कोरोनाकालमा भारतमा ८३ अर्ब डलर रेमिट्यान्स

एजेन्सी। विश्व बैंकको रिपोर्टअनुसार कोरोनाकाल(२०२०)मा भारतमा ८३ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्रिएको छ। यो रकम अघिल्लो वर्षको तुलनामा केवल ०.२ प्रतिशत कम हो। चीनबाट त्यस्तो रकम ५९.५ अर्ब डलर ररेमिट्यान्स भित्रिएको छ। २०१९मा चीनमा ६८.३ अर्ब डलर रेमिट्यान्स भित्रिएको थियो।

सम्बन्धित सामग्री

११ महिनामा भित्रियो सात अर्ब ५१ करोड डलर रेमिट्यान्स

यो ११ महिनामा रेमिट्यान्स आय ३.८ प्रतिशतले बढेर सात अर्ब ५१ करोड डलर भित्रिएको छ । वैशाखमा रेमिट्यान्स आयमा ०.२ प्रतिशतको वृद्धिदर थियो । अमेरिकी डलरमा रेमिट्यान्स आय १.५ प्रतिशतले वृद्धि भई...

११ महिनामा ९ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, विदेश जाने बढेकाे बढ्यै

काठमाण्डाै – चालु आर्थिक वर्षको ११ महिनामा नाै खर्ब चार अर्ब रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ ।  गएको साउनदेखि जेठसम्म नाै खर्ब चार अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको ११ महिनाको तुलनामा ३ दशमलव ८ प्रतिशतले धेरै हो । तर रेमिट्यान्सको वृद्धिदर भने कम भएको छ । अघिल्लो वर्षको ११ महिनामा रेमिट्यान्स १२ दशमलव ६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १ दशमलव ५ प्रतिशतले वृद्धि भइ सात अर्ब ५१ करोड डलर पुगेको छ ।  यस्तै ११ महिनामा...

रेमिट्यान्स आप्रवाह र विदेशी मुद्रा सञ्चितिमा सुधार

काठमाडौं । केही महीनादेखि सरकारलाई झस्काउन थालेका अर्थतन्त्रका सूचकमा सुधारको संकेत देखिएको छ । सरकार र नेपाल राष्ट्र बैंकले चालेका नीतिगत कदमले रेमिट्यान्स (विप्रेषण), विदेशी विनिमय सञ्चितिजस्ता सूचकमा सकारात्मक प्रभाव देखिन थालेको हो । राष्ट्र बैंकले बुधवार प्रकाशित गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार गत चैतमा विप्रेषण आप्रवाह, विदेशी मुद्रा सञ्चिति जस्ता सूचकमा अघिल्ला महीनाको तुलनामा सुुधार देखिएको हो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो महीनादेखि नै अघिल्लो वर्षको तुलनामा कम रहेको विप्रेषण आप्रवाह चैतमा आइपुग्दा लगभग स्थिर देखिएको छ । गत साउनदेखि चैतसम्ममा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो आवको यही अवधिको तुलनामा यो शून्य दशमलव ६ प्रतिशत मात्र कम हो । चालू आवको साउनमा विप्रेषण आप्रवाह अघिल्लो वर्ष साउनको तुलनामा १८ प्रतिशतले घटेको थियो । फागुनसम्म मासिक औसत ७८ अर्ब रुपैयाँ बराबर विप्रेषण भित्रिएकोमा चैतमा ९३ अर्ब ५५ करोड रुपैयाँ बराबर भित्रिएको छ । फागुनमा ९१ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको थियो । विदेशी मुद्रा आर्जनको मुख्य स्रोत विप्रेषण घट्न थालेपछि यसलाई बढाउन बैंकहरूले त्यसको निक्षेपमा अन्यको तुलनामा १ प्रतिशत विन्दुले बढी ब्याज दिन थालेका छन् । यसैगरी हुन्डी कारोबारलाई हटाउन राष्ट्र बैंकले आन्तरिक रकम ट्रान्सफरमा समेत सीमा तोकेको छ । कोभिड–१९ महामारी कम भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि तथा अमेरिकी डलरको भाउ उच्च भएकाले विप्रेषणमा सकारात्मक प्रभाव परेको राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए । सञ्चितिमाथिको दबाब घट्यो विप्रेषणलगायत विदेशी मुद्रा आम्दानीमा सुधार आएपछि चैत महीनामा विदेशी मुद्राको सञ्चितिमाथिको दबाब केही घटेको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६ दशमलव ५ प्रतिशतले घटेर २०७८ चैत मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ । चालू आवको ८ महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ७.४ महीनाको वस्तु र ६.६ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जानकारी दिएको छ । फागुनको तुलनामा अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति बढेको छ । फागुनसम्म अमेरिकी डलरमा सञ्चिति ९ अर्ब ५८ करोड कायम रहेकोमा चैतमा ९ अर्ब ६१ करोड पुगेको छ । विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि पछिल्लो समय सरकार र राष्ट्र बैंकले आयात निरुत्साहित गर्ने नीति लिएका छन् । राष्ट्र बैंकले विलासी सामान आयातमा शतप्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको छ भने सरकारले १० प्रकारका सामान आयातमा असार मसान्तसम्मका लागि रोक लगाएको छ । विप्रेषण आप्रवाह सुधार भए पनि चालू खाता र शोधनान्तर घाटा भने बढिरहेको छ । चैतसम्ममा चालू खाता ५ खर्ब १२ अर्ब ७१ करोडले र शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा चालू खाता २ खर्ब १० अर्ब ५१ करोडले घाटामा थियो भने शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोड रुपैयाँले बचतमा थियो । मूल्यवृद्धि उच्च चैत महीनामा महँगी भने उच्च दरले बढेको छ । राष्ट्र बैंकका अनुसार गत चैतको महँगी दर (उपभोक्ता मुद्रास्फीति) ७ दशमलव २८ प्रतिशत छ । फागुनमा यो ७ दशमलव १४ प्रतिशत थियो । रूस–युक्रेन तनावले विश्वमा डलर, पेट्रोलियम पदार्थ र अन्य वस्तुको मूल्य बढेकाले त्यसको प्रभाव नेपाली बजारमा परेको हो । २०७७ चैतको तुलनामा यो चैतमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू–तेलमा २८ दशमलव ३६, दुग्ध पदार्थ तथा अण्डामा ११ दशमलव ५६, दाल तथा गेडागुडीमा १० दशमलव ५३ र सुर्तीजन्य पदार्थमा ८ दशमलव ९१ प्रतिशतले मूल्य बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

विदेशी मुद्रा आर्जन गर्ने नेपालका प्रमुख स्रोतहरू के के हुन ?

विदेशी मुद्रा सञ्चिती घट्न थालेसँगै सरकारले बिलासी वस्तुहरूको आयातमा कडाइ गर्न सुरु गरेको विवरणहरू आइरहेका छन्। नेपाल राष्ट्र बैङ्कका अनुसार केन्द्रीय ब्याङ्कसँग हाल ९ अर्ब ७५ करोड अमेरिकी डलर सञ्चित छ जुन ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने अधिकारीहरू बताउँछन्।२०७८ असार मसान्तको तुलनामा यो १७ प्रतिशतको गिरावट हो। पछिल्लो मौद्रिक नीतिमा कम्तीमा सात महिनाको आयात धान्न सक्ने अवस्थालाई सहज मान्न सकिने उल्लेख गरिएको छ।हाल सरकारले आफ्नो ढुकुटीमा रहेको विदेशी मुद्रा सकभर देशबाट नबाहिरियोस् भन्ने नीति अघि सारे जस्तो देखिएको जानकारहरू बताउँछन्।तर कतिपयले भने मुद्रा सञ्चिती कायम राख्नका लागि आयातमा कडिकडाउ गर्नुका साथै मुद्रा आर्जन गर्ने विषयमा पनि ध्यान पुर्‍याउन आवश्यक रहेको टिप्पणी गरिरहेका छन्।केन्द्रीय ब्याङ्कले भने चालु आर्थिक वर्षको सात महिनाको अवस्था हेर्दा हालको समस्या विदेशी मुद्रा आर्जनको स्रोतमा ठूलो समस्या उत्पन्न भएका कारणभन्दा पनि आर्जित रकम बाहिरिने क्रम बढेका कारण भएको बताउँछन्।त्यो भनाइलाई तथ्याङ्कले पनि पुष्टि गर्छ। चालु आर्थिक वर्षको पहिलो ८ महिनाको तथ्याङ्कका अनुसार रु १३ खर्ब बराबरको आयात भएको केन्द्रीय ब्याङ्कको भनाइ छ।गत आर्थिक वर्षमा कुल आयात रु १५ खर्ब ४० अर्बको बराबरको भएको तथ्याङ्कले देखाउँछ।विदेशी मुद्रा आर्जन गर्ने नेपालका प्रमुख स्रोतहरू के के हुन त?विप्रेषण र पर्यटननेपाल राष्ट्र बैङ्कका अनुसार नेपालको विदेशी मुद्रा सञ्चितीको एउटा मुख्य आधार भनेको विप्रेषण अर्थात् रेमिट्यान्स हो। नेपालसँग हाल रहेको विदेशी मुद्राको सञ्चितीकै हाराहारीमा पछिल्लो समय रेमिट्यान्स आप्रवाह भइरहेको देखिन्छ।केन्द्रीय ब्याङ्कका प्रवक्ता गुणाकर भट्टका अनुसार नेपालको कुल गार्हस्थ उत्पादनको झन्डै २२ प्रतिशतमा रेमिट्यान्सको योगदान छ।''त्यो भनेको गत वर्ष रु ९६० अर्ब जति आएको देखिन्छ। त्यस अघिको वर्ष अलि कम थियो,'' उनले भने। कोभिड महामारीकैबीच पनि गत वर्ष राम्रो रेमिट्यान्स आप्रवाह भएको थियो।सामान्य वर्षहरूमा झन्डै रु ८.५ खर्ब देखि रु ९.५ खर्बको हाराहारीमा रेमिट्यान्स आइरहेको अधिकारीहरू बताउँछन्।चालु आर्थिक वर्षको पहिलो सात महिनाको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह झन्डै पाँच प्रतिशतले घटेको देखिन्छ।महामारीकाबीच रेमिट्यान्स आप्रवाह बढ्नुको कारणमा आवागमन बन्द रहेका कारण जिन्सीको साटो नगद नेपाल पठाइनु रहेको आकलन गरिएको भट्ट बताउँछन्।''त्यो हिसाबबाट गत वर्ष चाहिँ केही बढी आप्रवाह देखियो। तर त्यो भन्दा अघिल्लो आर्थिक वर्षको सात महिनाको तथ्याङ्क हेर्ने हो भने त्यति बेला रु ५१८ अर्ब रेमिट्यान्स आएको थियो भने यो आर्थिक वर्षको सात महिनामा रु ५४० अर्ब रेमिट्यान्स आएको देखिन्छ। त्यसरी हेर्दा सामान्य वर्षको भन्दा अहिले पनि रेमिट्यान्स कम चाहिँ नआएको अवस्था हो,'' भट्टले भने।नेपाल राष्ट्र बैङ्कका अर्का एक जना उच्च अधिकारी भने आयात बढ्दा न्यून बिजकीकरणको समस्या बढ्ने हुँदा हुन्डीबाट रकम कारोबार हुने बताउँछन्।त्यस्तै विदेशमा बस्ने कतिपय नेपालीहरूले क्रिप्टोकरेन्सीमा लगानी गरेका कारण पनि केही समस्या परेको केन्द्रीय ब्याङ्कको जानकारीमा आएको भए पनि त्यसबारे यकिन तथ्याङ्क भने प्राप्त नभएको उनको भनाइ छ।नेपालको विदेशी मुद्रा आर्जन गर्ने अर्को मुख्य स्रोतमा पर्यटन पनि पर्छ। नेपाल घुम्न आएका विदेशीहरूले डलर वा अन्य विदेशी मुद्रा नेपालमा सटही गर्ने गर्छन्। तर कोभिड महामारी सुरु भएसँगै पर्यटन क्षेत्र प्रभावित छ जसको प्रभाव विदेशी मुद्रा सञ्चितमा पनि परेको छ।निर्यातनेपालले अन्य देशबाट सामग्री खरिद गर्दा डलरमा भुक्तानी गर्नुपर्ने हुन्छ। त्यसै कारण हाल सरकारले विलासिताका बस्तु आयातमा कडिकडाउ गर्ने नीति लिएको देखिन्छ।त्यस्तै सामाग्री निर्यात गर्दा भने नेपालले विदेशी मुद्रा आर्जन गर्छ। तर आयात र निर्यातमा सन्तुलन मिल्न नसक्दा नेपालले यसबाट लाभ उठाउन सकेको छैन।चालु आर्थिक वर्षको पहिलो ८ महिनामा रु १३ खर्ब ९ अर्ब बराबरको आयात भएको छ भने रु १४७ अर्ब बराबरको मात्रै निर्यात भएको छ।''त्यसैले हाम्रो निर्यातको आधार साँगुरो छ तथापि त्यो पनि विदेशी मुद्रा आर्जन गर्ने एउटा स्रोत हो,'' भट्टले भने।प्रत्यक्ष वैदेशिक लगानी, वैदेशिक ऋण र निवृत्तिभरणकेन्द्रीय ब्याङ्कका अधिकारीहरूका अनुसार चालु आर्थिक वर्षमा प्रत्यक्ष वैदेशिक लगानीको अवस्था भने त्यति नराम्रो अवस्था छैन। चालु आर्थिक वर्षको पहिलो सात महिनामा झन्डै रु १६ अर्ब ५० करोड प्रत्यक्ष वैदेशिक लगानी आएको छ।''त्यो अघिल्ला वर्षको तुलनामा राम्रै हो। तर आफैमा ठूलो रकम भने होइन,'' भट्टले भने। त्यस्तै विदेशी मुद्रा सञ्चितको अर्को प्रमुख स्रोत वैदेशिक अनुदान वा ऋण पनि हो।तर त्यो अनुदान वा ऋणको उपभोगमा नेपाल प्रभावकारी हुन नसकेका कारण त्यसको लाभ उठाउन नसकिएको केन्द्रीय ब्याङ्कका अधिकारीहरू बताउँछन्।केन्द्रीय ब्याङ्कका अनुसार निवृत्तिभरण अर्थात् पेन्सन पनि नेपालको विदेशी मुद्रा सञ्चितको मुख्य स्रोत मध्य एक हो।त्यसमा ब्रिटिश गोर्खा र भारतीय सेनामा काम गरेका मानिसका साथै कतिपय अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गर्नेहरूले प्राप्त गर्ने पेन्सन पर्ने अधिकारीहरू बताउँछन्। तर यो रकममा पछिल्लो समय समस्या परेको भने देखिँदैन।अवस्था परिवर्तन गर्न के गर्नुपर्छ?केन्द्रीय ब्याङ्कका अनुसार मुलुकमा विदेशी सञ्चितीको अवस्था स्थिर राख्नका लागि उत्पादन क्षेत्रलाई बढावा दिनुपर्छ। त्यस्तै कृषि र सेवा क्षेत्रलाई पनि विकास गर्न जरुरी रहेको भट्ट बताउँछन्।गत आर्थिक वर्षमा नेपालले ५० अर्बको चामल आयात गरेको बताइएको छ भने यो आर्थिक वर्षको पहिलो ८ महिनामा चामल आयातमा ३७ अर्ब खर्च भइसकेको छ। त्यस्तै तरकारी आयातमा चालु आबको पहिलो ८ महिनामा रु २७ अर्ब र रु १६ अर्ब फलफूल आयातमा खर्च भएको छ।''त्यसै कारण स्वदेशमा नै कृषिजन्य बस्तुको उत्पादन प्रवर्धन गर्नुपर्ने देखिन्छ,'' भट्टले भने।  -बिबिसीबाट

सरकारलाई बैंकरको सुझाव :  ‘अर्थतन्त्र सुधार्न नीतिगत हस्तक्षेप गर’

काठमाडौं । अर्थतन्त्रका सूचकहरू नकारात्मक भइरहेका बेला नीतिगत हस्तक्षेप गर्न बैंकरहरूले सरकारलाई सुझाव दिएका छन् ।  व्यवस्थापिका संसद् अन्तर्गतको अर्थ समितिले आइतवार आगामी बजेटबारे सुझाव दिन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई बोलाएको थियो । छलफलमा सहभागी सीईओहरूले उच्च शोधनान्तर घाटा र विदेशी मुद्रा सञ्चिति तथा रेमिट्यान्स आप्रवाह घटेकाले देशको आर्थिक अवस्था बिग्रँदै गएको भन्दै सुधारका लागि सरकारले नीतिगत हस्तक्षेप गर्नुपर्ने सुझाए । नबिल बैंकका सीईओ अनिलकेशरी शाहले लकडाउनमा रेमिट्यान्स आप्रवाह उच्च भए पनि खुलेपछि घटेको र यसको सम्बन्ध आयातसँग देखिएकाले आयात नियन्त्रण जरुरी रहेको बताए । अहिलेको जटिल अवस्थामा पनि सुपारी, शृंगार सामग्री जस्ता अनावश्यक वस्तु आयात भइरहेको र सोमा बैंकले मात्र गाली खाइरहेको भन्दै सरकारलाई त्यसमा हस्तक्षेप गर्न शाहले आग्रह गरे ।  ‘डलर सञ्चिति ३ महीनाभन्दा पनि कमको आयात धान्ने अवस्थामा पुग्दा देश टाट पल्टेको बुझिन्छ, हामी त्यो स्थितिमा पुग्ने खतरा छ,’ उनले भने, ‘अहिले एलसीको डिमान्ड उच्च छ, यो रोक्ने अधिकार हामीलाई छैन । रोक्ने तपाईंहरूले हो, जुन समय आइसक्यो ।’ बैंकका शाखा गाउँ गाउँसम्म पुगेकाले अब रेमिट्यान्स बैंक खातामै मात्र पठाउन पाउने व्यवस्था जरुरी रहेको उनले बताए ।  नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार माघसम्ममा चालू खाता ४ खर्ब १३ अर्ब ८६ करोड र शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोड रुपैयाँले घाटामा छ । गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति माघ मसान्तसम्ममा १६ दशमलव २ प्रतिशतले घटेर ११ खर्ब ७३ अर्ब २ करोड रुपैयाँ कायम भएको छ । यसले अहिलेकै अवस्थाको वस्तु आयात गर्दा ७ दशमलव ४ महिना तथा वस्तु र सेवा आयात गर्दा ६ दशमलव ७ महीनालाई धान्छ । गत फागुनसम्ममा देशको व्यापार घाटा साढे ११ खर्ब रुपैयाँ नाघेको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ । एनएमबी बैंकका सीईओ सुनिल केसीले बैंकहरूको निक्षेपको मुख्य स्रोत रेमिट्यान्स भएकाले यसलाई बढाउन सके बैंकिङ क्षेत्रको तरलता अभाव कम हुने बताए । सरकारको सञ्चित कोषमा रहेको रकम परिचालन गरे तरलता अभावको समस्या केही कम हुने उनले बताए । उक्त कोषमा करीब ३ खर्ब रुपैयाँ त्यत्तिकै बसेको छ ।  हिमालयन बैंकका सीईओ अशोक राणाले पनि सरकारको ढुकुटीमा विनाब्याज थन्केको रकम निजी बैंकलाई निक्षेपको रूपमा दिन माग गरिरहे पनि त्यसको सम्बोधन हुन नसकेको गुनासो गरे । ‘हामीले पटक पटक महालेखा नियन्त्रकसँग सरकारी ढुकुटीको रकम बैंकहरूलाई निक्षेपको रूपमा राख्न दिन आग्रह गरेका छौं,’ उनले भने, ‘त्यसो भए अहिलेको अवस्थामा २ खर्ब ५० अर्बदेखि ३ खर्ब रुपैयाँ बजारमा आउँछ ।’ राणाले हुण्डीले गर्दा रेमिट्यान्स प्रभावित भएको र यसको मुख्य कारण आयातमा न्यून बिजकीकरण भएको बताए । अनुत्पादक क्षेत्रको लगानी र आयात नियन्त्रण गर्न राष्ट्र बैंकको पछिल्ला कदम सही भए पनि व्यापारीले विरोध गरिरहेको उनले बताए । ‘राष्ट्र बैंकले चालेका कदम गलत भयो, विरोध गर्नुस् भनेर आजै पनि केही साथीहरूले फोन गर्नुभयो,’ उनले भने, ‘अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि चालेको नीतिगत कदम सही छ । यो समयमा नीतिगत हस्तक्षेप आवश्यक छ ।’ मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले रेमिट्यान्स आप्रवाहको प्रभावकारी नियमन गर्न र राष्ट्र बैंकले विदेशमा राखेको डलर नेपाली बैंकमा राख्न सुझाइन् । उनले अस्थिर ब्याजदरका कारण पनि समस्या परेको भन्दै मासिक ब्याजदर पुनरवलोकनको व्यवस्था हटाएर त्रैमासिक बनाउनुपर्ने बताइन् ।  नेपाल बैंकर्स संघका सीईओ अनिल शर्माले संस्थागत निक्षेपका कारण ब्याजदर अस्थिर भएको भन्दै त्यसमा सरकारको हस्तक्षेप आवश्यक भएको बताए ।

रेमिट्यान्स आयात बढेर साढे ९६१ अर्ब पुग्यो

विदेशी मुद्राको विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेर ९६१ अर्ब ५ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेर ९६१ अर्ब ५ करोड पुगेको हो । यस्तो आप्रवाह अघिल्लो आर्थिक वर्षमा ०.५ प्रतिशतले घटेको थियो । बैंकका अनुसार समिक्षा अवधिमा अमेरिकी डलर विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । तर अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो ।

कोरोना महामारीबीच पनि बढ्यो रेमिट्यान्स

कोरोना महामारीका बीच पनि नेपालमा रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई रु. ९६१ अर्ब ५ करोड पुगेको उल्लेख छ ।त्यस्तै, २०७८ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति रु. १३९९ अर्ब ३ करोड (अमेरिकी डलर ११ अर्ब ७५ करोड) रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ को आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु तथा १०.२ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ ।&n

कोरोनाकालमा भारतमा ८३ अर्ब डलर रेमिट्यान्स

एजेन्सी। विश्व बैंकको रिपोर्टअनुसार कोरोनाकाल(२०२०)मा भारतमा ८३ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्रिएको छ। यो रकम अघिल्लो वर्षको तुलनामा केवल ०.२ प्रतिशत कम हो। चीनबाट त्यस्तो रकम ५९.५ अर्ब डलर ररेमिट्यान्स भित्रिएको छ। २०१९मा चीनमा ६८.३ अर्ब डलर रेमिट्यान्स भित्रिएको थियो।

रेमिट्यान्स भित्र्याउनेमा चीन भन्दा भारत अगाडि

विश्वमै प्रवासीद्वार आफ्नो मुलुकमा पैसा पठाउने मामिलामा भारत सबै भन्दा अगाडि रहेको छ । २०१८ मा प्रवासी भारतीयले कुल ७९ अर्ब डलर भारत पठाएका थिए । विश्व बैंकको माइग्रेसन एन्ड डेभलपमेन्ट ब्रिफमा यो जानकारी दिइएको हो । भारतपछि रेमिट्यान्स भित्र्र्याउने दोस्रो ठूलो मुलुकमा चीन रहेको छ । गत वर्ष चीनले ६७ अर्ब डलर विदेशबाट आफ्नो मुलुक पठाएको थियो । यसपछि मेक्सिको ३६ अर्ब डलर, फिलिपिन्स ३४ अर्ब डलर र इजिप्टले २९ अर्ब डलर आफ्नो मुलुकमा भित्र्र्याएका थिए ।

रेमिट्यान्स भित्र्याउनेमा भारत अगाडि

दुई वर्षको लगातार गिरावटपछि गत वर्ष भारतमा भित्रिएको विप्रेषण (रेमिट्यान्स) मा पुनः वृद्धि भएको छ । गत वर्ष भारतमा ६९ अर्ब डलरको विप्रेषण भित्रिएको थियो । यद्यपि यो २०१४ को ७०.४ अर्ब डलरको तुलनामा अझै कम हो । भारतबाट बाहिर गएको विप्रेषणमा भने लगातार वृद्धि भई गत वर्ष ५.७ अर्ब डलर पुगेको हालै प्रकाशित विश्व बैंकको प्रतिवेदनले देखाएको छ ।