सोलुखुम्बु - हावाको वेगका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला नजिकैको वनमा लागेको आगो निभाउन समस्या भएको छ ।
फायर फाइटिङसहितको हेलिकप्टरले आगो निभाइरहेकाे भए पनि हावाको वेग तीव्र हुँदा झन्झन् आगो फैलिँदै गएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले बताउनुभयो ।
उहाँका अनुसार आगो निभाउन सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको भए पनि हावाले गर्दा आगो नियन्त्रणमा लिन समस्या भएकाे छ । हेलिकप्टरले स्थानीय सुर्के खोलाबाट पानी भरेर नाक्चुङ वनमा लागेको आगाे निभाउ...