मंसिर १५, काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १४औं वार्षिक साधारण सभा पुस ९ गते हुने भएको छ ।
सभा ह्यात प्लेस, सोल्टीमोड, काठमाडौंमा अपरान्ह्र ४ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ७० प्रतिशत बोनस शेयर र ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले कम्पनीको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्ति गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।