काठमाण्डाै – कोरोना महामारीबाट बालबालिकाले शिक्षा तथा पौष्टिक आहारमा पहुँच गुमाउनु परेको पाइएको छ । कतिपय हेरचाहकर्ताले रोजगारी गुमाउँदा बालबालिकामा खाद्य असुरक्षा बढेको छ ।
१८ वर्षभन्दा कम उमेरका बालबालिका भएका घरपरिवारमा कोरोना महामारीले उत्पन्न गरेको अवस्थाबारे नियमित अनुगमन गर्न युनिसेफ नेपालले 'शेयरकास्ट इनिशियटिभ नेपाल' सँगको सहकार्यमा विभिन्न चरणमा टेलिफोन अन्तर्वार्ताका माध्यमबाट ‘काेभिड–१९ चाइल्ड एन्ड फेमिली ट्र्याकर’ राष्ट्रिय सर्वेक्षण गरेको छ । सन् २०२० मे देखि अह...