काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ६ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेमा हिमालयन डिष्टिलरी, साना किसान विकास लघुवित्त, घोराही सिमेन्ट्स, सपोर्ट माइक्रोफाइनान्स, आत्मनिर्भर लघुवित्त र राधी विद्युत कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
यी ६ कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले हिमालयन डिष्टिलरीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. १ हजार ७२५ दशमलव ४५ कायम भएको छ । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ८९८ मा अन्तिम कारोबार भएको थियो ।
त्यस्तै नेप्सेले साना किसानको १४ दशमलव २५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ८८८ दशमलव ३२ कायम भएको छ । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार दशमलव १४ दशमलव ९० मा अन्तिम कारोबार भएको थियो ।
नेप्सेले घोराही सिमेन्ट्सको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ५०२ दशमलव ६१ कायम भएको छ । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५७८ मा अन्तिम कारोबार भएको थियो ।
नेप्सेले सपोर्ट माइक्रोफाइनान्सको १३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ९५५ दशमलव ७५ कायम भएको छ । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ८० मा अन्तिम कारोबार भएको थियो ।
त्यस्तै नेप्सेले आत्मनिर्भर लघुवित्तको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. १ हजार ६५९ दशमलव ०९ कायम भएको छ । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ८२५ मा अन्तिम कारोबार भएको थियो ।
नेप्सेले राधी विद्युत कम्पनीको ४ दशलमव ७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. २२८ दशमलव ६४ कायम भएको छ । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २३९ दशमलव ५० मा अन्तिम कारोबार भएको थियो ।
नेप्सेले यी ६ कम्पनीको बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयर मूल्य समायोजन गरेको हो । यही समायोजित मूल्यका आधारमा आगामी सोमवार अर्थात् पुस १६ गते यी कम्पनीको शेयर कारोबार खुल्नेछ ।