जनकपुरधाम : मधेश प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत पहिलो चरणमा गरेको साइकल खरिदबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ। दोस्रो चरणमा भएको साइकल खरिदमा व्यापक भ्रष्टाचार भएको ठहर गरेपछि अख्तियारले पहिलो चरण साइकल खरिद सम्बन्धनमा पनि अनुसन्धान अघि बढाएको हो। पहिलो चरणमा भएको १४ हजार साइकल खरिदको फाइल अख्तियारले पत्र लेखेर मागेको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दियो।‘पहिलो चरणमा भएको १४ हजार साइकल खरिदको फाइल पनि अख्तियारले