काठमाडौं। भारतमा विदेशी मुद्रा सञ्चिति बढेको छ। भारतीय रिजर्भ बैंक (आरबीआई)का अनुसार अप्रिल ९ मा त्यस्तो सञ्चिति बढेको ५८१.२१ अर्ब डलर पुगेको छ।आरबीआईले सञ्चितिमा ४.३४ अर्ब डलर वृद्धि भई उक्त आँकडामा पुगेको बताएको छ। अप्रिल २ मा यस्तो सञ्चिति २.४२ अर्ब डलर घटेर ५७६.२८ अर्ब डलर थियो। जनवरी २९ मा भने सञ्चिति ५९०.१८ अर्ब डलरसहित उच्चतम स्तरमा थियो।(एजेन्सी)