फौजीको दसैँ: छुट्टी नपाउँदा पड्किएको बन्दुकको ब्यारेल जस्तो हुन्छ मन

दसैँ आउनु एकाध महिनाअघि नै घरबाट हरेक फौजीलाई आफ्ना बाआमाले फोन गरेर सोध्ने गर्छन्, 'दसैँमा घर आउँछस् कि आउँदैनस्? वा कहिले आउँछस् बाबू?' यसरी सोधिने प्रश्नको जवाफ निराशाजनक आउँछ भन्ने जान्दाजान्दै पनि बाआमाहरू प्रत्येक वर्ष प्रश्न यही दोहोर्‍याउन छाड्दैनन्। अनि फेरि पनि सुन्न बाध्य हुन्छन्, 'खै, ठेगान छैन, मिल्यो ...