चितुवाको आक्रमणबाट क्षति भएकालाई राहत

चितुवाको आक्रमणबाट क्षति भएका पीडित परिवारलाई रु १६ लाखभन्दा बढी राहत रकम वितरण गरिएको छ । आर्थिक वर्ष ०७७/७८ को अवधिमा तनहुँ जिल्लाका विभिन्न भागमा चितुवाको आक्रमणबाट क्षति भएका पीडित परिवारलाई डिभिजन वन कार्यालय तनहुँले रु १६ लाख ५९ हजार १०४ राहत रकम वितरण गरेको हो ।  गत आवमा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो । शुक्लागण्डकी नगरपालिका–२ मसारका ११ महिनाका बालक नारायण रानाको चितुवाको आक्रमणबाट मृत्यु भएपछि कार्यालयले पीडित परिवारलाई रु १० लाख उपलब्ध गराएको डिभिजन वन प्रमुख कोमलरा...