मतदातालाई बाड्न राखेको साडी बरामद

परासी । प्रहरीले पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट मतदातालाई वितरण गर्न राखिएका साडी बरामद गरेको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ बाट १ बोरा साडी बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । स्थानीय सुरेश यादवको घरबाट बरामद भएको साडी ७३ पिस रहेको शाहीले बताउनुभयो । २७ गते मध्यरातिबाट मौन अवधि […]

सम्बन्धित सामग्री

बेवारिसे भेटियाे नौ लाखका कपडा

बैतडी : भन्सार छली गरेर भारतबाट ल्याइएको करिब ९ लाख बराबरको सामान बरामद गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जिल्लाको दशरथचन्द नगरपालिका ४ छेलाबाट ८ लाख ९७ हजार ७५० मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको हो। बरामद गरिएका सामानहरूमा रेडिमेड कपडा, साडी सूटबेल्ट, ज्याकेट, थान कपडा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।  उक्त सामान बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। बरामत गरिएको सामान महाकाल

विराटनगरबाट अवैध सामान बरामद

मोरङ। हिजो राति इलाका प्रहरी कार्यालय रानी (सिमा)बाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपालतर्फ भन्सार छलि गरि लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा आँखाको लेन्स, आँखामा लगाउने औषधी, सुट कपडा, साडी, चिया छान्ने जाली तथा कागती निचोर्ने मेशिन लगायतका सामानहरु प्रहरीले बरामद गरेको हो।

८ लाख मूल्य बराबरको अवैध सामान बरामद

सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याइएको लाखौं मूल्य बराबरको विद्युतीय सामग्रीसहित केही थान साडी बरामद गरेको छ । बरामद गरिएको सामान जिल्ला भन्सार कार्यालयमा बुझाइएको छ ।

भन्सार छलेर ल्याइएको ९ लाख बराबरको कपडा र सुर्ती बरामद

जनकपुरधाम – धनुषा प्रहरीले भन्सार छली गरेर ल्याएको लाखौँ मूल्य बराबरको कपडा तथा सुर्ती बरामद गरेको छ। आइतबार दिउँसो करिब डेढ बजे जिल्ला प्रहरी कार्यालय धनुषा तथा इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीको संयुक्त टोलीले उक्त समान बरामद गरेको हो। विदेह नगरपालिका–४ स्थित सार्वजनिक सडकखण्डमा भारतबाट अवैध भन्सार चोरी निकासी गरी ल्याएका साडी, विमल सर्ट […]

फलाे अपः चन्द्रागिरि- ८ बाट प्रहरीले बरामद गर्‍यो ११० थान 'चुनावी साडी'

प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले निर्वाचन आचारसंहिता विपरीत बाँड्न लागिएकाे साडी आज साँझ बरामद गरेको थानकाेट वृतका डीएसपी डीएन पाण्डेले शिलापत्रलाई जानकारी दिए

चन्द्रागिरि नगरपालिकाले बाँड्न लागेको साडी बरामद

नेपाल प्रहरीले चन्द्रागिरी नगरिपालिकाले स्थानीय महिलाहरुलाई बाँड्न लागेको साडी बरामद गरेको छ। निर्वाचन आचार संहिता विपरित स्थानीय महिलाहरुलाई बाँड्न लागिएको ११० थान साडी बरामद गरिएको हो। चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ८ कार्यालयले खरिद गरेको ११० थान साडी प्रहरीले बरामद गरेको हो । शनिबार निर्वाचन अधिकृतको कार्यालय चन्द्रागिरि नगरपालिका बलम्बुबाट निर्वाचन आचारसंहिता विपरित स्थानीय महिलाहरूलाई साडी वितरण गर्न लागिएको भन्ने सूचना आएपछि उक्त सारी बरामद गरिएको हो। प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट संयुक्तरुपमा खटिएको टोलीले चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ को वडा कार्यालय भवनबाट  वितरण गर्न तयारी अवस्थामा राखिएको साडी बरामद गरेको हो।नगरपालिकाले साडी १ हजार २५० रुपैयाँका दरले किनेको पाईएको छ । उक्त घटनाको सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । वडा कार्यालयले महिलाहरूलाई साडी वितरण गर्न लागेको सूचना शनिबार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।शुक्रबार वडाध्यक्ष सन्तोष खड्काले हस्ताक्षर गरेको एक सूचनामा महिलाहरूलाई शनिबार दिउँसो २ बजे साडी बाँड्न लागिएको उल्लेख थियो. ‘वडा कार्यालयमा साडी पाऊँ भनी आवेदन दिनुभएका दिदी बहिनीहरूले तपशीलको मिति, समय र स्थानमा साडी बाँड्ने कार्यक्रम रहेकोले वडा कार्यालयमा आई साडी बुझिलिनु हुन अनुरोध छ,’ वडाध्यक्ष खड्काले जारी गरेको सूचनामा उल्लेख छ।

चन्द्रागिरि नगरपालिकाले बाँड्न लागेको साडी बरामद

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले स्थानीय महिलाहरूलाई वितरण गर्न लागेको सारी प्रहरीले बरामद गरेको छ। निर्वाचन आचार संहिता विपरीत स्थानीय महिलाहरूलाई वितरण गर्न भनी नगरपालिकाको वडा नम्बर ८ कार्यालयले खरिद गरेको एक सय १० थान साडी प्रहरीले बरामद गरेको हो । शनिवार निर्वाचन अधिकृतको कार्यालय चन्द्रागिरि नगरपालिका बलम्बुबाट निर्वाचन आचारसंहिता विपरीत स्थानीय महिलाहरूलाई साडी वितरण गर्न […]

चन्द्रागिरि नगरपालिकाले बाँड्न लागेको साडी प्रहरीद्वारा बरामद

प्रहरीले चन्द्रगिरि नगरपालिकाले स्थानीय महिलाहरूलाई वितरण गर्न लागेको सारी बरामद गरेको छ।  निर्वाचनको आचार संहिता विपरीत स्थानीय महिलाहरूलाई वितरण गर्न  भनी नगरपालिकाको वडा नम्बर ८ कार्यालयले खरिद गरेको ११० थान साडी प्रहरीले बरामद गरेको हो । शनिबार निर्वाचन अधिकृतको कार्यालय चन्द्रागिरि नगरपालिका बलम्बुबाट निर्वाचन आचारसंहिता विपरित स्थानीय महिलाहरूलाई साडी वितरण गर्न लागिएको भन्ने सूचना आएपछि प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट संयुक्तरुपमा खटिएको टोलीले चन्द्रागिरि नगर

कागज बोकेको ट्रकमा चोरीका कपडा

पश्चिम नवलपरासीबाट कागज बोकेको ट्रकमा लुकाएर लैजाँदै गरेको साढे ५ लाख बराबरको कपडा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ ।  रामग्राम नगरपालिकास्थित लुम्बिनी पेपर बोर्ड मिल नदवाबाट वीरगञ्जको पाना पेपर वक्र्समा लु १ ख ९४१३ नम्बरको ट्रकमा कागज लोड गरी पठाइएको थियो ।  सोही ट्रकमा बर्दघाट नगरपालिकाको भूताहा बजार नजिकबाट भन्सार छलेर ल्याएका ६७५ पिस साडी लोड गरेको जानकारी पाएपछि बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वार्टर नवलपरासीका सूचना अधिकारी नायव उपरीक्षक माधव रेग्मीले जानकारी दिए । ...

भन्सार छलेर ल्याएका कपडासहित सामग्री बरामद

जिल्ला प्रहरी कार्यालय धनुषाले भन्सार छलेर ल्याएका लत्ताकपडा बरामद गरेको छ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा साडी तथा सुटका कपडा जनकपुरधामस्थित भुतनाथ मन्दिर नजिकबाट बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।