आफूलाई धारेहात नगर्न एमालेका १० नेतालाई माधव नेपालको आग्रह

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई छोडेर एमालेमै बसेका १० नेतालाई आफूलाई धारे हात नगर्न आग्रह गरेका छन् । शनिवार काठमाडौंमा पार्टीको चौथो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले उनीहरुको पछिल्लो अभिव्यक्ति सुन्न लायक नभएको टिप्पणी गरे । शुक्रबार माधव नेपाललाई लक्षित गर्दै एमाले नेता योगेश भट्टराईले आत्मबोध र पश्चाताप कहिले गर्ने भन्दै कटाक्ष गरेका थिए । अध्यक्ष नेपालले शनिवार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा भट्टराईको प्रश्नको जवाफ दिएका हुन् । नेता