काठमाडौं : काठमाडौं महानगरपालिकाले बजेट छुट्याएपछि बन्द भएको नागेंचा नाच सञ्चालन आएको छ। मंगलबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नाचमा बजाइने वाद्य सामग्री गुठियारहरूलाई दिएर नाच शुभारम्भ भएको हो।आर्थिक अभावका कारण २०७० सालदेखि नागेंचा प्याखँ (नाच) रोकिएको थियो। अनुदान पाएपछि यस वर्षदेखि नाच प्रदर्शन थालिएको छ। हरेक वर्ष यँया पुन्हीबाट सुरु भएर ३ दिनसम्म चावहिल, जय बागेश्वरीलगायतका ९ ठाउँमा नाच प्रदर्शन गर्ने परम्परा छ। चावहिल स्तूप नजिक रहेको नास द्यः (नाचका देवता) को पूजा