लाभांश पारितका लागि ग्लोबल आइएमई बैंकले बोलायो मङ्सिर २८ मा साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा मङ्सिर २८ गते गर्ने भएको छ । कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा मङ्सिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा उक्त दिन बिहान ९ बजे शुरु हुने जानकारी दिएको छ ।  सभाले ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले मङ्सिर १३ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा मङ्सिर १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

सम्बन्धित सामग्री

१२ वाणिज्य बैंकले गरे लाभांश घोषणा, पाँच ओटाले नदिने

काठमाडौं । २० वाणिज्य बैंकमध्ये हालसम्ममा १२ बैंकले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, नबिल बैंक, सिटीजन्स इन्टरनेशनल बैंक, राष्ट्रिय बाणिज्य बैंक र सिद्धार्थ बैंकले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका हुन्।  गत वर्षको तुलनामा यस वर्ष केही बैंकले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् । नबिल बैंकले गत वर्ष १८ दशमलव ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेकोमा यस वर्ष ११ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको हो । यस वर्ष सिद्धार्थ बैंकले ४ दशमलव २१ प्रतिशत, सिटीजन्स बैंकले ५ दशलमव ७९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश मात्रै दिने भएको छ । त्यसैगरी ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिने भएको छ ।  त्यस्तै नेपाल एसबिआई बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ८० प्रतिशत नगद लाभांश करसहित र ३ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।   लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी राष्ट्रिय बाणिज्य बैंकले भने ५ दशमलव ५ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।  लाभांश घोषणा गरेका कम्पनीहरूमध्ये सबैभन्दा बढी लाभांश एनआईसी एशिया बैंकको छ । बैंकले कुल ३० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ । सर्वाधिक लाभांश दिने बैंकको सूचीमा दोस्रोमा एनआईसी एशिया बैंक छ । बैंकले कुल २० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ ।   लाभांश घोषणा गरेका १२ बैंकमध्ये एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, सिटीजन्स बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले साधारण सभा गरिसकेका छन् भने बाँकीले पुस मसान्तभित्रै साधारण सभा गर्ने भएका छन् । साधारण सभा गरेका केही बैंकले सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश पठाइसकेका छन् ।  पाँच बैंकले लाभांश नदिने पाँच वाणिज्य बैंकले भने गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने जानकारी दिएका छन् । हिमालयन बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक र नेपाल बैंकले कुनै पनि लाभांश नदिने निर्णय गरेका हुन् । यी पाँचओटै बैंकले पुस मसान्तभित्रै साधारण सभा बोलाएका छन् । तीन बैंकले भने हालसम्ममा लाभांश घोषणा गरेका छैनन् । नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र कृषि विकास बैंकले भने हालसम्ममा लाभांश घोषणा नगरेका हुन् ।

ग्लोबल आईएमई बैंकको साधारण सभा- ९ प्रतिशत लाभांश प्रस्ताव पारित (भिडिओ)

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बिहीबार काठमाडौं बैंकले आफ्नो १७औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को कूल मुनाफाबाट शेयर धनीहरुलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ […]

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १३ गते बुक क्लोज गर्दैछ । सोही कारण आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।  बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १ प्रतिशत बोनस शेयर करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि बैंकले यही मंसिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा १७ औं वार्षिक साधारण सभा बोलाएको छ ।

बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न ग्लोबल आइएमई लघुवित्तको आग्रह

फागुन १५, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयरको कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले गत मंसिर २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट २८ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।  साविक स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी २०७८ साल वैशाख ८ गते एकीकृत कारोबार शुरु गरेको कम्पनीले प्राप्ति पश्चात कायम शेयरधनीहरुलाई मात्र कर बापतको रकम जम्मा गर्न भनेको हो । एकीकृत कारोबारका दिनसम्म कायम शेयरधनीहरुले भने बोनस शेयरमा लाग्ने कर छूट पाउनेछन् । कम्पनीले उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्ने जानकारी समेत गराएको छ । हालसम्म कम्पनीले उक्त बोनस शेयर दोस्रो बजारमा सूचीकृत गराएको छैन । गत वैशाख ८ गतेपछि कम्पनीको शेयर खरीद गरेका सदस्यहरुले ग्लोबल आइएमई बैंक लिमिटेडको पोखरा, न्यूरोड शाखामा ग्लोबल आइएमई लघवित्त वित्तीय संस्था लिमिटेडको नाममा रहेको खाता नम्बर I201010000370 मा कर बापतको रकम जम्मा गर्न कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले रू. ४३ करोड १७ लाख १० हजारको आधारमा २८ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो । उक्त बोनसपछि कम्पनीको चुक्तापूँजी रू. ५५ करोड २५ लाख ८९ हजार पुग्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते (एक दिन) बुक क्लोज गरेको छ ।  बुक क्लोजको आधारमा मंसिर १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको बोनस शेयर प्राप्त गर्नेछन् ।

ग्लोबल आइएमई बैंकको साधारण सभा आज, १३.५% लाभांश पारित हुँदै

मंसिर २७, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सोमवार १५औं वार्षिक साधारण सभा गर्दैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे शुरु हुनेछ । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल १३ दशमलव ५ प्रतिशत लाभांशलाई समेत अन्तिम रुप दिनेछ । बैंकको असोज २५ गते बिहान बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । बैंकले हाल कायम चुक्तापूँजी रू. २१ अर्ब ६३ करोड २५ लाख ३ हजारको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो । उक्त सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर १२ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिनका लागि योग्य भएका छन् ।

ग्लोबल आइएमई बैंकको साधारण सभा भोली, लाभांश प्रतिशत कति ?

काठमाडौं, २६ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले भोली (सोमबार)साधारण सभा गर्ने भएको छ । बैंकको १५औं वार्षिक सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान १० बजे सुरु हुने जनाइएको छ । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल १३ दशमलव ५ प्रतिशत लाभांश पारित गर्ने […]

ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन

मंसिर १३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमवार ग्लोबल आइएमई बैंक लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ३३२ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य रू. ३६५ दशमलव २० को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर २७ गते साधारण सभा बोलाएको छ । सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने जानकारी गराएको छ ।

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।  बै‌ंकले भोलि बुक क्लोज हुँदैछ । आगामी साधारणसभा प्रयोजनका लागि बैंकले बुक क्लोज गर्न लागेको हो । बैंकको घोषित लाभांश लिन चाहनुहुन्छ भने तपाईले आजसम्म शेयर किनेको हुनुपर्छ । आज आइतवारसम्म कायम शेयरधनीले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित ३.५ प्रतिशत नगद लाभांश पाउने छन् । बैंकले मंसिर २७ गते हुदै गरेको १५ औं वार्षिक साधारण सभा र १३.५ प्रतिशत लाभांश प्रयोजनको लागि मंसिर १३ गते सोमबारदेखि बुक क्ल...

१६ प्रतिशत लाभांश पारित गर्दै ग्लोबल आईएमई बैंकको साधारण सभा सम्पन्न

काठमाण्डाै – ग्लोबल आइएमई बैंक लिमिटेडको १४ औँ वार्षिक साधारण सभा बुधबार बैंकको कर्पोरेट भवन कमलादी काठमाण्डौमा सम्पन्न भएको छ ।  आर्थिक वर्ष २०७६/०७७ को कुल मुनाफाबाट आफ्ना शेयर धनीहरूलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनस शेयर र दुई प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने निर्णयलाई पारित गर्दै बैंकको १४ औ...

ग्लोबल आइएमई बैंकको २५.५ प्रतिशत लाभांश पारित

२ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वाषिर्क साधारण सभा सोमबार सम्पन्न भएको छ । आव २०७५/७६ माआफ्ना शेयरधनीहरुलाई १२.७५ प्रतिशत बोनश शेयर र १२.७५ प्रतिशत नगद लाभांश गरी २५.५ प्रतिशत लाभांश दिने …