काठमाडौं : महाशिवरात्रीको दिनदेखि ललितपुरको भण्डारखाल बगैंचास्थित मणिकेश्वर महादेवको रुद्राभिषेक पूजाले फेरी निरन्तरता पाएको छ। करिब ६ सय वर्ष अघि देखि सुरु भएको यो परम्परा सय वर्षभन्दा बढि समयदेखि रोकिएको थियो। बिहीबारबाट भने यो परम्पराले निरन्तरता पाएको हो।
रोकिएको परम्परालाई निरन्तरता दिन पहिला क्षमापूजा गरिएको थियो। पाटन संग्रहालयको पहलमा ललितपुर तलेजुका…