कञ्चनपुर – दल गठन भएको वर्ष दिन नपुग्दै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमको सबैभन्दा ठूलो जिल्ला कैलालीमा ठूलै दल दलको रूपमा प्रस्तुत भएको छ । भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेको यस दलले यहाँ पाँच वटा प्रतिनिधि सभा सदस्यको निर्वाचन क्षेत्रमध्ये तीन र दश वटा प्रदेश सभा सदस्यको निर्वाचन क्षेत्रमध्ये पाँच वटा सिटमा विजय हासिल गरेको छ ।
गएको पुसमा निलम्बित पूर्वसांसद रेमश चौधरीका श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा यस राजनीतिक दल दर्ता गराएको छोटो समयमै पार्टीले च...