कागज बोकेको ट्रकमा चोरीका कपडा

पश्चिम नवलपरासीबाट कागज बोकेको ट्रकमा लुकाएर लैजाँदै गरेको साढे ५ लाख बराबरको कपडा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ ।  रामग्राम नगरपालिकास्थित लुम्बिनी पेपर बोर्ड मिल नदवाबाट वीरगञ्जको पाना पेपर वक्र्समा लु १ ख ९४१३ नम्बरको ट्रकमा कागज लोड गरी पठाइएको थियो ।  सोही ट्रकमा बर्दघाट नगरपालिकाको भूताहा बजार नजिकबाट भन्सार छलेर ल्याएका ६७५ पिस साडी लोड गरेको जानकारी पाएपछि बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वार्टर नवलपरासीका सूचना अधिकारी नायव उपरीक्षक माधव रेग्मीले जानकारी दिए । ...

सम्बन्धित सामग्री

विद्यालय हातामा लुकाएको ५० लाख रुपैयाँबराबरको कपडा बरामद

राजस्व अनुसन्धान कार्यालय इटहरीले शुक्रबार राति सिरहाको माडर भन्सार नाकानजिकैबाट झन्डै ५० लाख रुपैयाँबराबरको चोरीका कपडा बरामद गरेको छ  ।

आधुनिक चोरहरू

जसले जति ठूलो स्वरमा खोके पनि साँचो त फेरि चोरहरूकै हातमा पुग्दो रहेछ वा पुर्‍याइँदो रहेछ त ! हिजो जो चोर, उसैको ठूलो स्वर भन्थे । जसको ठूलो स्वर, उसैको कुरा मात्र सुनिन्छ भन्ने मान्यता अहिले फेरि स्थापित भएको छ । पहिले चोरका दाह्रीमा बोराका झुस हुन्थ्यो । अहिलेको चोरका गाडीमा पुलिस हुन्छन् । पहिला पछि पछि हुन्थे अहिले चारैतिर हुन्छन् । अब त लोकोक्ति नै बनिसकेको छ कि ‘चोरको गाडीमा प्रहरी’ । समय बदलिएसँगै चोरहरूको लवाइ, खवाइ, हुलिया पनि सबै बदलिएको छ । पहिले पहिले चोरहरूले लामा लामा दाह्री पालेका हुन्थे । हेर्दैमा फोहोरी, कम बोल्ने खालका र उल्लुझैं राति राति मात्रै विचरण गर्ने गर्थे । चोरहरूको संगठनमा दाह्रीविहीन चोरको प्रवेश निषेध हुन्थ्यो । चोरहरूको दाह्रीले उनीहरूको चोरत्वलाई एउटा नयाँ उचाइ स्थापित गरिरहेको हुन्थ्यो । चोरहरू शुद्ध रूपमा चोर नै हुन्थे । चोर न डाँका हुन्थे न फिरौतीवाला गुण्डा । प्रत्येक चोरको एक विशिष्ट प्रकारको दाह्री हुन्थ्यो । उनीहरू आफ्नो दाह्रीलाई चौर्य रसले भरिपूर्ण बनाउन कुनै कसर छाड्दैनथे । मानिसहरू चोरको पहिचान गर्न थोत्रा कपडा बोरामा कोचेर हिँड्थे । दाह्रीवाला चोरका दाह्रीमा यी थोत्रा बोराका झुसहरूले ससम्मान वास पाइरहेका हुन्थे । चोरलाई अँध्यारो प्यारो हुन्थ्यो, उज्यालोसँग तर्सन्थे । औंसी उनीहरूको प्यारो हुन्थ्यो, पूर्णिमासँग उनीहरू रिसाउँथे । नीतिले पनि भनेको छ, ‘चौराणां चन्द्रमा रिपु:’ । तर हिजोआजका चोरहरू उज्यालोमा बस्छन् र अँध्यारोको त्रास देखाउँछन् । अनि दिउँसै रात पारिदिन्छन् । चोरहरू पहिला केही बोल्दैनथे, अहिले त धेरै नै गफाडी भएर पो निस्केका छन् त । थाहै हुँदैन चोर हो कि पाकेटमार भनेर । तपाईं बस त चढ्नुहुन्छ नि ? बसमा ‘ए ! पाकेटमार छ है’ भन्दै आफै हल्ला गर्छन् । बिचरा यात्रुहरू खल्ती छामछुम गर्न थाल्छन् । एकैछिनमा पकेटमारा ओर्लियो भन्दै आफै ओर्लिन्छन् । बिचरा यात्रुले एक छिनपछि थाहा पाउँछ आफ्नै पाकेट मारेको कुरा । यस्तो ट्रिक यिनले नेताबाट सिकेका हुन् कि नेतालाई सिकाएका होलान् ? हिजोआज त चोर हो, डाँका हो वा कुनै नेता हो भनेर छुट्ट्याउनै मुश्किल हुँदै गएको छ । हुलियाबाट अन्दाज गर्नुभयो भने तपाईं सोझै फस्नुहुनेछ । जसलाई महान् नेता ठान्यो, महान् राष्ट्रवादी ठान्यो वा महान् व्यवसायी, समाजसेवी ठान्यो, पत्रकार ठान्यो उही नै अन्त्यमा चोर पो भएर निस्कन्छ । गज्जपको गोलमाल छ हजुर ! यहाँ । विकासको रेल जति छिटो कुदेको छ, चोरहरूले पनि त्यति नै तीव्र गतिमा विकास गरेका छन् । चोरहरूले सबैभन्दा पहिले त आआफ्ना दाह्री सफाचट पारेका छन् । ‘क्लिन सेभ्ड’, ‘ह्वाइट कलर्ड’ भएका छन् । परम गुगलबाज, अनलाइनी भएका छन् । क्रेडिट कार्डधारक, स्मार्ट अनलाइन चोर भएका छन् । चोरहरूले दाह्री हटाएपछि गाडी राख्न शुरू गरेका छन् । स्मार्टफोन, आईप्याड सधैं साथमा । यसप्रकार चोरहरूको पनि स्मार्ट विकास हुँदै गएको छ । पहिले चोरका दाह्रीमा बोराका झुस हुन्थ्यो । अहिलेको चोरका गाडीमा पुलिस हुन्छन् । पहिला पछि पछि हुन्थे अहिले चारैतिर हुन्छन् । अब त लोकोक्ति नै बनिसकेको छ कि ‘चोरको गाडीमा प्रहरी’ । यो उक्ति वास्तवमा दुई धारवाला तरवारजस्तो छ । यसलाई चोरको गाडीमा प्रहरी भन्नोस् वा प्रहरीको गाडीमा चोर, एउटै कुरा हो हात्ती बलियो कि हात्ती छाप बलियो भनेजस्तै । चोरहरूका संगठनमा चोर र प्रहरीको समान रूपमा आदर हुने गर्छ । प्राय:जसो यो पत्ता लगाउन निकै गाह्रो हुन्छ कि को चोर हो र को प्रहरी ? अब त प्रहरी–चोर दाइ–भाइ भन्ने उक्ति लोकप्रिय बन्दै र समाजमा स्थापित हुँदै गएको छ । उनीहरू दाइभाइ भएकाले पुराना चोर बार्ई बाई भएका छन्, नयाँ चोरको हाई हाई भइरहेको छ । पहिले चोरहरूले शुद्ध रूपमा चोरी मात्र गर्थे, तर आधुनिक चोरहरू निकै आधुनिक बन्दै गएका छन् । उनीहरू प्रहरी प्रशासन, व्यवसाय, पत्रकारिता, कानूनी पेशा, संसद् जताततै छाएका छन् । त्यसैले त नवीन चोर कथं चोरी गर्दागर्दै कतै चुक्यो भने पनि उसलाई बचाउनेहरू समाजमा थुप्रै छन् । यदि चोरले यदाकदा चोरी कार्यलाई आन्तरिक रूपमा स्थगित गरे भने पनि प्रहरीले चोरीका साथसाथै हेराफेरी गर्ने अतिरिक्त प्रभाग पनि सम्हाल्नुपर्छ । यो गोलमाललाई चोरले एकदमै इमानदारीका साथ आफ्नो भाइभतिजा प्रहरीलाई अर्पित गर्छ । प्रहरीसाप यस्तोबाट प्राप्त हुने धनराशीलाई ‘हप्ते संस्कार’ भनेर श्रद्धापूर्वक ग्रहण गर्छन् । जहाँ हप्ता उठ्दैन, त्यहाँ नियमको डण्डा चलिहाल्छ, हप्ता उठाएर भागशान्ति गरेपछि मानिसको आँखा र कान न हो, नदेख्न सकिहाल्छ, नसुन्न सकिहाल्छ । त्यसै हेर्दै हेरेन, सुन्दै सुनेन भनेर आरोप लगाउन चाहिँ पाइँदैन नि है । यो त कानूनीराज पो हो । न्यायको आँखामा पट्टी बाँध्दैमा सबै थोक देख्दैन भन्ने हुन्छ र ? चाहिएको कुरा त देखिहाल्छ नि ?   हप्तार्पण संस्कारका पनि अनेक विधि र प्रक्रिया हुन्छन् । तिनका पनि ठाउँ र पेशाअनुसार पद र लाभ अनुसार फरक फरक विधान हुन्छन् । विधान मिलेन भने फल मिल्दैन । त्यसैले हप्तार्पणका बेला चोरहरूको इमानदारी हेर्न लायक हुन्छ । हप्तार्पण संस्कारवाला चोर कहिल्यै पक्राउ पर्दैन, किनकि चोर र पुलिस सँगसँगै हुन्छन् । उनीहरूका गिलासले मित लगाइरहेको हुन्छ । साथै बोरा र बोराका झुस नहुने कारण चोर चिनिँदैन पनि । अहिले त अफिसर–नेता–मन्त्रीका रूपमा चोर देउता जनतालाई आफ्नो चौर्य कर्ममा बाँधेर राखिरहन सफल हुन्छन् । उनीहरू आफ्नो चौर्य कलालाई नित्य नयाँ रूपमा नयाँ उचाइ प्रदान गरिरहेका हुन्छन् । चौर्य कलाको प्रशिक्षण कलेजबाटै शुरू हुन्छ । हप्ताग्रहण र अर्पण विधि, ठेक्कापट्टामा मेलमिलाप विधि, बेला बेलामा यसो कुखुरी नृत्य प्रदर्शनको रिहर्सल भइरहेको हुन्छ त्यहाँ । त्यहाँबाट प्रशिक्षित भएपछि बल्ल प्रादेशिक तहमा र राष्ट्रिय तहमा यस्ता कार्यक्रममा सहभागी हुन पाइन्छ । आधुनिक चोरदेव यदाकदा कुनै पनि पागल व्यक्तिबाट समातियो भने पनि उसलाई जोगाउन के के नामका आयोग, महाशाखा आदि सारा राज्य संयन्त्र नै खडा र तम्तयार हुन्छन् । यति भएपछि छ कुनै ‘माइका लाल’ आधुनिक चोरहरूलाई समात्ने ?

चोरीका घटनाबाट जुम्ली समाज आक्रान्त

काठमाडौँ- सुन्दा सामान्य लाग्ने र ‘माइनर क्राइम’ मानिने चोरीका घटनाबाट जुम्ली समाज आक्रान्त छ । जतिबेला ठूला चाडपर्व सुरु हुन्छ त्यति नै बेला चोरीका घटना मौलाउने गरेका छन् । चाडबाडको वेला सर्वसाधारण रमझममा लागेको मौका छोपेर चोरले धान सम्पति चोर्ने गरेका छन् । ११ असोजको राति वीरेन्द्र कपडा पसल र विष्णु सुनचाँदी पसलमा ठूलो आगलागी […]

भारतीय र चिनियाँ चोरीका कपडा व्यापक भित्रिरहेको छ

बजारमा टिक्न प्रतिस्पर्धामा खरो उत्रनुपर्छ । नेपाली कपडाले अन्य देशका उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपछि उद्योगहरू धमाधम बन्द भएका हुन् । राज्यले करोडौं अनुदान दिएर पनि हेटौंडा कपडा उद्योग चल्न सकेको छैन । उद्योग विस्तारका लागि राज्यको प्राथमिकतामा पूर्वाधारको विकास पर्नुपर्छ । श्रम, लगानी, कच्चा पदार्थ र अन्य पूर्वाधार तयार भयो भने मात्र उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता बढ्छ । तर यथार्थ के छ भने उद्योगीहरूले आयात गर्न धागोको मूल्यमा त अन्य मुलुकमा उत्पादित कपडा नै नेपालमा पाइन्छ । उद्योगीहरूले कच्चा पदार्थको मूल्य बैंकको ब्याज, मजदुरको ज्याला तथा अन्य करहरू तिरेर उत्पादन गरेको कपडाभन्दा भन्सार छलेर ल्याएको कपडा सस्तो पर्छ । (नेपाल कपडा उद्योग संघका अध्यक्ष गोपालप्रसाद क्षेत्रीसँगको कुराकानीबाट) वर्ष ५, अंक ४५, २०६७, असार २८– साउन २