भन्सार छलेर ल्याएका कपडासहित सामग्री बरामद

जिल्ला प्रहरी कार्यालय धनुषाले भन्सार छलेर ल्याएका लत्ताकपडा बरामद गरेको छ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा साडी तथा सुटका कपडा जनकपुरधामस्थित भुतनाथ मन्दिर नजिकबाट बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

भन्सार छलेर ल्याएका ३ ट्रक सामान थानकोटबाट बरामद

भन्सार छलेर वीरगञ्जबाट काठमाडौं ल्याएको सामान प्रहरीले बरामद गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ स्थित त्रिभुवन पार्कबाट ३ ट्रक सामान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । भन्सार छलेर ल्याएका कपडा, किराना सामग्री, स्टेशनरी र मोटरसाइकलका पाटपुर्जा र भाँडा वर्तन बरामद गरिएको छ । बरामद गरिएको सामान राजस्व अनुसन्धान विभागमा पठाइएको एसपी मैनालीले जानकारी दिए ।सो सामान ना.६ ख. ८९ नम्बरको ट्रक, ना.६ ख. ७१ नम्बर र ना.७ ख. ९३२ नम्बरको ट्

भन्सार छलेका सामग्रीबाट पाँच करोड राजस्व असुल

भन्सार छलेर ल्याइएका सामग्री बरामदबाट रु पाँच करोड ३६ लाख राजस्व असुल गरिएको छ । जिल्ला प्रहरी कार्यालयले नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुर मार्फत गत आर्थिक वर्षमा भन्सार छलेर ल्याइएका सामग्री बरामद गरी सो राजस्व असुल गरेको हो । नवलपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार गत आवमा भन्सार छलेर ल्याइएका सामग्री भन्सार चलानमार्फत उक्त राजस्व सङ्कलन भएको हो । प्रहरीले भन्सार छलेर ल्याएका सामग्री नियन्त्रणपछि थप कारबाहीका लागि भन्सार चलान गरेको छ । बरामद गरिएका सामग्री सबैजसो पश्चिम नवलपर

दुई दिनमा एक करोडको अवैध सामान बरामद

झापा, बैशाख १ । भन्सार छलेर भारतबाट नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरीले दुई दिनमा रु एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ । प्रहरीले मङ्गलबार र बुधबार भन्सार छलेर ल्याउँदै गरको अवस्थामा बिस्कुट, सुपारी, कपडा र मोटरपार्टस् (तीन वटा गाडीसहित) गरी उक्त रकम बराबरको सामग्री बरामद गरेको हो । प्रहरीले बुधबार बिर्तामोडबाट भन्सार छलेर […]

भन्सार छलेको पाँच लाखका सामग्री बरामद

नवलपुर – भन्सार छली गरेर ल्याइएको करिब रु पाँच लाखको सामग्री प्रहरीले बरामद गरेको छ । भन्सार छलेर ल्याइएको चिनी र रेडबुल मङ्गलबार साँझ प्रहरीले कावासोतीबाट बरामद गरेको हो । प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले लु१क ४६० नंको मिनीट्रकमा लुकाएर ल्याएको अवस्थामा चिनी र रेडबुल बरामद गरिएको जानकारी दिए। नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को रामग्राम नगरपालिका–१ का ४० […]

भन्सार छलेर ल्याएको पाँच लाखका सामग्री बरामद

नवलपुर । भन्सार छली गरेर ल्याइएको करिब पाँच लाखको सामग्री प्रहरीले बरामद गरेको छ । भन्सार छलेर ल्याइएको चिनी र रेडबुल मङ्गलबार साँझ प्रहरीले कावासोतीबाट बरामद गरेको हो । प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले लु१क ४६० नंको मिनीट्रकमा लुकाएर ल्याएको अवस्थामा चिनी र रेडबुल बरामद गरिएको जानकारी दिए । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को रामग्राम नगरपालिका–१ का ४० […]

बाँके प्रहरीद्वारा भन्सार छलेर ल्याइएका साढे २ लाखका अवैध सामग्री बरामद

बुटवल : बाँके प्रहरीले नेपालगन्जबाट ठूलो परिमाणमा अवैध सामग्री बरामद गरेको छ। भारतबाट भन्सार छलेर नेपालगन्ज ल्याउँदै गरिएका २ लाख ४६ हजार ४४० रुपैयाँ बराबरका अवैध सामग्रीलाई नेपालगन्ज १० बाट बरामद गरिएको बाँके प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन्। एसपी अधिकारीका अनुसार बरामद गरिएका सामग्रीमा कुर्ता सुरुवाल,…

भन्सार छलेर ल्याइएको ११ लाख बराबरको सामग्री बरामद

प्रहरीले रुपन्देहीका विभिन्न स्थानबाट भन्सार छलेको ११ लाख १८ हजार रूपैयाँ बराबरको सामग्री बरामद गरेको छ।

भन्सार छलेर ल्याइएको साढे तीन लाखको सामग्री बरामद

रूपन्देही प्रहरीले भन्सार छलेका विभिन्न प्रकारका सामग्री बरामद गरेको छ।

झापाबाट भन्सार छलेको तीन करोड बढीको खाद्यान्न सामग्री बरामद

भन्सार छलेर भण्डारण गरिएको तीन करोड बढीको खाद्य सामग्री प्रहरीले बरामद गरेको छ। काठमाडौंबाट लगेर भण्डारण गरी राखेको सो मूल्य बराबरको सामग्री प्रहरीले  फेला पारेको हो।

भन्सार छली ल्याइएको गाडी र कपडा बरामद

कैलाली । सत्ती भन्सार कार्यालय कैलालीले भन्सार छलेर ल्याइँदै गरेका सामग्री बरामद गरेको छ । भन्सार कार्यालयको गस्ती टोलीले आज बिहान रु ६ लाख २५ हजार ७० मूल्य बराबरका कपडा र सौन्दर्य प्रसाधनका सामान तथा रु नौ लाख मूल्य बराबरको पिकअप भ्यान बरामद गरेको हो । भन्सार कार्यालयले टीकापुर नगररपालिका–८ वनगाउँ नजीकैबाट लुकाइछिपाई ल्याइँदै गरेको अवस्थामा से १ प २१४८ नम्बरको महेन्द्रा बोलेरो पिकअप भ्यान, ११ गाँठ कपडा र सौन्दर्य प्रसाधनका सामान बरामद गर्नाका साथै दुई  व्यक्तिलाई पक्राउ गरेको हो