फेसबुकले गएको तीन महिनामा नौ अर्ब डलर नाफा कमायो

काठमाण्डाै - सामाजिक सञ्जाल फेसबुकले गएको तीन महिनामा नौ अर्ब डलर नाफा कमाएको छ ।   गएको जुलाईदेखि सेप्टेम्बरसम्ममा नौ  अर्ब डलर मुनाफा गरेको कम्पनीले जनाएको छ । कम्पनीले अघिल्लो वर्ष यही अवधिमा ७ दशमलव ८ अर्ब डलर मात्र नाफा कमाएको थियो । केही समय अगाडि फेसबुकले व्यक्तिको कयौँ आन्तरिक दस्ताबेज लिक गरेको भन्दै खबरहरु प्रकाशित भएका थिए । त्यसपछि सबैतिर फेसबुकको विश्वसनीयतालाई लिएर आलोचना भएको थियो । तर फेसबुकका संस्थापक मार्क जुकरबर्गले भने  कम्पनीलाई झुटाे आरोप लगाएको बताउनुभएको छ । एक वर्षयता म...