्रणमा लिन नसकेपछि सोमबारदेखि अग्नि नियन्त्रक सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको वडाअध्यक्ष शेर्पाले बताए । गा