डाेटी - डोटीमा भूकम्पले ज्यान गुमाएकाका परिवारलाई राहत वितरण गरिएको छ । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर मङ्गलवार राति गएको भूकम्पबाट ज्यान गुमाएकाका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो । ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पबाट ६ जनाले ज्यान गुमाएका थिए ।
जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्त पदमबहादुर बोहाेरालाई चार लाख, विस्नादेवी बोहाेरालाई तीन लाख र महावीर बोहाेरालाई दुई लाख रुपैयाँ प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । त्यस्तै घरमा पूर्ण क्षति पुगेका १८ परिवारलाई टेन्ट, ब्ल्याङ्केट, ...