दमाैली बजारकाे आगाे निभाउन हेलिकप्टर प्रयाेग, आगाे फैलिन नदिन ४ वटा घर भत्काइयाे

तनहुँ – तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा रहेको भूपाल हार्डवेयर गोदाममा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको छ । आज बिहान १० बजेदेखि लागेको आगो निभाउन नसकिएपछि काठमाण्डाैबाट हेलिकप्टर र पोखरा महानगरपालिकाबाट थप दमकल ल्याएर आगो निभाउन थालिएको हो ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा हेलिकप्टर मगाइएको हो । अबको एक घण्टा जतिमा आगो पूर्णरूपमा नियन्त्रणमा आइसक्ने तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार आगो थप फैलिन नदिन...

सम्बन्धित सामग्री

लुक्ला विमानस्थल नजिकैको वनमा लागेको आगो हावाका कारण झनै फैलियो

सोलुखुम्बु - हावाको वेगका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला नजिकैको वनमा लागेको आगो निभाउन समस्या भएको छ । फायर फाइटिङसहितको हेलिकप्टरले आगो निभाइरहेकाे भए पनि हावाको वेग तीव्र हुँदा झन्झन् आगो फैलिँदै गएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले बताउनुभयो । उहाँका अनुसार आगो निभाउन सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको भए पनि हावाले गर्दा आगो नियन्त्रणमा लिन समस्या भएकाे छ । हेलिकप्टरले स्थानीय सुर्के खोलाबाट पानी भरेर नाक्चुङ वनमा लागेको आगाे निभाउ...

लुक्ला विमानस्थल नजिकैको जङ्गलमा लागेको आगाे निभाउन काठमाडौबाट हेलिकप्टर आउँदै

सोलुखुम्बु - सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकैको जङ्गलमा लागेको आगो निभाउनका लागि काठमाडौबाट हेलिकप्टर आउने भएको छ । तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको जङ्गलमा लागेको निभाउन सिम्रिक एअरको हेलिकप्टर काठमाडौबाट उडेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका उपाध्यक्ष टासी ल्हामु शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार सिम्रिक एयरसँग मात्रै दमकलसहितको हेलिकप्टर भएकाले हेलिकप्टर पठाइएको हो । पासाङ ल्हामु गाउँपालिका-२ नाक्चुङको जङ्गलमा गएरातिदेखि सुरु भएको आगो भिरमा प्रवेश गरिसकेकाल...

तनहुँको दमौलीमा लागेको आगो ४ घण्टापछि निभाइयो, ७ वटा घर जले

तनहुँ – तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा लागेको आगो झन्डै चार घण्टापछि केहीबेरअघि निभाइएको छ ।  काठमाण्डौबाट गएको हेलिकप्टर, आठ वटा दमकल, ट्याङ्कर, सेना, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो । सिम्रिक एअरको हेलिकप्टरले मादी नदीबाट पानी ओसार्दै आगो निभाउन सहयोग पुर्‍याएकाे थियो । हेलिकप्टरकै कारण आगाे छिटो निभाउन सकिएको बताइएको छ । उहाँका अनुसार आगलागीमा परेर सात वटा घर जलेका छन् । अरू ठाउँमा आगो नफैलियोस् ...