काठमाण्डाै – ललितपुरमा ऐतिहासिक मल्लकालीन नृसिंह जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सञ्चालन गरिने भएको छ। यसवर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिम कायम भएकोले नृसिहं जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर साधारण किसिमले सञ्चालन गरिने भएको हो ।
यसवर्षको नृसिंह जात्रा पाटनको गाःबहाल दुने चोकका कोमलेशानन्द राजोपाध्याय्को परिवारबाट सञ्चालन गरिने छ । ललितपुरका राजोपाध्याय समुदायले पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर नृसिंह जात्रा सञ्चालन गर्ने गर्दछ । जात्राको क्रममा पाटनको गाबहाल, पिम्वहाल, ...