नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा रञ्जिता श्रेष्ठ

१० पुस, काठमाडौ। नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी चयन भएकी छिन् । उक्त दलको काठमाडौँमा यही पुस ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष श्रेष्ठलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो । त्यस्तै, दलको प्रमुख सचेतकमा गङ्गाराम चौधरी र सचेतकमा अरुणकुमार चौधरीलाई चयन गरेको सो पार्टीले आइतबार […]

सम्बन्धित सामग्री

रेशम पक्षलाई रञ्जिताको काउन्टर : त्यो बैठक आधिकारिक होइन

२० चैत, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को विवाद थप चर्किएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेमश चौधरी पक्षले बोलाएको बैठक आधिकारिक नभएको सूचना निकालेकी छन् । टीकापुर महाधिवेशन (जसलाई निर्वाचन आयोगले मान्यता दिएन) बाट महासचिव बनेका गंगाराम चौधरीले सोमबार सूचना निकालेर २३ र २४ चैतमा बैठक आह्वान गरेका छन् ।  उनले पार्टीको महत्वपूर्ण […]

नागरिक उन्मुक्ति पार्टीसहित चार पार्टीबीच एकता घोषणासभा

नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता सङ्घर्ष समाज र नागरिक सशक्तीकरणका लागि जागरण अभियानबीच सोमबार मोरङमा पार्टी एकता घोषणासभाको आयोजना गरिएको छ । उन्मुक्ति पार्टीकी राष्ट्रिय अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, मञ्चका अध्यक्ष ज्ञानबहादुर गुरुङ, समाजका संयोजक त्रिनारायण राजवंशी र अध्यक्ष दिनेशराज राजवंशी र अभियानका विनोद …

रञ्जिता श्रेष्ठ भन्छिन्– अब रेशम चौधरी छुट्नुहुन्छ, म मन्त्री बन्छु

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रीमण्डलमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी सहभागी हुने निश्चित भएको छ । सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ आफैं मन्त्री बन्न लागेकी हुन् ।

सुदूरपश्चिम सरकारका विषयमा अडान छैन : रञ्जिता श्रेष्ठ

२० पुस, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकार गठनका सन्दर्भमा आफूहरुको कुनै अडान नरहेको बताएको छ । नाउपाले मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको चर्चा भइरहेका बेला अध्यक्ष श्रेष्ठले यो दलहरुबीचको छलफलमा उठेको विषयमात्र भएको बताइन् । ‘सत्ता साझोदार दलहरुका बीचमा केही सहमति भइसकेको छैन । छलफलका क्रममा ‘जे सहमति हुन्छ त्यही हुन्छ’ उनले […]

नागरिक उन्मुक्ति पार्टी : 'डेब्यु' मै ४ सिट जित

कञ्चनपुर – दल गठन भएको वर्ष दिन नपुग्दै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमको सबैभन्दा ठूलो जिल्ला कैलालीमा ठूलै दल दलको रूपमा प्रस्तुत भएको छ । भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेको यस दलले यहाँ पाँच वटा प्रतिनिधि सभा सदस्यको निर्वाचन क्षेत्रमध्ये तीन र दश वटा प्रदेश सभा सदस्यको निर्वाचन क्षेत्रमध्ये पाँच वटा सिटमा विजय हासिल गरेको छ । गएको पुसमा निलम्बित पूर्वसांसद रेमश चौधरीका श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा यस राजनीतिक दल दर्ता गराएको छोटो समयमै पार्टीले च...

कैलाली-१ मा नागरिक उन्मुक्तिकी श्रेष्ठको अग्रता, राम जनम दोस्रो स्थानमा

५ मंसिर, कैलाली । काठमाडौं क्षेत्र नं. १ को प्रारम्भि मतगणनामा नागरिक उन्मुक्ति पार्टी अगाडि देखिएको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ । नागरिक उन्मुक्ति पार्टीकी उम्‍मेदवार रञ्जिता श्रेष्ठ चौधरीले १०९ मतले अग्रता बढाएकी हुन् । श्रेष्ठले २ हजार ६९ मत पाउँदा सत्ता गठबन्धनकाउम्‍मेदवार राम जनम चौधरीले १६० मत ल्‍याएका छन् । यस्तै नेकपा […]

कैलाली १ मा त्रिपक्षीय प्रतिस्पर्धा

धनगढी– कैलाली १ मा नागरिक उन्मुक्ति पार्टी र गठबन्धनको साथ पाएको नेपाली कांग्रेस विगतको आफ्नो विरासत जोगाउन प्रयासरत छन् । एमाले भने थारु मत विभाजित हुँदा आफ्नो पक्षमा नतिजा आउने आशमा छ । नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरी आफ्ना श्रीमान् रेशम चौधरीले २०७४ मा प्राप्त गरेको जित र गत वैशाखमा भएको पालिकाको निर्वाचनमा पार्टीले […]

रेशम चौधरीको दल ‘नागरिक उन्मुक्ति पार्टी’ मा मनिष लामा र सोनाम घिसिङको प्रवेश

काठमाडौं, ६ चैत्र । स्थानीय चुनाव नजिकिदै गर्दा रेशम चौधरीले नेतृत्व गरेको पार्टी ‘नागरिक उन्मुक्ति पार्टी’मा विभिन्न दल परित्याग गर्नेहरु देखिएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मनिष लामा, सोनाम घिसिङ लगायत थुप्रैको सख्यामा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नागरिकको […]