पुस ९, काठमाडौं । दुई ओटा अलग - अलग कम्पनीको वार्षिक साधारण सभा आज शुक्रवार हुँदैछ ।
लुम्बिनी विकास बैंक र ग्लोबल आइएमई क्यापिटलले साधारण सभा आयोजना गरेका हुन् । लुम्बिनी विकास बैंकले १४औं वार्षिक साधारण सभा शुक्रवार बिहान ११ : १५ बजे केन्द्रीय कार्यालय डिल्लीबजारमा शुरु गर्ने जानकारी गराएको हो । सभाले १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले मंसिर २७ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा मंसिर २६ गतेसम्म कायम शेयरधनीले साधाण सभा भाग लिन र लाभांश पाउनेछन् ।
ग्लोबल आइएमई क्यापिटलले १४औं वार्षिक साधारण सभा शुक्रवार ह्यात प्लेस सोल्टीमोड छिन्नलताचोक, काठमाडौंमा गर्ने जानकारी दिएको हो । सभाले ७० प्रतिशत बोनस शेयर र ३० प्रतिशत नगद लाभांश(करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको परिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।