‘प्रतिपक्षी दलले उठाएको प्रश्नको जवाफ सुन्न चाहँदैनौँ’

नेपाली काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका सांसदहरुले संसदमा विभिन्न विषय उठाएर नाराबाजी गरेपनि त्यसको जवाफ सुन्न नचाहेको बताएका छन् । मंगलवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बडुले प्रमुख प्रतिपक्षी दलका सांसदहरुले नारामा विभिन्न विषयको उठान गरेको भएपनि त्यसको जवाफ सुन्न तयार नभएको बताएका हुन् ।  सभामुखले संसदीय परम्परा, मूल्यमान्यता र प्रतिनिधि सभा नियमावलीबारे बारम्बार सजग गराउँदा पनि प्रतिपक्षी सांसदहरु सुन्न तयार नभएको उनले बत

सम्बन्धित सामग्री

आफूलाई धारेहात नगर्न एमालेका १० नेतालाई माधव नेपालको आग्रह

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई छोडेर एमालेमै बसेका १० नेतालाई आफूलाई धारे हात नगर्न आग्रह गरेका छन् । शनिवार काठमाडौंमा पार्टीको चौथो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले उनीहरुको पछिल्लो अभिव्यक्ति सुन्न लायक नभएको टिप्पणी गरे । शुक्रबार माधव नेपाललाई लक्षित गर्दै एमाले नेता योगेश भट्टराईले आत्मबोध र पश्चाताप कहिले गर्ने भन्दै कटाक्ष गरेका थिए । अध्यक्ष नेपालले शनिवार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा भट्टराईको प्रश्नको जवाफ दिएका हुन् । नेता

वीरगञ्ज महानगरको सार्वजनिक सुनुवाइ

वीरगञ्ज (अस) । वीरगञ्ज महानगरपालिकाको चालू आर्थिक वर्ष २०७८/७९ को दोस्रो सार्वजनिक सुनुवाइ सोमवार सम्पन्न भएको छ । कार्यक्रममा सहभागीले सुशासन प्रवर्द्धनमा सार्वजनिक सुनुवाइको अभ्यास सराहनीय भएको बताए । जनताले चुनेर पठाएका प्रतिनिधि जनताको आलोचनात्मक सुझाव सुन्न तत्पर हुनुले पारदर्शिता र जवाफदेहिता अभिवृद्धि हुने उनीहरूले बताए । स्थानीय तहमा जनताका प्रतिनिधि चुनिएर आइसकेपछि पनि जनताले अपेक्षित सुधारको प्रत्याभूति नपाएको गुनासोसमेत उनीहरूले गरे । वीरगञ्ज महानगरमा शिक्षा, स्वास्थ्य, सरसफाइ, पूर्वाधार, सडक, ढल, नालालगायतमा अपेक्षा गरेअनुसारको काम नदेखिएको सहभागीले बताए । कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै महानगरका प्रमुख विजयकुमार सरावगीले रचनात्मक आलोचना स्वीकार गरी आगामी दिनमा सुधारको बटोमा लैजाने प्रतिबद्धता व्यक्त गरे । प्रमुख सरावगीले आफू महानगरको नेतृत्व सम्हाल्न आउँदा महानगर ३६ करोड रुपयाँ ऋणमा डुबेको र वार्षिक आय १७ करोड रुपैयाँमात्र रहेकोमा अहिले ऋण चुक्ता गरेर विकासको बाटोमा अग्रसर गराएको बताए । वीरगञ्जमा आफूले विकासको बाटो तयार पारेको र अब यसलाई अघि बढाउन सक्षम नेतृत्वको खाँचो रहेको पनि उनले बताए । वीरगञ्जलाई विकासमा अघि बढाउन आफू सक्षम रहेको दाबी गर्ने उनले आफूभन्दा सक्षम व्यक्ति आए उसलाई सघाउने पनि बताए । वीरगञ्जको मेयरमा चुनिएपछि विगत साढे ४ वर्षमा थुप्रै काम भएको उनको भनाइ थियो । फोहोर व्यवस्थापन, स्वास्थ्य सेवा, शिक्षा, भौतिक पूर्वाधार, सामाजिक सुरक्षा र सेवाका क्षेत्रमा उल्लेख्य काम भएको उनले बताए । महानगरको सीमित स्रोत र यसैबीचमा कोरोना महामारीका कारण सोचेजति काम गर्न नसकेको पनि उनले स्वीकार गरे ।

दशैं मनाउन घर फर्केका सांसद जनगुनासोको ज्वारभाटामा

१ कात्तिक, काठमाडौं । अधिकांश सांसदहरु दशैं मनाउने सिलसिलामा यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा छन् । तर, उनीहरुलाई दशैंमा रमाइलो गर्नभन्दा जनताको गुनासो सुन्न र प्रश्नको जवाफ दिँदैमा ठिक्क छ । जनताले प्राय गर्ने अधिकांश प्रश्न उही …

फौजीको दसैँ: छुट्टी नपाउँदा पड्किएको बन्दुकको ब्यारेल जस्तो हुन्छ मन

दसैँ आउनु एकाध महिनाअघि नै घरबाट हरेक फौजीलाई आफ्ना बाआमाले फोन गरेर सोध्ने गर्छन्, 'दसैँमा घर आउँछस् कि आउँदैनस्? वा कहिले आउँछस् बाबू?' यसरी सोधिने प्रश्नको जवाफ निराशाजनक आउँछ भन्ने जान्दाजान्दै पनि बाआमाहरू प्रत्येक वर्ष प्रश्न यही दोहोर्‍याउन छाड्दैनन्। अनि फेरि पनि सुन्न बाध्य हुन्छन्, 'खै, ठेगान छैन, मिल्यो ...