कोरोना महामारीमा नेपाल आएका विद्यार्थी चीन फर्कन सुरु

२३ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिमेकी चीनमा अध्ययनरत रही कोभिड–१९ को महामारीमा नेपाल फर्किएर अध्ययन छुटाउन बाध्य भएका २८१ नेपाली विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले त्यसरी जान चाहने नेपाली विद्यार्थीहरूको फिर्ती सम्बन्धमा जारी गरेको सूचनामा जनवादी गणतन्त्र चीनका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षा अध्ययनरत नेपाली विद्यार्थी कोभिड–१९ महामारीको […]

सम्बन्धित सामग्री

हिमालय एयरलाइन्सको जहाज एक महिना चीन उड्न नपाउँने

काठमाडौं, साउन ३१ । काठमाडौंबाट कुन्मिङका जाने हिमालय एयरलायन्सका चारवटा उडानमा चीनले रोक लगाएको छ। काठमाडौंबाट साउन १७ गतेको उडानमा गएका ९ विद्यार्थी र ६ चिनियाँ गरी १५ जना यात्रुमा कोरोना संक्रमण देखिएपछि सिभिल एभिएसन अथोरिटी अफ चीनले भदौ महिनाको ७, १४, २१ र कोरोनाका कारण दुई वर्षसम्म अन्तर्राष्ट्रिय उडानमा कडाइ रहेको चीनमा हिमालयले एक […]

जुलाई ५ मा २८१ नेपाली विद्यार्थी चीन फर्कन पाउने, बाँकीलाई पनि छिट्टै फर्काइने

काठमाडौं : नेपाली विद्यार्थीहरु चीन फर्कन पाउने भएका छन्। जुलाई ५ मा २८१ विद्यार्थी चीन फर्कन पाउने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। ८५० विद्यार्थीको सूचिबाट पहिलो चरणमा २८१ विद्यार्थी फर्काउने तयारी भएको उनले बताइन्। बाँकी विद्यार्थीलाई पनि छिट्टै फर्काइने उनको भनाइ थियो। कोरोना भाइरसको संक्रमण सुरु भएपछि विद्यार्थीहरु…

कोभिडका कारण नेपाल फर्किएका यी २८१ जना विद्यार्थी चीन जान पाउने भए (सूचीसहित)

कोरोना भाइरसको महामारीका कारण अध्ययन पूरा नगरी नेपाल फर्किएका विद्यार्थी पुनः अध्ययनको लागि चीन जान पाउने भएका छन्

विदेशमा पढ्न जान रोकिएका विद्यार्थीले शिक्षा मन्त्रालयमा निवेदन दिनुपर्ने

काठमाडौं । कोरोना महामारीकाबीच विदेशमा पढ्न जान रोकिएका विद्यार्थीहरूले यहि चैत २५ भित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ । शिक्षा मन्त्रालयका अनुसार कोरोना महामारी र लकडाउनका कारण चीन लगायत देशमा पढ्न गएका विद्यार्थी स्वदेश फर्केका थिए । पढाइलाई निरन्तरता दिन नपाएका विद्यार्थीहरूलाई मन्त्रालयले निवेदन दिई सम्पर्कमा आउन आग्रह गरेको हो । […]

भारतीय विद्यार्थीलाई चीनले दिएन ‘इन्ट्री’, भन्यो- कोरोना रोक्ने अरू विकल्प छैन

भारतीय विद्यार्थीले नयाँ दिल्लीस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरे ।  विद्यार्थीहरू अध्ययनका लागि चीन फर्किन चाहेका छन् । उनीहरूले चीनसँग पढाइ जारी राख्नका लागि अनुमति दिन माग गरेका छन् ।  उता चीन अहिले पनि कोरोना महामारीको त्रासका कारण भारतीय विद्यार्थीहरूलाई बेइजिङ फर्किन अनुमति दिएको छैन ।  भारतीय विद्यार्थीहरूको प्रदर्शनपछि चीनले भनेको छ, ‘कोरोना नियन्त्रणका लागि यात्रा प्रतिबन्धजस्ता उपायबाहेकको विकल्प छैन ।’ चीनका विभिन्न कलेजहरूमा झण्डै २३ हजार भारतीय विद्यार्थी अध्ययनरत छन् ...

चीनमा विद्यार्थी लक्षित खोप अभियान

एजेन्सी । कोरोना संक्रमण पुनःफैलिन थालेपछि चीन सरकारले पछिल्लो पटक सुरु गरेको खोप अभियान स्कुलमा अध्ययनरत विद्यार्थी लक्षित गरेको छ । गत जनवरीयता बुधबार चीनमा सबैभन्दा धेरै ७१ जना नयाँ संक्रमित फेला परेका छन् । डेल्टा भेरियन्टको संक्रमण रोक्न चीनले १२ देखि १७ बर्ष उमेर समूहका बालबालिका लक्षित खोप अभियान सुरु गरेको हो । चीनको […]

चीनमा नेपालीलगायत विदेशी विद्यार्थीको फर्कने अनिश्चित

काठमाडौं। चीनले कोरोना महामारीका बेला विदेशी विद्यार्थीलाई फर्कन छुट नदिने बताएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगसम्बन्धी उपमन्त्री ली बिनले आयातित संक्रमण रोक्न विदेशी विद्यार्थीलाई अहिल्यै प्रवेश नदिने बताएका हुन्। महामारीका कारण पढाई बिचमै छोडी स्वदेश आएका नेपाली लगायत चारलाख विदेशी विद्यार्थी चीन फर्कन पाएका छैनन्। चीन फर्कन नपाएपछि एमबीबीएस अध्ययनरत नेपाली विद्यार्थीले केही दिनअघि नेपालमै इन्टर्नसीप गर्न आवेदन दिएका थिए।