कोरोना पीडित परिवारलाई राहत रकम दिने लुम्बिनी प्रदेश सरकारको तयारी

बुटवल : लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएकाका परिवारलाई राहत वापत दिन बाँकी रहेको रकम उपलब्ध गराउने भएको छ। लामो समयदेखि रोकिएको कोरोना पीडित परिवारलाई दिन बाँकी राहत रकम वितरण गर्ने निर्णय भएको मुख्यमन्त्री लिला गिरीले जानकारी दिए। यसअघि निर्णय भएपनि समन्वय नहुँदा तोकिएको समयमा रकम उपलब्ध गराइएको थिएन।…