मधेश सरकारको नेतृत्वमा एमालेको दाबी

रौतहट : नेकपा एमालेले मधेश प्रदेश सरकारमा आफ्नो दावी पेश गरेको छ।आइतबार नेकपा एमाले मधेश प्रदेश कमिटीको रौतहटको चन्द्रनिगाहपुरमा बसेको दोस्रो पूर्ण बैठकले मधेश सरकारमा आफ्नो दावी पेश गर्ने निर्णय गरेको हो।मधेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल भएकाले स्वाभाविक रूपमा मधेश प्रदेशको नेतृत्व आफ्नो दलले पाउनुपर्ने भन्दै बैठकले उक्त निर्णय गरेको सचिव मनोज पौडेलले जानकारी दिए। उनका अनुसार मधेश र मधेशी जनताको समृद्धि नेकपा एमाले नेतृत्वले मात्रै दिनसक्ने भन्दै त्यसका निम्ति नेकपा एमालेको नेतृत्वमा मधेशमा स

सम्बन्धित सामग्री

योगेश भट्टराईले औंल्याए मधेश प्रदेशमा एमालेको सरकारको आवश्यकत्ता

काठमाडौं, २३ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मधेश प्रदेशको विकासको लागि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । उनले मधेशको विकासको लागि एमालेको मुख्यमन्त्री आवश्यक भैसकेको बताएका हुन् । आज (मंगलबार) मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजित पार्टीको प्रदेश अधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले […]

मधेश प्रदेशमा को बन्ला कांग्रेस संसदीय दलको नेता ?

२६ मंसिर, जनकपुरधाम । समानुपातिकको सिट टुंगो लागेसँगै मधेश प्रदेशमा नेपाली काग्रेस संसदीय दलको नेता बन्न नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको लविङ सुरु भएको छ । प्रत्यक्ष १३ र समानुपातिक ९ गरी २२ सिटसहित कांग्रेस मधेश प्रदेश सभाको दोस्रो ठूलो दल बनेको छ । यो प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना रहेकाले दलको नेता बन्ने आकांक्षी बढी […]

कांग्रेसको मधेश प्रदेशले ल्यायो संकल्पपत्र, मधेश समृद्धिका लागि १० मुख्य एजेन्डा

काठमाडौं, २० कार्तिक । नेपाली कांग्रेसको मधेश प्रदेशले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार आयोजित एक कार्यक्रमकाबीच काँग्रेस मधेश प्रदेश कार्यसमितिका सभापति कृष्णाप्रसाद यादव, संकल्पपत्र तयारी समितिका संयोजक वृहस्पति कृष्ण श्रेष्ठ लगायतको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिएको हो। उक्त घोषणापत्रले काँग्रेस नेतृत्वमा बन्ने प्रदेश सरकारले आगामी ५ वर्षभित्र गर्ने मुख्य १० काम र प्राथमिकताको सम्बन्धमा […]

प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्री नै धर्नामा

२९ साउन, जनकपुरधाम । संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै मधेश प्रदेश सरकारका मन्त्रीहरुले आइतबारदेखि धर्ना दिन सुरु गरेका छन् । मधेश भवनभित्रको प्रदेश प्रमुख कार्यालय प्राङणभित्र मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा मन्त्रीहरु धर्ना बसेका हुन् । मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, गृह तथा संचार मन्त्री भरत साह, राज्य मन्त्री रुबी […]

मधेश प्रदेशले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने

काठमाडौं । संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकार आन्दोनलमा उत्रिने भएको छ । आइतबार मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई शान्तिपूर्ण आन्दोलनको चेतावनीसहित ज्ञापनपत्र बझाएको हो । सात दिनभित्र प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्ने प्रकृया आरम्भ नगरे शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी ज्ञापनपत्रमार्फत दिइएको […]

एक साताभित्र प्रहरी समायोजन गर्न प्रधानमन्त्रीलाई मधेश सरकारको अल्टिमेटम

२२ साउन, जनकपुरधाम । मधेश सरकारले एक साताभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्री  शेरबहादुर देउवालाई एक साताको अल्टिमेटम दिएको छ । प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहको नेतृत्वमा गएका मन्त्रीहरुको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्र मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै यस्तो अल्टिमेटम दिएको हो । पत्रमा नेपालको संविधान को […]

संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकारले शान्तिपूर्ण आन्दोलन गर्ने

संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकारले शान्तिपूर्ण आन्दोलन गर्ने बताएको छ । आइतबार मधेश प्रदेशको गृह तथा संचार मन्त्री भरत साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीलाई शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । सात दिनभित्र प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्ने प्रकृया आरम्भ नगरेमा शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी ज्ञापनपत्रमार्फत दिइएको छ । उनले भने, ‘हामीले पटक–पटक प्रहरी समायोजन गर्न संघीय सरकारसँग आग्रह गर्दै आएका छौँ । तर संघीय

मधेश प्रदेश : जनमत पार्टीका कार्यकर्ताले गरे कृषि मन्त्रालयमा तालाबन्दी

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले मधेश प्रदेशको कृषि मन्त्रालयमा तालाबन्दी गरेका छन् । मधेश प्रदेश सरकारको कृषि मन्त्रालयमा व्यापक भ्रष्टाचार भएको भन्दै मन्त्रीलाई कारबाही गर्न भन्दै गएका कार्यकर्ताले मन्त्री नभेटिएपछि मन्त्रालयमा तालाबन्दी गरेर फर्केका हुन् । जनमत पार्टीको नेतृत्वमा भइरहेको किसान आन्दोलन अन्तर्गत बुधबार जनकपुरधाममा प्रदर्शन गर्दै जनमतका कार्यकर्ताहरूले मन्त्रालयमा तालाबन्दी गरेका हुन् । मन्त्रालयमा मन्त्री नभेटिएपछि मन्त्रालयमा तालाबन्दी गरेर फर्किएको किसान आन

मधेश प्रदेशको कृषि मन्त्रालयमा तालाबन्दी

जनकपुरधाम– सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले मधेश प्रदेशको कृषि मन्त्रालयमा तालाबन्दी गरेका छन् । मधेश प्रदेश सरकारको कृषि मन्त्रालयमा व्यापक भ्रष्टाचार भएको भन्दै मन्त्रीलाई कारबाही गर्न भन्दै गएका कार्यकर्ताले मन्त्री नभेटिएपछि मन्त्रालयमा तालाबन्दी गरेर फर्केका हुन् ।  जनमत पार्टीको नेतृत्वमा भइरहेको किसान आन्दोलनअन्तर्गत बुधबार जनकपुरधाममा प्रदर्शन गर्दै जनमतका कार्यकर्ताहरूले मन्त्रालयमा तालाबन्दी गरेका हुन् । […]

गण्डकीका मुख्यमन्त्रीले मधेश प्रदेशको भ्रमण गर्ने

२० फागुन, जनकपुरधाम । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेश प्रदेशको भ्रमण गर्ने भएका छन् । मुख्यमन्त्री पोखरेल मधेश सरकारको निमन्त्रणामा शनिबार जनकपुरधाम आउन लागेका हुन्। पोखरेलको भ्रमण दुई दिनसम्म हुने मधेश सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी दिए । उनका अनुसार पोखरेलको नेतृत्वमा १७ सदस्यीय प्रतिनिधि मण्डल जनकपुरधाम आउनेछन् । […]