गण्डकीका मुख्यमन्त्रीले मधेश प्रदेशको भ्रमण गर्ने

२० फागुन, जनकपुरधाम । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेश प्रदेशको भ्रमण गर्ने भएका छन् । मुख्यमन्त्री पोखरेल मधेश सरकारको निमन्त्रणामा शनिबार जनकपुरधाम आउन लागेका हुन्। पोखरेलको भ्रमण दुई दिनसम्म हुने मधेश सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी दिए । उनका अनुसार पोखरेलको नेतृत्वमा १७ सदस्यीय प्रतिनिधि मण्डल जनकपुरधाम आउनेछन् । […]