पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा १५ स्थानीय तहमध्ये १० वटामा सत्तारुढ दलहरु गठबन्धन बनाएर चुनावमा होमिएका छन् । गठबन्धन भएका १० पालिकामध्ये दुईवटा पालिकामा एमाले एक्लै भारी पर्ने देखिएको छ ।०७४ सालको निर्वाचन परिणामलाई आधार मान्ने हो भने एमालेले जितेको अर्जुनधारा नगरपालिका र शिवसताक्षी नगरपालिकामा गठबन्धनमा आवद्ध सबै दलको मत जोड्दा पनि एमालेको मत बढी देखिन्छ । अर्जुनधारामा नेपाली काँग्रेस र माओवादी केन्द्रले पाएको मत जोड्दा १२ हजार १ सय ४७ पुग्