यसरी बनाइन्छ भक्तपुरको जु जु धौ (फोटो फिचर)

भक्तपुर : आज असार १५। आजको दिन रोपाइँमा रमाउँदै दही चिउरा खाने लोक परम्परा छ। केही वर्षदेखि असार १५ लाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा पनि मनाउँदै आएको छ।असार १५ को अवसरमा दही चिउरा खाने परम्पराले बजारमा दहीको उच्च माग हुने गरेको छ। त्यसैले दही व्यवसायीलाई उक्त दिन आउन अघि नै दही बनाउन भ्याइनभ्याइ हुने गर्दछ।भक्तपुर जुजु धौ प्रसिद्ध रहेको छ। जु जु धौको मौलिकता पहिलो यसको स्वाद हो भने दोस्रो माटोको भ्यगः अर्थात् कटारो हो। दही बनाउने विशेष विधि मात्र होइन यसको स्वाद र गुणस्तरका कारण पनि यो लोक